Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

उत्तर कोरियाली नेता किमकाे बिश्वलाई चकित पार्ने भाषण

\"kimप्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले आफूले निशस्त्रीकरणका लागि संसारमा नै प्रयत्न गर्ने धारणा सार्वजनिक गरेका छन् । गएको जुन महिनादेखि कम्तीमा पनि ६ पटकसम्म क्षेप्यास्त्र परीक्षण गरी विवादमा आएको उत्तर कोरियाका नेताले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्दै सो धारणा राखेका हुन । उनले भने, एक आणविक राष्ट्रका हैसियतमा उत्तर कोरियाले जिम्मेवार रुपले संसारमा नै निशस्त्रीकरणका लागि प्रयत्न गर्ने नै छ । साथै उनले आणविक अप्रसार सन्धीको पालनका साथै यस सन्धीको इमान्दार प्रयोगमा पनि उत्तर कोरियाले प्रयत्न गर्नेछ । कोरियाको सत्तारुढ दल वर्कस् पार्टी अफ कोरियाको सातौँ कंग्रेसको सम्बोधनका क्रममा उनले उत्त धारणा राखेका हुन । आणविक परीक्षणका कारण निकै विवादमा तानिएको भनिएको कोरियाको उक्त कदमको संसारमा नै विरोध भइरहेको भएपनि उनले पहिलो पटक यस्तो धारणा सार्वजनिक गरेका हुन । उनले आफ्नो देशले यस्तो क्षेप्यास्त्र परीक्षणको काम अरु कसैको खतराका लागि गरेको नभई आफ्नो देशका विरुद्धमा हुनसक्ने सार्वभौमसत्ताको हमलाका विरुद्धमा गरिएको पनि स्पष्ट पारे । नेता किमले उत्तर कोरियाले आणविक विकास र आर्थिक विकासको काम एकै पटक गरिरहेको जानकारी पनि सो सम्बोधनका क्रममा भने । अहिलेको अवस्थामा र क्रान्तिकारी कारणले गर्दा देशमा आर्थिक विकासलाई पनि साथसाथै अघि बढाउन सजिलो नभएपनि गर्नु परेको उनको भनाई छ । किमले देशको आर्थिक विकासलाई अघि बढाउन आफ्नो पार्टीले कडा परिश्रम गरिरहेको जानकारी पनि सो सम्बोधन मार्फत दिएका छन् । राष्ट्रिय पुनःएकीकरण पहिलो एजेण्डा यसैबीच सोही सम्बोधनका क्रममा नै उनले राष्ट्रिय पुनःएकीकरण आफ्नो पार्टीको पहिलो एजेण्डा भएको धारणा राखेका छन् । उनले राष्ट्रिय रुपमा पुनःएकिकरणका लागि बहस चलाउने र त्यसका लागि आवश्यकता बोध गराउने काम आफ्नो पार्टीले गर्ने स्पष्ट गरे। यसका लागि दक्षिण कोरियासँगको सम्बन्धमा पनि जोड दिइने उनले व्यक्त गरेको बिचारमा उल्लेख गरिएको छ । राष्ट्रिय रुपमा एकीकरणको लागि दक्षिण कोरियासँगको सम्बन्ध आधारभूत रुपमा नै बलियोसँग अघि बढाइने पनि उनले प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफ्नो सम्बोधनमा भने, दुवै राष्ट्रले एक अर्काको सम्मान गर्नुपर्छ र वास्तविक रुपमा सम्बन्ध सुधारका लागि एक आपसमा सम्मानका हात फैलाउन पनि सक्नुपर्छ । उनले यसरी आफ्नो सम्बोधनमार्फत दक्षिण कोरियाका लागि सम्बन्ध विस्तार गर्न आह्वान गर्नुलाई सकारात्मक रुपमा नै लिइएको बताइएको छ । साथै उनले दक्षिण कोरियालाई मुठभेडको मानसिकता त्याग्न र कानुनी एवम् अरु धेरै किसीमका बाधा ब्यबधानहरुलाई अघि सारेर एकीकरणका निम्ति पर्नसक्ने अप्ठेराहरुलाई विर्सेर व्यवहारिक रुपमा सम्बन्ध सुधारको मार्गमा लाग्न पनि आग्रह गरेका छन् । उनले सम्बन्ध सुधारका लागि वार्ता र सहमतिका माध्यमबाट अघि बढ्न सकिएमा यसले आगामी दिनमा सबैका लागि सहज हुने पनि बताए । दुवै देशका सबै तहमा वार्ता र सहमतिको वातावरणले नै दुवैतर्फको समृद्धिमा सहयोग पुग्ने भन्दै नेता किमले सार्थक वार्ताका माध्यमबाट नै सबै पक्ष सहमतिमा पुग्न सकिने बताए ।  सिन्ह्वा  /एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending