काठमाडौँ । प्रहरीले राजधानीको न्युरोड क्षेत्रमा सञ्चालित हुन्डीको कारोबारमा संलग्न पाँचजना सञ्चालकसहित १५ जनालाई आज साँझ पक्राउ गरेको छ ।
उनीहरूको साथबाट प्रहरीले रु एक करोड ७४ लाख ९९ हजार ६५० र चेकहरू बरामद गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए ।
प्रहरीले न्युरोडमा मोबाइल पसल सञ्चालन गर्दै आएका सुरेन्द्रकुमार गोयलबाट रु ५० लाख ६५ हजार नेपाली र एक लाख भारतीय रुपैयाँ, हुन्डीका लागि आएका ग्राहक प्रकाश शर्माबाट रु १५ लाख १३ हजार ५००, अर्का ग्राहक आकाश देवबाट रु १२ लाख ६६ हजार रकम प्राप्त गरेकै अवस्थामा बरामद गरेको छ ।
त्यसैगरी पशुपति प्लाजामा रहेको हंशमनी ट्रान्सफरबाट रु पाँच लाख, प्रभु मनि ट्रान्सफरबाट रु तीन लाख ४२ हजार बरामद गरेको छ । त्यस्तै नयाँ सडक क्षेत्रकै प्याफलमा रहेको शङ्कर अग्रवालको पसलबाट रु २९ लाख ५० हजार, अर्जुन कँडेलबाट रु ६ लाख ५० हजार, फुर्वा शेर्पाबाट रु १२ लाख प्रहरीले बरामद गरेको छ ।
महाशाखाको टोलीले पशुपति प्लाजामा रहेको पूर्णलक्ष्मी इन्टरप्राइजेजका सञ्चालक सूर्यकुमार शर्माबाट रु २० लाख, न्यु मारुति इन्टरप्राइजेजका सञ्चालक सन्दिप अग्रवालबाट रु १३ लाख बरामद गरेको छ ।
प्रमुख खनालले उनीहरूले अवैधरुपमा हुन्डीको कारोबार गरिरहेको र अस्ष्ट्रेलिया, बेलायत, थाइल्याण्ड र युएइमा हुन्डीमार्फत कारोबार गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: