Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

राष्ट्रपति भण्डारीकाे भ्रमण रद्द भएपछि भारत आश्चर्यमा

\"Bidhya-Bhandari-750\"काठमाडाै‌ । राष्ट्रपति विद्यादेवी भण्डारीको तय भइसकेको भ्रमण नेपालको तर्फबाट रोकिपिछ भारतले आश्चार्य प्रकट गरेको छ ।

भ्रमण रद्द भएको प्रति टिप्पणी गर्दै भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले लेखेको छ,- भ्रमण रद्द हुनु दिल्लीका लागि \'सरप्राइज\' भएको छ। भारतले भण्डारीको भ्रमणको सबै तयारी पुरा गरिसकेको थियो ।

भण्डारीको भ्रमणका बेला राष्ट्रपति प्रणव मुखर्जीसहित प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री सुष्मा स्वराजसँग भेटवार्ता हुने कार्यक्रम समेत तय भइसकेको थियो।

भ्रमणका क्रममा भण्डारीले ऋण सम्झौतामा हस्ताक्षर गर्ने, रेडियो नेपाल र अल इण्डिया रेडियोबीच सम्बन्ध विस्तार सम्बन्धि समझदारी तथा नेपालको विश्वविद्यालयमा भारतीय केन्द्र रहने भन्ने विषय पनि रहेको थियो।

परराष्ट्र सचिव शंकरदास बैरागीले भारतीय राजदूत रणजीत रायलाई फोन गरेर भ्रमण रद्द भएको जानकारी दिएको र त्यसअघि परराष्ट्र मन्त्री कमल थापा र प्रधानमन्त्री ओलीबीच छलफल भएको हिन्दुस्तान टाइम्सले लेखेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राजदूतसँग बिहीबार साँझ भेटवार्ता गर्दा आफ्नो भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत गर्ने आशा व्यक्त गरेकी थिइन्।

यस्तै भारतीय समाचार एजेन्सी पिटिआईले भण्डारीको पहिलो भ्रमण रद्द भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको छ।

भारतीय समाचार संस्था एएनआई न्युजले भारतीय राष्ट्रपतिसँग २८ गते राष्ट्रपति भण्डारीले भेट गर्ने समय नै तय भइसकेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीको स्वकीय सचिव भेषराज अधिकारीलाइ उदृत गरी निर्धारित भ्रमण रद्द भएको लेखेको छ।

इकोनोमिक टाइम्सले पिटिआईको समाचारलाई आधार मान्दै पछिल्लो राजनीतिक अस्थिरता भ्रमण रद्द हुनुको कारणका रुपमा उल्लेख गरेको छ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: