Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

सिरहामा अवैध रुपमा चलाइएका एक दर्जन अस्पताल बन्द गराइयो

\"hospital\"लहान। सिरहाका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर नेतृत्वको संयुक्त अनुगमन टोलीले सिरहाको विभिन्न स्थानमा अवैध रुपमा सञ्चालित अस्पताल बन्द गराएको छ । प्रजिअ सहितको संयुक्त अनुगमन टोलीले मङ्गलबार गरेको अनुगमनका क्रममा जिल्लाका विभिन्न स्थानमा बिनादर्ता अवैध रुपमा सञ्चालनमा रहेका एक दर्जनभन्दा बढी अस्पताललाई बन्द गराएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा दयाशङ्कर लाल कर्णले जानकारी दिए । सिरहाको लहान, गोलबजार र मिर्चैयामा गरिएको अनुगमनका क्रममा बिनाप्रक्रिया र बिनादर्ताले सञ्चालनमा रहेको पाइएपछि ती अस्पताललाई बन्द गराएको उनले बताए । उनका अनुसार लहानस्थित त्रिदेव अस्पताल, गोलबजारस्थित श्रीराम अस्पताल, मिर्चैयास्थित मङ्गलम अस्पताल, ग्लोबल अस्पताल, आर्य सिटी अस्पताल र एमएम अस्पतालसहित जिल्लामा अवैध रुपमा सञ्चालनमा रहेका एक दर्जनभन्दा बढी अस्पताललाई बन्द गराइएको छ । बन्द गराइएका अस्पताललाई दर्ताका साथै सम्पूर्ण कागजी प्रक्रिया नपु¥याउन्जेल सञ्चालन नगर्न निर्देशनसमेत दिइएको प्रमुख डा कर्णले बताए । बन्द गराइएका अस्पतालको निगरानी गर्ने जिम्मा स्थानीय प्रहरीलाई दिइएको छ । अनुगमन टोली आउँदै गरेको खबर पाएपछि केही अवैध अस्पतालका सञ्चालक अस्पताल बन्द गरी फरार भएका थिए । अवैध रुपमा सञ्चालनमा रहेका अस्पताललाई अनुगमन गर्न निरन्तरता दिने सिरहाका प्रमुख जिल्ला अधिकारी मानन्धरले बताए । अनुगमन टोलीमा प्रजिअ मानन्धरसहित जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा कर्ण, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवाली, इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्याम सिंह चौधरी, सशस्त्र प्रहरी बल बेस क्याम्प मिर्चैयाका प्रहरी नायब उपरीक्षक पूर्ण कुँवर, इलाका प्रशासन कार्यालय लहानका प्रमुख तुलसीराम पोखरेल र नेपाल पत्रकार महासङ्घ सिरहाका सभापति देवकुमार यादव रहेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: