Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

देशभरका पत्रकार चितवनमा, राष्ट्रपतिबाट साधारणसभाको उद्घाटन हुने

\"bidhyaचितवन । नेपाल पत्रकार महासङ्घको विधानसभा ९केन्द्रीय साधारणसभा० मा सहभागी हुन देशभरका पत्रकार चितवनको रत्ननगरमा भेला भएका छन् । प्रादेशिक संरचनाअनुसार विधान संशोधनको प्रस्तावमाथि छलफल गर्न पत्रकार यसरी भेला भएका हुन् । चितवनको रत्ननगरस्थित स्टार बैंकटमा आजदेखि दुईदिने साधारणसभा आयोजना गरिएको छ । यसपटक पत्रकार महासङ्घको विधान २०६० को चौथो संशोधन हुन लागेको हो । साधारणसभामा शाखा, प्रतिष्ठान, एसोसिएट तथा विदेशी शाखाका सभासद् तथा शाखा अध्यक्ष गरी कुल एक हजार ६५१ जना सहभागी हुने पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिए । साधारणसभाको सम्पूर्ण तयारी पूरा भएको स्थानीय व्यवस्थापन समितिका संयोजक हरिप्रसाद पोखरेलले जानकारी दिए । मंगलबार बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधान सभाको उद्घाटन गर्ने कार्यक्रम रहेको डा विष्टले बताए । रत्ननगरको स्टार बैंकटमा हुन लागेको कार्यक्रममा लागि अधिकांश पत्रकार चितवन आइसकेका छन् । उनीहरुलाई सौराहामा आवासको व्यवस्था गरिएको आवास व्यवस्थापन समितिका संयोजक जनक अर्यालले जानकारी दिए । यसपालिको साधारणसभामा विधान संशोधनको प्रस्ताव पेस हुनेछ । महासङ्घले ल्याएको विधान संशोधन प्रस्तावमा हाल नेपाल भौगोलिक हिसाबले सात प्रदेशमा विभाजन भएपनि महासङ्घले १० वटा प्रादेशिक संरचनाको प्रस्ताव गर्दैछ जसमा सात वटा प्रदेश, उपत्यका एक, एसोसिएट एक र प्रतिष्ठान एक गरी १० पु¥याउने गरी प्रस्ताव ल्याएको छ । यस्तै, केन्द्रीय सभामा चयन हुने सभासद् यसअघि १० बराबर एक रहेकोमा प्रस्तावित विधानमा १५ बराबर एक रहने व्यवस्था गरिएको छ । हाल महासङ्घका ७४ शाखा, ४२ प्रतिष्ठान, १० एसोसिएट र सात विदेशी शाखा रहेका छन् । यस्तै, प्रस्तावित विधानमा अब पत्रकार बन्नका लागि कम्तीमा पनि उच्च माध्यमिक तह वा सोसरहको पढाइ हुनुपर्ने प्रस्ताव ल्याइएको छ । यसअघिको विधानमा एसएलसी उत्तीर्ण गरेका व्यक्तिले पत्रकार बन्न पाउने व्यवस्था थियो । पत्रकार महासङ्घको विधान २०६० को चौथो संशोधनका लागि उक्त प्रस्ताव ल्याइएको महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिए । महासङ्घको कात्तिक २७ को बैठकले विधान संशोधन गर्ने निर्णय गरेको थियो । फागुन १९ मा सभासद् र सदस्यबाट सुझाव सङ्कलन भएको थियो । फागुन १५ गते उक्त प्रस्ताव पारित भएको महासङ्घले जनाएको छ । यस वर्ष पेसा र भौतिक सुरक्षालाई प्राथमिकता दिँदै पत्रकार तथा आमसञ्चार माध्यमको व्यावसायिक हकहित र भौतिक सुरक्षाका लागि सक्रिय रहने भन्ने बुँदा थप गरिएको छ । प्रस्तावमा कार्यकारिणी सभालाई केन्द्रीय सभा बनाउने, सभासद्लाई केन्द्रीय सभासद् र प्रदेश सभा नयाँ थप्ने प्रस्ताव ल्याइएको छ । राष्ट्रपति तथा अन्य उच्च सरकारी अधिकारी आउने भएपछि कार्यक्रमस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । चितवन । नेपाल पत्रकार महासङ्घको विधानसभा ९केन्द्रीय साधारणसभा० मा सहभागी हुन देशभरका पत्रकार चितवनको रत्ननगरमा भेला भएका छन् । प्रादेशिक संरचनाअनुसार विधान संशोधनको प्रस्तावमाथि छलफल गर्न पत्रकार यसरी भेला भएका हुन् । चितवनको रत्ननगरस्थित स्टार बैंकटमा आजदेखि दुईदिने साधारणसभा आयोजना गरिएको छ । यसपटक पत्रकार महासङ्घको विधान २०६० को चौथो संशोधन हुन लागेको हो । साधारणसभामा शाखा, प्रतिष्ठान, एसोसिएट तथा विदेशी शाखाका सभासद् तथा शाखा अध्यक्ष गरी कुल एक हजार ६५१ जना सहभागी हुने पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिए । साधारणसभाको सम्पूर्ण तयारी पूरा भएको स्थानीय व्यवस्थापन समितिका संयोजक हरिप्रसाद पोखरेलले जानकारी दिए । मंगलबार बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधान सभाको उद्घाटन गर्ने कार्यक्रम रहेको डा विष्टले बताए । रत्ननगरको स्टार बैंकटमा हुन लागेको कार्यक्रममा लागि अधिकांश पत्रकार चितवन आइसकेका छन् । उनीहरुलाई सौराहामा आवासको व्यवस्था गरिएको आवास व्यवस्थापन समितिका संयोजक जनक अर्यालले जानकारी दिए । यसपालिको साधारणसभामा विधान संशोधनको प्रस्ताव पेस हुनेछ । महासङ्घले ल्याएको विधान संशोधन प्रस्तावमा हाल नेपाल भौगोलिक हिसाबले सात प्रदेशमा विभाजन भएपनि महासङ्घले १० वटा प्रादेशिक संरचनाको प्रस्ताव गर्दैछ जसमा सात वटा प्रदेश, उपत्यका एक, एसोसिएट एक र प्रतिष्ठान एक गरी १० पु¥याउने गरी प्रस्ताव ल्याएको छ । यस्तै, केन्द्रीय सभामा चयन हुने सभासद् यसअघि १० बराबर एक रहेकोमा प्रस्तावित विधानमा १५ बराबर एक रहने व्यवस्था गरिएको छ । हाल महासङ्घका ७४ शाखा, ४२ प्रतिष्ठान, १० एसोसिएट र सात विदेशी शाखा रहेका छन् । यस्तै, प्रस्तावित विधानमा अब पत्रकार बन्नका लागि कम्तीमा पनि उच्च माध्यमिक तह वा सोसरहको पढाइ हुनुपर्ने प्रस्ताव ल्याइएको छ । यसअघिको विधानमा एसएलसी उत्तीर्ण गरेका व्यक्तिले पत्रकार बन्न पाउने व्यवस्था थियो । पत्रकार महासङ्घको विधान २०६० को चौथो संशोधनका लागि उक्त प्रस्ताव ल्याइएको महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिए । महासङ्घको कात्तिक २७ को बैठकले विधान संशोधन गर्ने निर्णय गरेको थियो । फागुन १९ मा सभासद् र सदस्यबाट सुझाव सङ्कलन भएको थियो । फागुन १५ गते उक्त प्रस्ताव पारित भएको महासङ्घले जनाएको छ । यस वर्ष पेसा र भौतिक सुरक्षालाई प्राथमिकता दिँदै पत्रकार तथा आमसञ्चार माध्यमको व्यावसायिक हकहित र भौतिक सुरक्षाका लागि सक्रिय रहने भन्ने बुँदा थप गरिएको छ । प्रस्तावमा कार्यकारिणी सभालाई केन्द्रीय सभा बनाउने, सभासद्लाई केन्द्रीय सभासद् र प्रदेश सभा नयाँ थप्ने प्रस्ताव ल्याइएको छ । राष्ट्रपति तथा अन्य उच्च सरकारी अधिकारी आउने भएपछि कार्यक्रमस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending