Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

वैदेशिक अध्ययन सम्बन्धी ऐन बनाउन माग

\"free काठमाडौं । वैदेशिक अध्ययनका लागि परामर्श दिने संस्थाहरुले वैदेशिक अध्ययन सम्बन्धी ऐन बनाउन सरकारसँग आग्रह गरेका छन् । स्वतन्त्र शैक्षिक परामर्श संघको काठमाडौंको पातलेबनमा आयोजित साधारणसभा तथा वनभोज कार्यक्रममा बोल्दै उनीहरुले वैदेशिक अध्ययन सम्बन्धी ऐन बनाउनुपर्नेमा जोड दिएका हुन् । शैक्षिक परामर्श केन्द्रहरुलाई पनि मानव तस्करको आरोप लाग्ने गरेको भन्दै उनीहरुले वैदेशिक रोजगारजस्तै वैदेशिक अध्ययनका लागि पनि ऐन आवश्वक भएको बताए। एजुकेशन कन्सल्टेन्सीहरुले वैदेशिक अध्ययनमा जानेहरुलाई परामर्श मात्र दिने र विदेशस्थित कलेजहरुसँग समन्वय गराइदिने मात्रै काम मात्र गर्ने उनीहरुले बताए । शैक्षिक परामर्श मात्र दिने यस्ता संस्थाहरुलाई मानव तस्कर गर्ने संस्थाका रुपमा आरोप लाग्ने गरेकोले एजुकेशन कन्सल्टेन्सीहरुको साझा संस्था स्वतन्त्र शैक्षिक परामर्श संघ, इक्यान लगायतका संस्थाहरुले नै यसको खण्डन गर्न सक्नुपर्नेमा उनीहरुले जोड दिए । कार्यक्रममा उपस्थित शैक्षिक परामर्शदाताहरुले पछिल्लो समय चिलीमा वाइन एण्ड स्पेनिस विषय पढ्न भन्दै विदेशिनेको संख्या बढ्दै गएकाले यसतर्फ राज्यले ध्यान दिनुपर्ने बताए । चिलीमा अध्ययनका लागि जाने सरकारले अनुमति नदिएकाले यसबारेमा सरकारले निर्णय गर्नुपर्नेमा उनीहरुको जोड थियो । कार्यक्रममा उपस्थित बुद्धिजीवी प्रा.डा.सुरेन्द्र केसीले यस्ता शैक्षिक परामर्श केन्द्रहरुले योग्यता प्रणाली, जवाफदेहिता र पारदर्शितामा ध्यान दिनुपर्ने बताए । संघका अध्यक्ष युवराज कटुवालले शैक्षिक परामर्श दिने संस्थाहरुले विदेशमा रोजगारको प्रलोभन देखाउने गरेकाले यसतर्फ सुधार्नुपर्ने बताए । कन्सल्टेन्सीहरुले आफ्नो कार्यशैली सुधार गर्दै आवश्यक नीति नियमका लागि राज्यलाई दबाब दिनुपर्ने उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: