Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

रहस्यमय उत्तरकोरियामा रहस्यमय भेला : किन बोलाइयो ३६ वर्षपछि यस्तो भेला

\"kim_jong-750\"३६ वर्षपछि बैठक : उत्तर कोरियाले शुक्रबारदेखि निकै महत्त्वपूर्ण राजनीतिक भेला (वर्कर्स पार्टीको सातौँ कंग्रेस) आयोजना गरिरहेको छ । दशकौँपछि हुन लागेको पार्टीको कुम्भमेलालाई किम जोङ उनले लोकप्रिय नेताका रूपमा आफ्नो हैसियत स्थापित गर्ने अवसरका रूपमा उपयोग गर्दै छन । सन् २०११ मा किम जोङ इलको निधनपछि किम युवा अवस्थामा नै देशको सर्वोच्च पदमा विराजमान भएका हुन् । तर, त्यसको वैधानिकता जारी भेलाले मात्र दिँदै छ । किम जोङ उन जन्मिनुपूर्व (सन् १९८० मा ) सम्पन्न बैठकले उत्तर कोरियाका संस्थापक नेता किम इल सुङको उत्तराधिकारीमा किम जोङ इललाई चयन गरेको घोषणा गरिएको थियो । अर्थपूर्ण महत्व : कंग्रेसले सरकारको नीतिमा अदलबदल गर्न सक्ने भएकाले जारी भेलाको अर्थपूर्ण महत्त्व रहको छ । भेलाले राजनीतिक नेतृत्वसमेत हेरफेर गर्न लागेकाले यसलाई अन्तर्राष्ट्रिय समुदायलेसमेत विशेष चासोका साथ हेरिरहेको छ । भेलाले अमेरिकालगायका केही पश्चिमेली देशको ध्यानसमेत तानेको छ । भेलाका अवसरमा युवा नेता किमले आफ्नो आणविक महत्त्वाकाक्षलाई पुनस् पुष्टि गर्न लागेको विज्ञहरू बताउछन् । यद्यपि प्योङयाङले पाँचाँै आणविक परीक्षण गर्ने चर्चाले यसै साता कोरियाली प्रायद्वीपमा एक प्रकारको तरंग ल्याइदिएको छ। बेहुलीजस्तै सिँगारियो :प्योङयाङ यतिवेला राजधानी प्योङयाङ पार्टी कंग्रेसको अवसरमा बेहुलीजस्तै सिँगारिएको छ । प्योङयाङका सडकपेटीका खम्बामा वर्कर्स पार्टीको झन्डा फहराइएका छन् । सडकका भित्ता ‘महान् कम्रेड किम इल सुङ र किम जोङ इल’ लेखिएका अक्षरले पोतिएका छन् । कोरियाका तीनपुस्ते नेता सजाइएका ब्यानर र तुलले कार्यक्रम स्थलको शोभा बढाएको छ । ‘कोरियाली क्रान्तिलाई जीवितै राखाँै’ लेखेको प्लेकाड बोकेका पार्टी कार्यकर्ताको प्योङयाङमा बाक्लो उपस्थिति देखिन्छ । गुपचुप आयोजना :यो वर्कर्स पार्टीको सातौँ बैठक हो । यसअघि सन् १९८० मा यस्तै बैठकको आयोजना गरिएको थियो । हाउस अफ कल्चरमा आयोजना गरिएको बैठकस्थलबाहिर तीन पुस्ताका नेताको तस्बिरलाई सजाइएको छ । जारी कंग्रेस यसअघिको भन्दा निकै गोप्य ढंगले आयोजना गरिएको छ । नेता किम जोङ उन कडा सुरक्षाका बीच बैठक स्थलमा रहेका छन् । संचारकर्मीलाई बैठकमा प्रवेश दिनुको सट्टा एउटा फ्याक्ट्रीको टुरमा पठाइएको छ । बैठकको एजेन्डा र अविधलाई पनि गुपचुप राखिएको छ । नेता उनले पार्टीको नयाँ नीति घोषणा गर्नेछन् । आर्थिक विकास र आणविक क्षमतातर्फ जोड दिनेछन् । नयाँ पुस्ताका नेताको जमघट देखिनेछ । बैठकले नयाँ केन्द्रीय समिति निर्वार्चित गर्नेछ । केन्द्रीय समितिले कम्युनिस्ट पार्टीको निर्णय गर्ने निकाय पोलिटब्युरोका सदस्यको नियुक्त गर्नेछ । बैठकले युवा नेता किमका भक्तलाई उच्च पद दिई पुरस्किृत गर्दै छ । डाकिएन चीनलाई :भेलामा केही कम्युनिस्ट मुलुकका प्रतिनिधि र पर्यवेक्षक उपस्थित छन् । तर, उत्तर कोरियाको परम्परागत प्रमुख मित्र चीनलाई डाकिएको छैन । आफूलाई शक्तिशाली र स्वतन्त्र देखाउन किमले चीनलाई बाइपास गरेको हुनसक्ने विश्लेषक बताउछन् । कार्यक्रममा सहभागी पर्यवेक्षकले उत्तर कोरियाले यसअघि गरेका प्रतिबद्धता विशेषगरी आर्थिक सुधारमा गरेका प्रयत्नको सोधीखोजी गरिरहेका छन् । यद्यपि कंग्रेसको मूल एजेन्डा भने आगामी दिनमा किमले आफ्नो नेतृत्वलाई वैधता दिने अवसर मात्र हो । विदेशी सञ्चार माध्यमलाई कंग्रेसको अवसरमा बोलाइएको छ, तथापि कार्यक्रम स्थल प्रवेशमा भने रोक लगाइएको छ । दिदीलाई पद दिने दाउ :पार्टीको दुर्लभ कुम्भभेला आयोजना भइरहेकै वेला किम जोङ उनकी दिदी यो जोङले पार्टी नेतृत्वमा महत्त्वपूर्ण स्थान पाउने विश्लेषकले अनुमान गरेका छन् । दक्षिण कोरियाली समचार संस्था योनहापका अनुसार यो जोङले सत्तासीन वर्कर्स पार्टीमा मन्त्रीसरहको पद पाउने करिब पक्का भइसेको छ । पार्टीको शक्तिलाई अझै मजबुत गर्ने एउटा रणनीतिअनुसार किमले उनलाई महत्त्वपूर्ण पद दिन लागेका हुन् । किम यो जोङ तत्कालीन नेता किम जोङ इलकी एक मात्र पुत्री हुन् । उत्तर कोरियाली लिडरसिप वाचका अनुसार वर्तमान नेता किम र यो जोङ सहदोर दिदीभाइ हुन् । सन् १९८७ मा जन्मिएकी यो जोङ युवा नेता किमभन्दा चार वर्ष जेठी हुन् । दुवैजनाले सँगसँगै स्विटजरल्यान्डको बर्नमा अध्ययन गरेका थिए । उनले पार्टी सचिव चो रोयोङ हेयका छोरासँग विवाह गरेकी छिन् । किमले चयनमा पर्ने नेतालाई पनि सावधानीपूर्वक हेर्दै छन् । सन् २०१३ मा किमले आफ्ना विश्वास पात्र मानेका फुपाजुलाई देशद्रोहको आरोपमा क्रूर ढंगले हत्या गरेका थिए । पार्टी नेतृत्वको बागडोर सम्हालेपछि किमले आफ्ना धेरै विरोधीलाई सफाया गरिदिएका छन् । के हुनेछ यो जोङको भूमिका ? : यो जोङले आफ्ना भाइ किमको बचाउ गर्दै आएकी छिन् । सन् २०१४ मा पार्टीको प्रचार विभागको मुख्य भूमिका निभाउन थालेपछि यो जोङले भाइलाई राम्रै सहयोग गरेकी छिन् । किमको सार्वजनिक समरोहमा हुने उपस्थितिको चाँजोपाँजोदेखि भ्रमण र सामग्रीको व्यवस्था गर्छिन् । उनी पार्टीको राजनीतिक सल्लाहकारसमेत हुन् । पछिल्लो समयमा उनी पार्टीमा यदाकदा चर्चाको पात्र बनेकी छिन् । सन् २०११ मा पिताको दाहसंस्कारदेखि सन् २०१४ को निर्वाचनसम्म उनी भाइसँगै देखिँदै आएकी छिन् । चित्तबुझ्दो काम नगरेको भन्दै गत अक्टोबरमा प्रचार विभागबाट हटाइएको हल्लाले एकपटक कोरियाको राजनीतिक वातावरणलाई गरम बनाएको थियो । तर, उनी सोही पदमा रहेको विश्लेषकको अनुमान छ । (नयाँ पत्रिकाबाट साभार)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies