Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

म्यादी सरकारले महत्वकांक्षी नीति तथा कार्यक्रम ल्याउनु संसदीय व्यावस्थाकै उपहास ः देउवा

\"Sher-Bahadur-Deuba\"काठमाडौं। नेपाली काँग्रेसका सभापति एवम् संसद्मा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले म्यादी सरकारले महत्वकांक्षी नीति तथा कार्यक्रम ल्याउनु संसदिय व्यावस्थाकै उपहास भएको बताएका छन् । व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उत्त कुरा बताएका हुन । सभापति देउवाले भने – “म्यादी सरकारले ल्याएको नीति र कार्यक्रम म्यादी नै हुन्छ, मुलुकमा अहिले अशान्ति छ, आन्दोलनरत पक्षसँग सहमति कायम गरेर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता हो तर सरकार उल्टो हिँडिरहेको छ । ’ उनले न्यायपालिकालाई राजनीतीकरण र भारतका लागि नेपाली राजदूतलाई फिर्ता बोलाएर सहमतिको वातावरणलाई लत्याइएको आरोप लगाए । “अहिलेको सबैभन्दा ठूलो समस्या भनेको बजेट कार्यान्वयनको समस्या हो, त्यो सहमति नभइकन कार्यान्वयन गर्छु भन्नु महत्वाकाङ्क्षी कुरा हो, पत्यारिलो विषय होइन,’ उनले भने । स्थानीय निकायको सीमा निर्धारण र सङ्ख्या निर्धारण गर्न सरकारले आफँैले आयोग गठन गरिसकेको परिस्थितिमा आयोगले प्रतिवेदन नदिई निर्वाचन गराउँछु भन्नु कति उचित कुरा हो भन्ने प्रश्न गर्दै नेता देउवाले भने– “स्थानीयको चुनाव गराउने कार्यतालिका राखिए पनि सहमतिबिना त्यो सम्भव छैन । सरकारको नीति तथा कार्यक्रममा परेको १० वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने कुरा कति व्यावहारिक होला भन्दै प्रमुख प्रतिपक्ष दलका नेता देउवाले अघिल्लो सरकारले अघि बढाएको सेती, कर्णाली लगायत आयोजनालाई द्रुतता प्रदान गर्ने योजना नै नरहेको भनी आलोचना गरे । विद्युत् प्रसारण लाइनमा सहमति नगराई महत्वकाङ्क्षी ढङ्गबाट विद्युत् विकास गर्छु भन्नु ढङ्गसङ्गत होइन भन्दै उनले बिनाआधारमा नीति तथा कार्यक्रम ल्याउँदा परिणाम हात लाग्छ लाग्दैन भन्ने ख्याल गर्न आवश्यक छ भएको बताए । नाकाबन्दी हटिसकेपछि पनि अत्यावश्यक सामग्री सर्वसुलभ हुन नसकेको, मुलुकमा कालोबजारी र भ्रष्टाचार बढेको तथा भूकम्पपछिको पुनःनिर्माणलाई सरकारले अघि बढाउनै नसकेको आरोप उनले लगाए । उनले भने – “भूकम्पपीडितका लागि राहत र अनुदान मन्त्रालयबाट निकासा भइसक्यो भनिए पनि प्रमुख जिल्ला अधिकारीले प्राप्त गरिनसकेको जवाफ आइरहेको छ, पीडितले राहतका नाममा कम्बलसमेत पाउन सकेका छैनन्, भूकम्पपीडितलाई अन्याय भएको छ ।” एक प्रतिशतभन्दा कम आर्थिक वृद्धि दर हासिल भएको मुलुकमा पाँच वर्षभित्र आर्थिक समृद्धिको कुरा गर्नु हास्यापद भएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending