Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

महिला अधिकार कागजमै सिमित, श्रमिक महिलालाई ज्यालामा विभेद् कायमै

\"mahila-sangharsha-1\"म्याग्दी । श्रमिक महिला उनीहरुको पक्षमा भएको संवैधानिक व्यवस्था कार्यान्वयन हुन नसक्दा विभेद्को सिकार बनेका छन् । नेपालको संविधान २०७२ मा ‘समान कामको, समान ज्याला’ भन्ने उल्लेख गरिए पनि श्रमिक महिला सो व्यवस्थाबारे बेखबर छन् । यो संवैधानिक व्यवस्था २०६३ को अन्तरिम संविधानमा पनि थियो । श्रम गरेर जीवननिर्वाह गरिरहेका महिला वर्ग दशकौँ अधि बनेको अधिकारको उपभोग गर्नबाट वञ्चित भएका हुन् । संवैधानिक व्यवस्था कार्यान्वयन गर्ने संयन्त्र नहुँदा श्रमिक महिलाहरुले आफ्नो गुनासो पोख्न र अधिकार खोज्न पाएका छैनन् । सहरी र ग्रामीण क्षेत्रमा महिला श्रमिकमाथि गरिने विभेद् कायमै छ । महिलालाई ज्यालामा विभेद् गर्न नपाइने संवैधानिक व्यवस्था कागजमै सीमित बनेको नेपाल टे«ड युनियन महासङ्घ ९जिफन्ट० म्याग्दी अध्यक्ष बालादेवी राई बताउँछिन् । रोजगारदाताले महिला मजुदरमाथि गर्ने व्यवहार र हेर्ने दृष्टिकोणमा परिवर्तन नआउनु ज्यालामा विभेद् कायमै रहनुको मुख्य कारण हो । “महिलाले काम गर्न सक्दैनन् भनेर हेप्छन् । समान ज्याला दिन मान्दैनन्” राईले भनिन । कानुनी उपचार खोज्ने संयन्त्र नहुँदा विभेद् सहनुपरेको उनको भनाई छ । बेनी बजारमा मार्बल बिछ्याउने काम गर्दै आएकी सुक्ला गुरुङ पुरुषको भन्दा कम ज्याला पाउने गरेको बताउँछिन् । पुरुष मजदुरले दैनिक रु ७०० तथा महिलाले रु ५०० ज्याला पाउने गरेका छन् । निर्माण, कृषि, भरिया, घरेलु तथा होटल मजदुरको रुपमा कार्यरत श्रमिक महिलाले पुरुषको तुलनामा न्यून ज्याला पाउने गरेका छन् । निर्माण क्षेत्रमा पुरुष कामदारले दैनिक रु ७०० देखि रु ८०० ज्याला पाउँछन् भने महिलाले रु ४०० देखि रु ५०० मा चित्त बुझाउने गरेका छन् । कृषि क्षेत्रमा महिलाले रु १५० देखि रु २०० तथा पुरुषले रु ४०० देखि रु ५०० सम्म ज्याला पाउँछन् । महिला ऐन नियमको बारेमा जानकार समेत छैनन् । बेनीमा गिट्टी फुटाउने, बालुवा, ढुङ्गा ओसार्ने काम गर्दै आएकी प्यूठानकी धनदेवी बुढा पुरुषसरह महिलालाई ज्याला दिने व्यवस्थाबारे जानकारी नभएको बताउँछिन्। “ठेकेदारले जति दिन्छन् त्यतिनै लिने गरेकी छु ।” पछिल्लो समय पुरुष वैदेशिक रोजगारीमा जाने क्रमसँगै जिल्लामा कृषि कार्य, घर, भवन, सडक निर्माणलगायत काममा महिला श्रमिकको सहभागिता बढ्दै गएको छ । महिला मजदुरको ज्याला वृद्धी गर्न माग गरे पनि सुनुवाई नभएको बेनीमा निर्माण मजदुरको रुपमा कार्यरत पर्वत धाईरीङकी डिलु नेपाली बताउँछिन् । तर निर्माण व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष प्रदीप सापकोटाले महिलाले पुरुष सरह काम गर्न नसकेका कारण समान ज्याला दिन नसकिएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies