Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

नीति तथा कार्यक्रम माथिको कांग्रेससहित ३ दलको संशोधन प्रस्तावमा के छ ?

\"bidhya-niti-karyakram\"काठमाडौं । सरकारी नीति तथा कार्यक्रममा प्रमुख विपक्षी कांग्रेससहित ३ दलका सांसदले विभिन्न विषय समेटेर संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

कांग्रेसका सांसदले प्रस्तावमा स्थानीय निकायको संख्या र सिमाना निर्धारण हुनुअघि स्थानीय चुनाव गर्न नहुने प्रस्ताव राख्दै संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

कांग्रेसका रमेश लेखकसहित ३ जनाले पेस गरेको १६ बुँदे प्रस्तावमा नयाँ संविधानअनुसार संख्या र सिमाना टुंगो नलगाई हुने चुनावको औचित्य नहुने, संविधानको धारा २९५ को उपधारा ९३ बमोजिम सीमांकनका लागि आयोग गठन भएको र त्यसले सीमा निर्धारण गर्ने भएकाले त्यसपछि मात्र चुनाव हुनुपर्ने उल्लेख छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आइतबार प्रस्तुत सरकारी नीति तथा कार्यक्रममा स्थानीय निकायको निर्वाचन आउँदो मंसिर महिनामा हुने उल्लेख छ ।

त्यसमा संशोधन प्रस्ताव दर्ता गर्ने समय सोमबार दिउँसो ४ बजेसम्म तोकिएको थियो । उक्त अवधिभित्र कांग्रेसले एक, नेपाल मजदुर किसान पार्टीले २ र खम्बुवान राष्ट्रिय मोर्चाले एक प्रस्ताव दर्ता गरेका छन्।

कांग्रेस सांसद लेखकले पेस गरेको प्रस्तावमा संसदबाट १९३ वटा कानुनहरू एकमुष्ट संशोधन गर्न सरकारले प्रस्ताव गर्दा गम्भीर प्रकृतिका अपराधमा सजाय कम व्यवस्था गरिएकाले पहिलेकै कानुनमा विद्यमान सजाय कायम हुनुपर्ने उल्लेख छ । त्यस्तै न्यायपालिकाको स्वतन्त्रतालाई जीवन्त राख्दै राजनीतीकरण मुक्त राखिनुपर्ने सुझाव छ ।

नेमकिपाकै सांसद अनुराधा थापामगरको प्रस्तावमा भने नेपाल‍, भारतबीचको खुला सिमानाका कारण अपराधी लुक्ने, सीमा तस्करी, चेलिबेटी बेचविखनलगायत समस्या देखिएकाले सीमा सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइनुपर्ने उल्लेख छ ।

नेमकिपाका अर्का सांसद प्रेम सुवालले राखेको प्रस्तावमा कृषि उत्पादन बढाउन र खाद्यान्नमा आत्मनिर्भर र निर्यातमूलक बनाउन यसै आर्थिक वर्षमा रासायनिक मल कारखाना स्थापना गरिनुपर्ने, माथिल्लो कर्णाली, अरुण तेस्रो लगायत जलविद्युत् आयोजनाहरू आफ्नै लगानीमा निर्माण गर्न भारतसँग भएको पीटीए र पीडीए खारेज गर्न माग गरिएको छ ।

नीति तथा कार्यक्रममाथि मंगलबारदेखि ३ दिनसम्म छलफल हुने कार्यक्रम छ । यही ३१ गते प्रधानमन्त्री केपी ओलीले सदनमा उठेका सवालको जवाफ दिनेछन् । जेठ १५ गते सरकारले बजेट ल्याउनेछ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: