Ntc summer Offer
Khabar Dabali २८ बैशाख २०८१ शुक्रबार | 10th May, 2024 Fri
NIMB

अन्तराष्ट्रिय समुदायलाई प्रधानमन्त्री ओलीले भने ‘ नेपालबारे वास्तविकता बुझ्नुस्’

\"PM-&-Dpm\"काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलाई मुलुकको अवस्थाका बारेमा वास्तविकता बुझ्न आग्रह गरेका छन् ।

यहाँस्थित कूटनीतिक तथा अन्तर्राष्ट्रिय निकायका प्रतिनिधि समक्ष मुलुकको समसामयिक अवस्थाका बारेमा जानकारी गराउन आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानप्रति असन्तुष्ट दललाई वार्ताका लागि आह्वान गरेको र जायज माग सम्बोधन गर्न सरकार सदैव प्रतिबद्ध रहेको स्पष्ट पारे ।

उनले भने– “लोकतन्त्र र मानवाधिकारप्रति हामी पूर्ण प्रतिबद्ध छौँ, यो अवस्थामा मुलुकको वास्तविक अवस्था, भावना र हाम्रा प्रयत्नका बारेमा स्पष्ट हुन आग्रह गर्दछु ।” उनले कूटनीतिक निकायका प्रतिनिधिलाई कुनै द्विविधामा नपर्न आग्रहसमेत गरे ।

उनले लामो समयदेखि रिक्त स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा अपेक्षाअनुसारको विकास निर्माण हुन नसकेको बताउँदै सङ्घीयताअनुसारका स्थानीय निकायको पुनःसंरचना तयार नहुन्जेलसम्म आगामी मङ्सिरमा अन्तरिम स्थानीय निकायको निर्वाचन गरिने जानकारी गराए ।

भूकम्पले पु¥याएको क्षतिका बारेमा जानकारी गराउँदै उनले पुनःनिर्माणमा सरकारको सम्पूर्ण प्रयत्न रहेको उल्लेख गरे । वर्षायामअघि नै भूकम्प प्रभावित जनतालाई छानामुनि ल्याउनु अपरिहार्य रहेको बताउँदै उनले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण गठन भई काम सुरु भइसकेको जानकारी गराए । उनले भने, “यसमा हामीलाई सबैको सहयोगको आवश्यकता छ ।”

प्रधानमन्त्री ओलीले मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै संविधानको कार्यान्वयन र भूकम्पपछिको पुनःनिर्माणको चुनौती रहेको बताए ।

कार्यक्रममा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले भूकम्पपछिको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय दातृ निकायबाट भएको सहयोगको उपयोग र परिचालनका बारेमा जानकारी गराए ।

उपप्रधानमन्त्री थापाले नेपालको संविधान समावेशी भएन भन्ने भनाई भ्रममात्र हो भन्दै संविधान पूर्ण लोकतान्त्रिक, प्रगतिशिल र लचकदार हुनुका साथै कसैलाई पक्षपात नगरेको स्पष्ट पारे ।

उनले मुलुक सङ्क्रमणकालीन न्यायबाट गुज्रिरहेको र शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा पु¥याउन बिस्तृत शान्ति सम्झौताअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजबिन आयोग गठन भई काम गरिरहेको जानकारी गराए ।

उपप्रधानमन्त्री थापाले सङ्क्रमणकालीन न्यायका नाममा शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन मानवाधिकारलाई कम आकलन नगरिने स्पष्ट पारे ।

कार्यक्रममा परराष्ट्र सचिव शंकरदास वैरागीले कार्यक्रमका सहभागीलाई स्वागत गर्दै सरकारका गतिविधि र विदेश सम्बन्धका बारेमा जानकारी गराए ।

सो अवसरमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, कुटनीतिक निकायका प्रमुख एवम् प्रतिनिधि तथा सरकारका उच्च अधिकारीलगायतको उपस्थिति थियो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies