Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

देशभरका पत्रकार चितवनमा, राष्ट्रपतिबाट साधारणसभाको उद्घाटन हुने

\"bidhyaचितवन । नेपाल पत्रकार महासङ्घको विधानसभा ९केन्द्रीय साधारणसभा० मा सहभागी हुन देशभरका पत्रकार चितवनको रत्ननगरमा भेला भएका छन् । प्रादेशिक संरचनाअनुसार विधान संशोधनको प्रस्तावमाथि छलफल गर्न पत्रकार यसरी भेला भएका हुन् । चितवनको रत्ननगरस्थित स्टार बैंकटमा आजदेखि दुईदिने साधारणसभा आयोजना गरिएको छ । यसपटक पत्रकार महासङ्घको विधान २०६० को चौथो संशोधन हुन लागेको हो । साधारणसभामा शाखा, प्रतिष्ठान, एसोसिएट तथा विदेशी शाखाका सभासद् तथा शाखा अध्यक्ष गरी कुल एक हजार ६५१ जना सहभागी हुने पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिए । साधारणसभाको सम्पूर्ण तयारी पूरा भएको स्थानीय व्यवस्थापन समितिका संयोजक हरिप्रसाद पोखरेलले जानकारी दिए । मंगलबार बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधान सभाको उद्घाटन गर्ने कार्यक्रम रहेको डा विष्टले बताए । रत्ननगरको स्टार बैंकटमा हुन लागेको कार्यक्रममा लागि अधिकांश पत्रकार चितवन आइसकेका छन् । उनीहरुलाई सौराहामा आवासको व्यवस्था गरिएको आवास व्यवस्थापन समितिका संयोजक जनक अर्यालले जानकारी दिए । यसपालिको साधारणसभामा विधान संशोधनको प्रस्ताव पेस हुनेछ । महासङ्घले ल्याएको विधान संशोधन प्रस्तावमा हाल नेपाल भौगोलिक हिसाबले सात प्रदेशमा विभाजन भएपनि महासङ्घले १० वटा प्रादेशिक संरचनाको प्रस्ताव गर्दैछ जसमा सात वटा प्रदेश, उपत्यका एक, एसोसिएट एक र प्रतिष्ठान एक गरी १० पु¥याउने गरी प्रस्ताव ल्याएको छ । यस्तै, केन्द्रीय सभामा चयन हुने सभासद् यसअघि १० बराबर एक रहेकोमा प्रस्तावित विधानमा १५ बराबर एक रहने व्यवस्था गरिएको छ । हाल महासङ्घका ७४ शाखा, ४२ प्रतिष्ठान, १० एसोसिएट र सात विदेशी शाखा रहेका छन् । यस्तै, प्रस्तावित विधानमा अब पत्रकार बन्नका लागि कम्तीमा पनि उच्च माध्यमिक तह वा सोसरहको पढाइ हुनुपर्ने प्रस्ताव ल्याइएको छ । यसअघिको विधानमा एसएलसी उत्तीर्ण गरेका व्यक्तिले पत्रकार बन्न पाउने व्यवस्था थियो । पत्रकार महासङ्घको विधान २०६० को चौथो संशोधनका लागि उक्त प्रस्ताव ल्याइएको महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिए । महासङ्घको कात्तिक २७ को बैठकले विधान संशोधन गर्ने निर्णय गरेको थियो । फागुन १९ मा सभासद् र सदस्यबाट सुझाव सङ्कलन भएको थियो । फागुन १५ गते उक्त प्रस्ताव पारित भएको महासङ्घले जनाएको छ । यस वर्ष पेसा र भौतिक सुरक्षालाई प्राथमिकता दिँदै पत्रकार तथा आमसञ्चार माध्यमको व्यावसायिक हकहित र भौतिक सुरक्षाका लागि सक्रिय रहने भन्ने बुँदा थप गरिएको छ । प्रस्तावमा कार्यकारिणी सभालाई केन्द्रीय सभा बनाउने, सभासद्लाई केन्द्रीय सभासद् र प्रदेश सभा नयाँ थप्ने प्रस्ताव ल्याइएको छ । राष्ट्रपति तथा अन्य उच्च सरकारी अधिकारी आउने भएपछि कार्यक्रमस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । चितवन । नेपाल पत्रकार महासङ्घको विधानसभा ९केन्द्रीय साधारणसभा० मा सहभागी हुन देशभरका पत्रकार चितवनको रत्ननगरमा भेला भएका छन् । प्रादेशिक संरचनाअनुसार विधान संशोधनको प्रस्तावमाथि छलफल गर्न पत्रकार यसरी भेला भएका हुन् । चितवनको रत्ननगरस्थित स्टार बैंकटमा आजदेखि दुईदिने साधारणसभा आयोजना गरिएको छ । यसपटक पत्रकार महासङ्घको विधान २०६० को चौथो संशोधन हुन लागेको हो । साधारणसभामा शाखा, प्रतिष्ठान, एसोसिएट तथा विदेशी शाखाका सभासद् तथा शाखा अध्यक्ष गरी कुल एक हजार ६५१ जना सहभागी हुने पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिए । साधारणसभाको सम्पूर्ण तयारी पूरा भएको स्थानीय व्यवस्थापन समितिका संयोजक हरिप्रसाद पोखरेलले जानकारी दिए । मंगलबार बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधान सभाको उद्घाटन गर्ने कार्यक्रम रहेको डा विष्टले बताए । रत्ननगरको स्टार बैंकटमा हुन लागेको कार्यक्रममा लागि अधिकांश पत्रकार चितवन आइसकेका छन् । उनीहरुलाई सौराहामा आवासको व्यवस्था गरिएको आवास व्यवस्थापन समितिका संयोजक जनक अर्यालले जानकारी दिए । यसपालिको साधारणसभामा विधान संशोधनको प्रस्ताव पेस हुनेछ । महासङ्घले ल्याएको विधान संशोधन प्रस्तावमा हाल नेपाल भौगोलिक हिसाबले सात प्रदेशमा विभाजन भएपनि महासङ्घले १० वटा प्रादेशिक संरचनाको प्रस्ताव गर्दैछ जसमा सात वटा प्रदेश, उपत्यका एक, एसोसिएट एक र प्रतिष्ठान एक गरी १० पु¥याउने गरी प्रस्ताव ल्याएको छ । यस्तै, केन्द्रीय सभामा चयन हुने सभासद् यसअघि १० बराबर एक रहेकोमा प्रस्तावित विधानमा १५ बराबर एक रहने व्यवस्था गरिएको छ । हाल महासङ्घका ७४ शाखा, ४२ प्रतिष्ठान, १० एसोसिएट र सात विदेशी शाखा रहेका छन् । यस्तै, प्रस्तावित विधानमा अब पत्रकार बन्नका लागि कम्तीमा पनि उच्च माध्यमिक तह वा सोसरहको पढाइ हुनुपर्ने प्रस्ताव ल्याइएको छ । यसअघिको विधानमा एसएलसी उत्तीर्ण गरेका व्यक्तिले पत्रकार बन्न पाउने व्यवस्था थियो । पत्रकार महासङ्घको विधान २०६० को चौथो संशोधनका लागि उक्त प्रस्ताव ल्याइएको महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिए । महासङ्घको कात्तिक २७ को बैठकले विधान संशोधन गर्ने निर्णय गरेको थियो । फागुन १९ मा सभासद् र सदस्यबाट सुझाव सङ्कलन भएको थियो । फागुन १५ गते उक्त प्रस्ताव पारित भएको महासङ्घले जनाएको छ । यस वर्ष पेसा र भौतिक सुरक्षालाई प्राथमिकता दिँदै पत्रकार तथा आमसञ्चार माध्यमको व्यावसायिक हकहित र भौतिक सुरक्षाका लागि सक्रिय रहने भन्ने बुँदा थप गरिएको छ । प्रस्तावमा कार्यकारिणी सभालाई केन्द्रीय सभा बनाउने, सभासद्लाई केन्द्रीय सभासद् र प्रदेश सभा नयाँ थप्ने प्रस्ताव ल्याइएको छ । राष्ट्रपति तथा अन्य उच्च सरकारी अधिकारी आउने भएपछि कार्यक्रमस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: