Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

टेन्ट र पालमा बसेका भूकम्प पीडितलाई सामूहिक आवास

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गत वर्षको भूकम्पबाट प्रभावित भई हालसम्म टेन्ट वा पालमुनि बसिरहेका घर परिवारको वास्तविक सङ्ख्या यकिन गर्ने कार्य जिल्ला दैवीप्रकोप उद्धार समितिलाई जिम्मा दिएको छ । हाल प्रभावित जिल्लामा इन्जिनियरलाई समेत परिचालन गरी प्राप्त तथ्याङ्कका आधारमा जिल्ला दैवीप्रकोप उद्धार समितिले जिल्ला आयोजना कार्यान्वयन एकाइलाई समेत परिचालन गरी निर्माण सामग्रीको आवश्यकता, सुरक्षा निकायबाट निर्माण कार्यमा खटाउनुपर्ने जनशक्ति तथा स्वयम्सेवकको आवश्यकतासहितको कार्ययोजना तयार पार्नेछ । सो योजना यही वैशाख मसान्तसम्ममा प्राधिकरण एवम् केन्द्रीय दैवीप्रकोप उद्धार समितिमा पठाइ आगामी जेठ ७ गतेदेखि अस्थायी आवास निर्माण कार्य आरम्भ गरी मनसुनअगावै सम्पन्न गर्ने व्यवस्था मिलाइने भएको छ । प्राधिकरणमा सोमबार सहरी विकास मन्त्रालय, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, गृह मन्त्रालय, तीनवटै सुरक्षा निकायका अधिकारीको बैठकले सो निर्णय गरेको हो । विभिन्न कारणले हालसम्म पनि टेन्ट वा पालमा बसोबास गरिरहेका भूकम्पपीडित घर परिवारलाई निजको स्थायी आवास पुनःनिर्माण नहुँदासम्म बसोबास गर्नसक्ने गरी अस्थायी वा सङ्क्रमणकालीन आवास निर्माण गर्न सहयोग गर्नुपर्ने देखिएकाले आवश्यक समन्वय गरी आगामी मनसुनअगावै आवश्यक व्यवस्था मिलाउने तयारी भएको हो । हाल आफ्नै सुरक्षित जग्गामा बसिरहेका घर परिवारलाई सोही स्थानमै अस्थायी आवास निर्माण गर्नमा सहयोग पु¥याउने, आफ्नो जग्गा नभएको कारण वा आफ्नो जग्गा असुरक्षित भएका कारण अन्यत्र ९टेन्ट वा पालमुनि० बसोबास गरिरहेका घर परिवारलाई उपयुक्त स्थानको खोजी गरी स्थानीय उपयुक्तता र आवश्यकताका आधारमा अस्थायी सामूहिक आवास निर्माण गरी बसोबास गर्ने व्यवस्था मिलाउन सहयोग गर्ने निर्णय भएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । यसरी निर्माण गरिने व्यक्तिगत वा सामूहिक आवासका नमुना डिजाइन सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले विगतमा भएका नमुना डिजाइन समेतलाई ध्यानमा राखी आगामी तीन दिनभित्र तयार पारिनेछ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: