Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

उपेन्द्र यादवको गाँउमा वाईसीएलको राहत वितरण

\"ycl\"सुनसरी । सुनसरीका आगलागी पिडित परिवारलाई वाईसीयल सुनबसरीद्धरा जस्तापाता तथा झुल बितरण गरिएको छ । संघिस समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको गाँउ भोक्राहमा नेपाल ग्रामिण पूर्ननिर्माण संस्था तथा वाईसियल सुनसरीले संयुक्त रुपमा जस्तापाता तथा झुल बितरण गरिएको हो । सुनसरीको भोक्राहमा एक महिना अघि भएको बिषण आगलागीबाट २१ परिवारका ५० घर जलेर नष्ट भएको थियो । भोक्राह ९ स्थित मुसलमान बस्तीमा मंगलबार एक कार्यक्रमका बिच सुनसरीका प्रमुख जिल्ला अधिकारीले मोहनबहादुर चापागाईले राहत वितरण गरेका हुन । नेपाल ग्रामिण पूर्ननिर्माण संस्था र डब्लुएचएचको सहयोगमा प्राप्त तिन बन्डल जस्तापाता १० घर परिवारलाई बितरण गरिएको थियो । बाँकी रहेको एघार घर परिवारलाई पनि दैवि प्रकोप उद्धार समितिको पहलमा पूनं जस्तापाता बितरण गरिने बताइएको छ । घर जेलर खरानी भएका घरको पूर्ननिर्माणमा मद्धत गर्ने उदेश्यले जस्तापाता बितरण गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईले बताए । दैवि प्रकोप उद्धार समिति मार्फत सुनसरीमा सबै भन्दा बढी क्षति भएको भोक्राह गाबिसमा राहत स्वरुप जस्तापाता बितरण गरिएको बताउदै आउदा दिनमा थप राहत उपलब्ध गराउने चापागाईले बताए । यस्तै योङ्ग कम्युनिष्ट लिग नेपाल सुनसरी जिल्ला समितिले पनि भोक्राहका आगलागी पिडित परिवारलाई झुल बितरण गरेका छन । गर्मी समयमा औलो जस्तो रोगबाट बच्न पिडित २१ परिवारलाई तिन थान झुलको दरले राहत बितरण गरिएको हो । सुनसरीका प्रजिअ मोहनबहादुर चापागाईले झुल बितरण गरेर कार्यक्रमको शुरुवात गरेका थिए । वाईसियल सुनसरीका अध्यक्ष दुर्गेश चौधरी र जिल्ला सदस्य रुद्रबहादुर पौडेल लगायत अन्य पदाधिकारीले झुल पिडित परिवारलाई बितरण गरेका थिए । जनताको दुखसुखमा सदैव वाईसियल सहयात्री भएको बताउदै भोलीका दिनमा पनि पिडित परिवारको लागी थप राहत कार्यक्रम तथा घर पूर्ननिर्माणमा श्रमदान समेत गर्ने वाईसियल सुनसरी अध्यक्ष दुर्गेश चौधरीले बताए । पिडित परिवारलाई ६२ थान झुल बितरण गरिएको थियो । भोक्राहका आगलागी पिडितहरुलाई जस्तापाता तथा झुल बितरण गरेपछि पिडित अनुहारमा केही खुशी छाएको थियो । राहत बितरण कार्यक्रममा सुनसरीका जनपद तथा शसस्त्र प्रहरीका प्रमुख तथा स्थानिय राजनितिक दलहरुको उपस्थिति रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: