Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

नियुक्तिमा सरकारले एकलौटी गरेको देउवाको आरोप

\"Sher-Bahadur-Deuba\"काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजदूत नियुक्ति र न्यायाधीश सिफारिसमा सरकारले एकलौटी गरेको आरोप लगाएका छन् । तेज–तीर्थ ट्रष्टले आज क्षेत्रपाटीमा आयोजना गरेको राष्ट्रिय लोकतन्त्र शान्ति पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै सभापति देउवाले प्रमुख प्रतिपक्षी दललाई नसोधी राजदूत नियुक्ति र न्यायाधिश नियुक्ति गरेको भन्दै आपत्ति जनाएका हुन् । एनले संविधान कार्यान्वयनमा नेपाली काँग्रेसले सरकारले भन्दा धेरै काम गरेको दाबी गरे । सभापति देउवाले संविधान काँग्रेसको पहलमा निर्माण भएको भन्दै सबैको भावनालाई समेटेर काँग्रेसले संविधान संशोधन गर्ने उल्लेख गरे । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काँग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयनको नेतृत्व पनि काँग्रेसले नै गर्ने बताए । उनले भने, “राजनीति स्थायित्वका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्छ ।” नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले हिमाल, पहाड, तराईका जनताका भावनालाई समेटेर संविधान कार्यान्वयन गर्नुपर्ने बताए । ट्रष्टका अध्यक्ष तीर्थमान डङ्गोल, नेपाली काँग्रेसका नेता लोकेश ढकाल, मानव अधिकारवादी नुतन थपलिया, एम्नेष्टी इन्टरनेसनल नेपाल शाखाका अध्यक्ष सूर्यबहादुर अधिकारीलगायतले संविधान चाँडो कार्यान्वयन गरेर मुलुकलाई विकासको बाटोमा अगाडि लैजानुपर्नेमा जोड दिएका थिए । एम्नेष्टी इन्टरनेसनललाई रु एकलाख नगद पुरस्कार ट्रष्टले स्थापना गरेको एकलाख नगद राशिको पुरस्कार एम्नेष्टी इन्टरनेसनल नेपाल शाखालाई प्रदान गरिएको छ । कार्यक्रममा सभापति देउवाले एम्नेष्टी इन्टरनेसनल नेपाल शाखाका अध्यक्ष अधिकारीलाई सो रकम प्रदान गरे । सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यका साथ गतवर्ष स्थापना भएको सो ट्रष्टले शान्ति र लोकतन्त्र, नेपाल भाषा साहित्यको विकास र नेपाली पत्रकारितामा विशेष योगदान पु¥याएको संस्था तथा व्यक्तिलाई पुरस्कार प्रदान गर्दै आइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending