Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

निजी विद्यालयले मनोमानी शुल्क असुले

\"davschool\"काठमाडौं । निजी विद्यालयले मनोमानी रुपमा शुल्क लिएको पाइएको छ । मंगलबार शिक्षा मन्त्रालय, विद्यार्थी सङ्गठन र अभिभावकले गरेको अनुगमनमा विद्यालयले मनोमानी रुपमा शुल्क लिएको पाइएको हो ।

काठमाडौँ र ललितपुरका चारवटा विद्यालयको अनुगमन गर्दा शुल्क मनोमानी ढङ्गबाट लिएको पाइएको हो । मन्त्रालयमा प्रवक्ता डा हरि लम्सालको अगुवाइमा ज्ञानेश्वरस्थित ग्यालेक्स पब्लिक र अनामनगरस्थित अक्सिडेन्टल स्कुल तथा शिक्षा विभागका निर्देशक बैकुण्ठ अर्यालको अगुवाइमा ललितपुरस्थित डिएभी र शुभतारा स्कुलमा अनुगमन गरिएको थियो ।

अनुगमनमा संलग्न अनेरास्ववियु सचिव आरसी लामिछानेले विद्यालयले सरकारको सीमाभन्दा बाहिर गएर शुल्क लिएको पाइएको जानकारी गराए। उनका अनुसार डिएभी स्कुलले नर्सरीको २४ हजार ५००, कक्षा १ को ३८ हजार ५०० र कक्षा ५ को ३९ हजार ३५० तथा शुभतारा स्कुलले कक्षा १ देखि ५ सम्म ४८ हजार ५९२ रुपैयाँ लिइएको पाइएको छ ।

यस्तै ग्यालेक्सी स्कुलले विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध नगराएको पाइएको छ । विद्यालयले न्यूनतम १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने हुन्छ भने अक्सिडेन्टलले १० प्रतिशत शुल्क बढाइएको पाएको छ । अनुगमनका क्रममा विद्यालयले छात्रवृत्ति पनि पारदशी ढङ्गले वितरण नगरिएको र पाठ्यक्रमको सरकारले तोेकेकोभन्दा बढी शुल्क लिएको पाइएको छ ।

अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीले विद्यालयले अभिभावकको भेला नगरी आफूखुसी शुल्क लिने गरेको बताए । ‘‘धेरै विद्यालयले अभिभावकको भेला नगराई शुल्क लिने गरेका छन्’’, उनले भने–‘‘गतवर्ष भन्दा २० प्रतिशतसम्म शुल्क बढाएको पाइएको छ ।’’

मन्त्रालयले सोमबारदेखि काठमाडौँ उपत्यकाका निजी विद्यालयको शुल्क, छात्रवृत्ति र पाठ्यक्रमको अनुगमन सुरु गरेको हो । मन्त्रालयका प्रवक्ता डा लम्सालले अहिले विद्यालयले लिने शुल्क, छात्रवृत्ति र पाठ्यक्रमको विवरण सङ्कलन गरिएको जानकारी गराए । ‘‘अहिले हामीले विद्यालयको अनुगमन गरेर विवरण सङ्कलन गरिरहेका छौँ’’, उनले भने–‘‘अझै दुई÷तीन विद्यालयको अनुगमन गर्छौं । अनि अनुगमनका क्रममा पाइएका कुराको रिपोर्ट सार्वजनिक गर्छौ ।’’ रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: