Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

निजी विद्यालयले मनोमानी शुल्क असुले

\"davschool\"काठमाडौं । निजी विद्यालयले मनोमानी रुपमा शुल्क लिएको पाइएको छ । मंगलबार शिक्षा मन्त्रालय, विद्यार्थी सङ्गठन र अभिभावकले गरेको अनुगमनमा विद्यालयले मनोमानी रुपमा शुल्क लिएको पाइएको हो ।

काठमाडौँ र ललितपुरका चारवटा विद्यालयको अनुगमन गर्दा शुल्क मनोमानी ढङ्गबाट लिएको पाइएको हो । मन्त्रालयमा प्रवक्ता डा हरि लम्सालको अगुवाइमा ज्ञानेश्वरस्थित ग्यालेक्स पब्लिक र अनामनगरस्थित अक्सिडेन्टल स्कुल तथा शिक्षा विभागका निर्देशक बैकुण्ठ अर्यालको अगुवाइमा ललितपुरस्थित डिएभी र शुभतारा स्कुलमा अनुगमन गरिएको थियो ।

अनुगमनमा संलग्न अनेरास्ववियु सचिव आरसी लामिछानेले विद्यालयले सरकारको सीमाभन्दा बाहिर गएर शुल्क लिएको पाइएको जानकारी गराए। उनका अनुसार डिएभी स्कुलले नर्सरीको २४ हजार ५००, कक्षा १ को ३८ हजार ५०० र कक्षा ५ को ३९ हजार ३५० तथा शुभतारा स्कुलले कक्षा १ देखि ५ सम्म ४८ हजार ५९२ रुपैयाँ लिइएको पाइएको छ ।

यस्तै ग्यालेक्सी स्कुलले विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध नगराएको पाइएको छ । विद्यालयले न्यूनतम १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने हुन्छ भने अक्सिडेन्टलले १० प्रतिशत शुल्क बढाइएको पाएको छ । अनुगमनका क्रममा विद्यालयले छात्रवृत्ति पनि पारदशी ढङ्गले वितरण नगरिएको र पाठ्यक्रमको सरकारले तोेकेकोभन्दा बढी शुल्क लिएको पाइएको छ ।

अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीले विद्यालयले अभिभावकको भेला नगरी आफूखुसी शुल्क लिने गरेको बताए । ‘‘धेरै विद्यालयले अभिभावकको भेला नगराई शुल्क लिने गरेका छन्’’, उनले भने–‘‘गतवर्ष भन्दा २० प्रतिशतसम्म शुल्क बढाएको पाइएको छ ।’’

मन्त्रालयले सोमबारदेखि काठमाडौँ उपत्यकाका निजी विद्यालयको शुल्क, छात्रवृत्ति र पाठ्यक्रमको अनुगमन सुरु गरेको हो । मन्त्रालयका प्रवक्ता डा लम्सालले अहिले विद्यालयले लिने शुल्क, छात्रवृत्ति र पाठ्यक्रमको विवरण सङ्कलन गरिएको जानकारी गराए । ‘‘अहिले हामीले विद्यालयको अनुगमन गरेर विवरण सङ्कलन गरिरहेका छौँ’’, उनले भने–‘‘अझै दुई÷तीन विद्यालयको अनुगमन गर्छौं । अनि अनुगमनका क्रममा पाइएका कुराको रिपोर्ट सार्वजनिक गर्छौ ।’’ रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending