Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

लेस्टरलाई दुई खेल बाँकी छदैँ उपाधि हात पार्न रोक्यो युनाईटेडले

\"unaited_lechester\"काठमाडौं । प्रिमियर लिगको अंक तालिकामा अबिश्वनियरुपमा शिर्ष स्थानमा रहेको लिचेष्टर शिटीलाई खराब लयमा रहेको म्यानेचेष्टर युनाईटेडले १–१ को बराबरीमा रोक्दा २ खेल अगाबै उपाधी हात पार्ने सिटीको लक्ष्यमा धक्का लागेको छ । युनाईटेडको मैदानमा आईतबार राति भएको खेलमा पहिलो हापको ७ औं मिनेटमै युनाईटेडका युवा स्ट्राइगर एन्थोनी मार्टियलले एन्थोनी भ्यालेन्सीयाको पासमा सटिक गोल गरी अग्रता दिलाएका थिए । तर युनाईटेडको अग्रता १० मिनेटको फरकमा नै तोडियो र खेल १–१ को बराबरीमा गयो । सिटीका कप्तान मार्गनले पहिलो हापको १७ औं मिनेटमा गोग गरेका हुन् । दुई खेल अगाबै उपाधि हत्याउने दाउमा युनाईटेडसँग भिडेको सिटी बराबरमा चित्त बुझाएर फर्कन मात्रै वाध्य भएन खेलको ८७ औं मिनेटमा ड्यानी ड्रिकवाटरलाई समेत बाँकी दुई खेलका लागी गुमायो र १० खेलाडीमा सिमित भयो । ड्यानी पहिलो हापमै चेतावनीसहित पहिलो पहेँलो कार्ड पाएका थिए भने ८७ औं मिनेटमा सोझै रातो कार्ड बेहोरेका हुन् । सिटीका स्ट्राइगर भार्डी रातो कार्डकै कारण खेलमा सहभागी हुन बन्चित थिए । उपाधिका लागी अब सिटीलाई केबल २ अंक आवश्यक छ ।   अंक तालिकाको दोस्रो स्थानमा रहेको टोटनहम (स्पर्स) १ खेल कम खेलेर ६९ अंक जोडेको छ भने १ खेल बढी खेलेको सिटीको ७७ अंक छ । अब सिटीले २ खेल खेल्न बाँकी छ । सिटीले २ खेल नै हारेर टोटनहमले बाँकी ३ खेल नै जित्यो भने मात्रै सिटीको उपाधि सपना तुहिने छ नत्र करिबकरिब सिटीको उपाधि यात्रा तय जस्तै छ । म्यानेचेष्टर सिटी साउथहप्टनसँग स्तब्ध \"liver_swansa\"अंक तालिकाको चौंथो स्थानमा रहनका लागी सघर्ष गरिरहेको म्यानेचेष्टर सिटी आईतबार राति नै भएको खेलमा साउहप्टनसँग फराकिलो गोल अन्तरमा पारजित भएको छ । पहिलो हापको २५ औं मिनेटमा साउहप्टनका लङको गोलबाट अग्रता बनाएको साउथहप्टनले २८ औं मिनेटमा एस मनेको गोलबाट २–०को अग्रता बनाएको थियो । ४४ औं मिनेटमा सिटीका के एनाचोले १ गोल गरेपनि ५७ र ६८ औं मिनेटमा एस मनेले २ गोल गरेका थिए । मनेले ह्याट्रिक गरेपछि कमजोर देखिएको सिटीले ७८ औं मिनेटमा खेलमा फर्कन कोशिष गर्दै के एनाचोले अर्को गोल थपे तर खेलमा बाँकी गोल हुन सकेन । र सिटी ४–२ गोल अन्त्रमा परास्त हुन पुग्यो । यसैगरी आईतबार राति नै भएको अर्को खेलमा स्वायन्सा सिटीसँग लिभरपुल ३–१ ले परास्त भयो । सिटीका लागी २० र ६७ औं मिनेटमा ए अवेले दुई गोल गरेका थिए भने ३३ औं मिनेटमा जे कर्कले १ गोल गरेका थिए । लिभरपुलका लागी ६५ औं मिनेटमा बेन्टेकेले गरेको १ गोल सान्त्वना गोलमा सिमित रह्यो । चौथों स्थानका लागी सघर्ष गरिरहेको म्यानेचेष्टर सिटीभन्दा ४ अंकले पछि रहेको म्यानेचेष्टर युनाईटेडले १ खेल कम खेलेर ३५ खेलबाट ६० अंक जोडेको छ भने ३६ खेल खेलेको सिटीको ६४ अंक छ । सिटीका बाँकी दुई खेलमा शतप्रतिशत जित निकालेन र युनाईटेडले बाँकी तिन खेल नै जित्यो भने सिटी अर्को सिजन च्याम्पियन्स लिगमा हुने छैन । सिटीले बाँकी दुई खेल तेस्रो स्थानमा रहेको आर्सनल र स्वयन्सा सिटीसँग प्रतिस्पर्धा गर्नेछ । यता आर्सनल सिटीका लागी घातक हुनसक्छ भने उता युनाईटेडका लागी वेष्टह्याम घातक हुनसक्छ । तर खराब लयमा रहेको म्यानेचेष्टर युनाईटेडले नर्विच सिटी, वेष्टह्याम युनाईटेड र वार्यनमाउथसँग जित हात पार्ने सम्भावनाबारे यसै भन्न सकिन्न ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending