Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

भूकम्पपीडितलाई मनसुन अगावै अस्थायी आवास

\"Bhukampapidit\"काठमाडौँ। गत वर्ष वैशाखको भूकम्पबाट स्थायी आवास पूर्ण रुपमा क्षति भई पालमुनि बसेका भूकम्पपीडितलाई अस्थायी वा सङ्क्रमणकालीन आवास निर्माण गरिने भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, सहरी विकास, सङ्घीय मामिला तथा स्थानीय विकास र गृह मन्त्रालय एवं तीन वटै सुरक्षा निकायका अधिकारीको आजको बैठकले यस्तो निर्णय गरेको हो ।

विभिन्न कारणले हालसम्म पनि पालमा बसोबास गरिरहेका भूकम्पपीडित घर परिवारलाई स्थायी आवास पुनःनिर्माण नहुँदासम्म बसोबास गर्न सक्ने गरी आवास निर्माण गर्न सहयोग गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । “प्राधिकरण, गृह मन्त्रालय, केन्द्रीय दैवी प्रकोप उद्धार समिति, सहरी विकास मन्त्रालय एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबीच आवश्यक समन्वय गरी आगामी मनसुन अगावै अस्थायी आवासको व्यवस्था मिलाइनेछ”– उनले भने ।

यस कार्यको संयोजन र व्यवस्थापन जिल्लास्तरमा जिल्ला दैवीप्रकोप उद्धार समितिले गर्ने निर्णय पनि आजको बैठकले गरेको छ । आफ्नै जग्गामा बसिरहेका घरपरिवारलाई सोही स्थानमा अस्थायी आवास निर्माण गर्नमा सहयोग पु¥याइनेछ ।

जग्गा नभएको कारण वा आफ्नो जग्गा असुरक्षित भई अन्यत्र पालमुनि बसोबास गरिरहेका घर परिवारलाई उपयुक्त स्थानको खोजी गरी स्थानीय उपयुक्तता र आवश्यकताका आधारमा अस्थायी सामूहिक आवास निर्माण गरी बसोबास गर्ने व्यवस्था मिलाउन सहयोग गर्ने निर्णय समेत गरिएको छ ।

व्यक्तिगत वा सामूहिक आवासका नमुना ढाँचा सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले तीन दिनभित्र तयार पार्ने प्राधिकरणले जनाएको छ । यसरी निर्माण गरिने सामूहिक आवास भवनको स्वामित्व सम्बद्ध गाविस वा नगरपालिकाको हुने गरी व्यवस्था मिलाइनेछ ।

व्यक्तिगत वा सामूहिक अस्थायी आवास निर्माण कार्यमा सघाउनका लागि तीन वटै सुरक्षा निकायमार्फत जनशक्ति परिचालन गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालय केन्द्रीय दैवी प्रकोप उद्धार समितिलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

स्थानीय राजनीनिक दल तथा विभिन्न सङ्घसंस्थालाई स्वयंसेवक परिचालन गर्नका लागि बैठकले आह्वान गरेको छ । स्वयम्सेवक परिचालनसम्बन्धी निर्देशिका तीन दिनभित्र तयार पारिने प्राधिकरणले जनाएको छ ।

पालमुनि बसिरहेका भूकम्पपीडित घर परिवारको वास्तविक सङ्ख्याको यकिन गर्ने कार्य जिल्ला दैवीप्रकोप उद्धार समितिमार्फत गर्ने व्यवस्था मिलाइनेछ । यसमा सम्बद्ध गाविस वा नगरपालिकामा हालै खटिएका इन्जिनियरलाई समेत परिचालन गर्ने निर्णय समेत गरिएको छ ।

त्यसरी प्राप्त भएको तथ्याङ्कका आधारमा जिल्ला दैवीप्रकोप उद्धार समितिले जिल्ला आयोजना कार्यान्वयन एकाइ समेत परिचालन गरी निर्माण सामग्रीको आवश्यकता, सुरक्षा निकायबाट निर्माण कार्यमा खटाउनुपर्ने जनशक्ति तथा स्वयम्सेवक सहितको कार्ययोजना तयार पारिनेछ ।

कार्ययोजना यही वैशाख मसान्तसम्म प्राधिकरण एवम् केन्द्रीय दैवीप्रकोप उद्धार समितिमा पठाइने व्यवस्था मिलाई आगामी जेठ ७ गतेदेखि अस्थायी आवास निर्माण कार्य आरम्भ गरेर मनसुन अगावै सम्पन्न गर्ने व्यवस्था मिलाइने प्रवक्ता थपलियाले बताए ।

भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास पुनःनिर्माणका लागि सुरक्षा निकायबाट जनशक्ति परिचालन गर्ने तथा मनसुनको समयमा उक्त क्षेत्रमा आउन सक्ने प्राकृतिक विपत्तिको आवश्यक तयारीका निम्ति केन्द्रीय दैवीप्रकोप उद्धार समितिको बैठक बसी आवश्यक निर्णय लिइदिन गृह मन्त्रालयलाई अनुरोध गरिने पनि उनले जानकारी दिए। रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: