Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

मधेसी दलहरुले आन्दोलनमा साथ पाएनन्

\"madheshi\" काठमाडौं । छ महिनाभन्दा बढी मधेस हड्ताल गरेका मधेसवादी दलहरुले बैशाख १५ गतेदेखि पुनः थालेको आन्दोलनमा कार्यकर्ताले साथ छाडेका छन् । कार्यकर्ताले साथ नदिएपछि आन्दोलनबारे रणनीति बनाउन मोर्चाका नेताहरु आइतबार पनि छलफलमा जुटेका थिए । लामो समयको मधेस हड्ताल र नाकाबन्दीपछि पनि माग पूरा नभएको र सरकारले वार्तासमेत नचाहेको भन्दै मोर्चाले संघीय गठबन्धनको नामबाट वैशाख १५ गतेदेखि आन्दोलन थालेको छ । मधेस आन्दोलनबाट मात्रै राज्यले नसुनेको भन्दै राष्ट्रब्यापी आन्दोलन घोषणा गरेपनि गठबन्धनको आन्दोलनलाई कार्यकर्ताहरुले साथ दिएका छैनन् । २७ दल तथा संगठनहरुको ऐक्यवद्धता रहेको गठबन्धनले वैशाख १५ गतेदेखि आन्दोलन थालेको छ । आन्दोलनको पहिलो दिन वैशाख १५ गते जिल्ला जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो भने वैशाख १७ गते सबै जिल्लाका सरकारी कार्यालयहरुमा कालोझण्डा गाड्ने कार्यक्रम तय गरेका थिए । ज्ञापनपत्र बुझाउने कार्यक्रममा पनि मधेसी कार्यकर्ताले नै साथ नदिएपछि मोर्चाका नेताहरुले प्रतिनिधिमुलक रुपमा गइ ज्ञापन पत्र बुझाए । सरकारी कार्यालयमा कालोझण्डा गाड्ने कायक्रममा पनि कार्यकर्ताको साथ नपाएपछि गठबन्धनले सरकारी कार्यालयहरुमा कालोझण्डा गाड्ने कार्यक्रम पनि तराईका केही जिल्लहरुमा बाहेक अन्य जिल्लामा असफल भयो । आइतबार मजदुर दिवसका अवसरमा मुख्य सहर बजारहरुमा प्रदर्शन तथा र्याली, कोणसभा गर्ने भनिए पनि कार्यक्रम फितलो भएको छ । गठबन्धनले वैशाख २१ गतदेखि २७ गतेसम्म प्रदेश केन्द्रित सहरहरुमा विरोध सभा गर्ने कार्यक्रम तय गरेका छन् भने जेठ १ गते सिंहदरबार घेराउ कार्यक्रम तय गरेका छन् । आन्दोलनको उत्कर्षमा पुग्ने भन्दै सिंहदरबार घेराउ गर्ने लगायतको आन्दोलन घोषणा गरेको गठबन्धनमै विवाद रहेको स्रोतको भनाइ छ । संविधानप्रति असन्तुष्ट आदिवासी जनजाति नेताहरुको पनि साथ लिने भन्दै मोर्चाले संघीय गठबन्धन बनाएर आन्दोलन थालेको हो । गठबन्धनमा पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन लगायतको ऐक्यवद्धता रहेको जनाए पनि तुलाधरका कार्यकर्ताहरुले पनि आन्दोलनमा साथ दिएका छैनन् । मधेस आन्दोलन असफल भएपछि राष्ट्रब्यापी आन्दोलन थालेको मोर्चाको आन्दोलन कमजोर रहेपछि मोर्चामा आवद्ध दलहरु आन्तरिक छलफलमा जुटेका छन् । केही मधेसवादी दलहरु पार्टीको महाधिवेशनमा जुटेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies