Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

संसद बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुरु

\"parliament1\"काठमाडौं । व्यवस्थापिका–संसद्मा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल मंगलबारदेखि प्रारम्भ भएको छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफल गर्न यही वैशाख २८, २९ र ३० गतेका दिन निर्धारण गरिएको छ भने संसद्मा उठेका प्रश्नको प्रधानमन्त्रीले वैशाख ३१ गते जवाफ दिने कार्यक्रम तय भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को यही वैशाख २६ गतेको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन । नीति तथा कार्यक्रममा सरकारले आगामी मङ्सिरमा स्थानीय निकायको निर्वाचन गराउने, १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने, पाँच वर्षमा भूकम्पपछिको पुनःनिर्माण सक्ने, दुई वर्षभित्र निजी घरको निर्माण गर्ने, ९० दिन धान्न सक्ने पेट्रोल र ग्यासको भण्डारण गर्ने लगायत योजना घोषणा गरेको थियो । राष्ट्रपतिबाट भएको उक्त सम्बोधनमाथि छलफलका लागि नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकाल प्रस्तावक र एनेकपा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे समर्थक रहेको धन्यवादको प्रस्तावमाथिको छलफल आजदेखि प्रारम्भ भएको हो । बैठक प्रारम्भ भएको घोषणा हुनासाथ थरुहट तराई पार्टी नेपालका गोपाल दहितले समय लिएर आदिवासी, मधेसीले आफ्ना जायज मागलाई लिएर अधिकारका लागि भएको आन्दोलनमा सरकारले दमन गरेको आरोप लगाए । उनले भने – “आफूहरुको आन्दोलनको मागलाई बेवास्ता गर्दैै वार्ताको नाममा सरकारले नाटक मात्र गरिरहेको छ, यो प्रवृत्तिको हामी आलोचना र विरोध गर्दछौँ ।” नीति तथा कार्यक्रमले बाँके, बर्दिया क्षेत्रमा भएको भूकम्प र बाढी पहिरोपीडितलाई नचिनेको आरोप लगाउँदै कार्यान्वयन हुनै नसक्ने र विभेदकारी भएकाले यसलाई आफूहरुले समर्थन गर्न नसक्ने जानकारीका साथ सांसद दहितले आन्दोलनरत दलबाट आजको बैठक बहिष्कारको घोषणा गरे । त्यसको लगत्तै आन्दोलनरत मधेसवादी दलका सांसद बैठक बहिष्कार गरेर बाहिरिएका थिए । सांसद बैठक जारी रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: