Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

भीमनारायण गोल्डकप : गोधुली क्लव उपाधी नजिक

\"football\"धनकुटा । गोधुली क्लव सुनसरी धनकुटामा जारी शहीद भीमनारायण अन्तर्राष्ट्रियआमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको उपाधी नजिक पुगेको छ । स्थानीय तल्लो टुडिखेलमा बिहीवार भएको अन्तिम सेमिफाईनल खेलमा साबिक बिजेता झापा–११ लाई ट्राईवेकरमा ४–२ गोलले पराजित गर्दै गोधुली फाईनलमा प्रवेश गरेको हो । गोधुलीका लागि खेल सुरुवातको १४ औँ मिनेटमा नाईजेरियन खेलाडी पिटरले पहिलो गोल गरे । यता ३६ औँ मिनेटमा पाएको फ्रिकिक मार्फत झापाका सुमिन मैनालीले गोल गर्दै खेललाई एक–एकको वरावरीमा पुर्याए । निर्धारित ९० मिनेटको खेलमा एक(एक गोलको वरावरी कायम रहेपछि खेलमा १५ मिनेटको अतिरिक्ति समय थप गरिएको थियो । सो अवधिमा पनि दुवै टिमबाट थप गोल नभएपछि खेल ट्राईवेकर मार्फत टुंगिएको हो । ट्राईवेकरमा गोधुलीका निराजन खड्का, प्रकाश बुढाथोकी, हेमन्त थापा मगर र मिलन राईले गोल गरे भने यता झापाका लागि सोनम राई र सुमिन मैनालिले गोल गरे । ट्राईवेकरमा झापाका कर्ण लिम्बुले गरेको प्रहार गोधुलीका गोल रक्षक किसोर गिरीले विफल पारे भने देवेन्द्र तामाङ्गको प्रहार पोलमा ठोकिएर बाहिरिएको थियो । खेलको म्यान अफदी म्याच गोधुलीका नाईजेरियन खेलाडी पिटर घोषित भएका छन । बिजयी टिम सुनसरीले शनिवार हुँने फाईनल खेलमा उपाधीका लागि बिआरसी भुटानसँग खेल्नेछ । २०७१ सालको भीमनारायण गोल्डकप बिजेता समेत रहेको भुटानले सेमिफाईनलमा आयोजक धनकुटालाई पराजित गर्दै फाईनल पुगेको हो । आगामी बैशाख २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दुई अन्तर्राष्ट्रिय टिम सहित आठ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता टिमले नगद दुई लाख रुपैयाँ र उपविजेता टिमले एक लाख रुपैयाँ हात पार्ने प्रतियोगिता आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending