Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

कस्तो आउँदैछ ओली सरकारको नीति तथा कार्यक्रम ?

\"budget\"काठमाडौं । एमाले नेतृत्वको सरकारले आइतबार नीति तथा कार्यक्रम ल्याउँदैछ । २०५१ सालको मध्यावधी निर्वाचनबाट बनेको मनमोहन अधिकारी नेतृत्वको एमालेको पहिलो सरकारले ल्याएको बजेट निकै लोकप्रिय बनेको थियो । एमालेले मनमोहनको पालामा ल्याएको बजेटको लोकप्रियताको ब्याज अहिले पनि खाने गरेको छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पहिलो सरकारको पालामा आएको बजेट भन्दा पनि अझै लोकप्रिय बजेट ल्याउने भाषणबाजी पनि गर्दै हिँडेका छन् । नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ब्यवस्थापिका संसदको जारी अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । राष्ट्रपति भण्डारीले आइतबार अपरान्ह ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । संविधानसभाबाट जारी गरिएको नयाँ संविधानपछि बनेको ओली नेतृत्वको सरकारले सबैलाई आश्चार्य पार्ने बजेट ल्याउने चर्चा चलाईरहँदा तीन दिनअघि मात्रै सरकार ढल्नबाट मुश्किलले जोगिएको छ । बजेट ल्याउँदासम्म सरकार बचाउने एकीकृत माओवादीको नौं बुँदे लिखित प्रतिवद्धतापछि आइतबार सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हो । यहि नीति तथा कार्यक्रमका आधारमा नै सरकारले बजेट ल्याउने गर्दछ । गत बिहिबारको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्ष २०७३/७४को बजेट तयारीका लागि विनियोजित विधेयकका कर प्रस्ताव बाहेकका सिद्धान्त र प्राथमिकता पेश गरेका थिए । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले सरकारले आइतबार ल्याउन लागेको नीति तथा कार्यक्रम अनुमोदन गरेको थियो । मन्त्रिपरिषदबाट अनुमोदन गरिएको नीति तथा कार्यक्रममा संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण, ऊर्जा विकास, आत्मनिर्भरमुखी अर्थतन्त्र तथा आर्थिक वृद्धिदर प्रमुख छन् । २०५१ सालमा एमाले नेतृत्वको सरकार नेपालको पहिलो कम्युनिष्ट सरकार समेत मानिन्छ । विश्वका कम्युनिष्ट सरकारको उदाहरण दिँदै गैरकम्युनिष्ट पार्टीहरुले कम्युनिष्टबारे अनेक भ्रमहरु छरिरहेका बेला एमाले सरकारले पहिलो पटक वृद्धभत्ता दिनेदेखि ‘आफ्नो गाउँ आफै बनाउँ’ भन्ने नारा दिएर प्रत्येक गाविसलाई बजेट विनियोजन गरेपछि एमालेको नौ महिने सरकारको हाइहाइ भएको थियो । तर पनि अल्पमतको सरकार भएको कारण प्रतिपक्षी दलहरुले नौ महिना भन्दा बढी सरकार टिक्न दिएनन् । त्यसपछि भने एमाले नेतृत्वमा पटक पटक सरकार बनेपनि प्रभावकारी काम गर्न नसकी आलोचित मात्रै भएको छ । नेपालको संविधानअनुसार जेठ १५ मा बजेट ल्याउने उल्लेख भएकाले सोही मिति भित्रै बजेट ल्याउने गरी सरकारले तयारी थालेको छ । आगामी बजेटमा सरकारी कर्मचारीहरूको तलब बढाउने, स्वदेशी पूँजीमै ठूला आयोजनाहरूको निर्माणको घोषणा, बेरोजगार युवाहरूको लागि विशेष व्यवस्था लगायत जनमुखी कार्यक्रम ल्याउने सकारको तयारी छ । नयाँ संविधान जारी भएसँगै गत असोज २४ गते ओली प्रधानमन्त्रीमा निर्वाचित भएसँगै ६ महिनाभन्दा बढी मधेस आन्दोलन चर्कियो भने भारतीय नाकाबन्दीले अर्को संकट निम्यायो । मधेस आन्दोलनले अझै निकास पाएको छैन भने भारतीय नाकाबन्दी खुलेपनि संकट अझै पूर्ण रुपमा हटिसकेको छैन । यी विषम परिस्थितिका बाबजुद सरकारले ल्याउने बजेटलाई निकै अर्थपूर्ण रुपमा लिइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies