Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले दिने ऋणप्रति विद्यार्थी उत्साहित

\"bidhya-niti-karyakram\"काठमाडौँ । स्नातकोत्तर तहमा अध्ययनरत गिरीशा लोहनीलाई सरकारले ल्याएको शैक्षिक प्रमाणपत्र धितो राखी सहुलियत ऋण दिने नीति राम्रो लाग्यो ।

“पढ्ने पढ्ने अनि अन्तिममा कमाउनका लागि विदेश नै जानुपर्ने बाध्यतालाई यसले अन्त्य गर्छ”– उनले भने– “सरकारले ल्याएको यो नीति कार्यान्वयनमा आउन सक्यो भने एकदमै राम्रो हो ।” तर कार्यान्वयनमा आउनेमा भने उहाँले शङ्का व्यक्त गरे ।

सरकारले आर्थिक वर्ष २०७३÷७४ को सरकारको नीति तथा कार्यक्रममा बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखी परियोजना प्रस्तावका आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराइने कार्यक्रम सार्वजनिक गरेपछि विद्यार्थी कार्यान्वयनमा आशङ्का व्यक्त गर्दै भए पनि उत्साहित भने भएका छन् ।

नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेले उक्त कार्यक्रम नेविसङ्घले पहिलेदेखि नै उठाउँदै आएको र पछि संयुक्त विद्यार्थी सङ्गठनमार्फत उठाइरहेको माग सम्बोधन हुनु सकारात्मक भएको बताउ ।

यति हुँदाहुँदै पनि यसको कार्यान्वयनमा शङ्का व्यक्त गर्दै उनले भने– “यो नीति तथा कार्यक्रम कार्यान्वयन गराउनभन्दा बढी प्रचारमुखी भएको छ ।”

अनेरास्ववियुका सचिव आरसी लामिछानेले उक्त व्यवस्थाले विद्यार्थीलाई पढ्न उत्साह दिने र शैक्षिक बेरोजगार विदेश पलायन नभई स्वदेशमै उद्यमी बन्ने अवसर प्रदान गर्ने बताए । उनले भने– “कोही विद्यार्थी पढेर स्वदेशमा नै उद्यमी बन्न चाहन्छ भने उसले त्यो अवसर पाउँछ । यो कार्यक्रम महत्वाकाङ्क्षी छ, यसको कार्यान्वयनमा सबै विद्यार्थी सङ्गठन सँगसँगै जानुपर्छ ।”

प्रमाणपत्र धितो राखेर स्नातकोत्तर तह उत्तीर्ण गरेकालाई रु १० लाख, स्नातक तह उत्तीर्ण गरेकालाई रु सात लाख र प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेकालाई रु पाँच लाख सहुलियत ऋण सुविधा उपलब्ध गराउन विद्यार्थी सङ्गठनले माग गरेका थिए ।

सहुलियत ऋण लिन चाहने विद्यार्थीले शैक्षिक प्रमाणपत्रसँगै नागरिकताको प्रमाणपत्रलगायत समावेश गर्नुपर्नेछ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: