Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

तराईमा अत्याधिक बढ्यो गर्मी , जनजीवन अस्तव्यस्त

\"[ महेन्द्रनगर । धनुषासहित मध्य तथा पूर्वी तराईका जिल्लामा केही दिनदेखि बढेको प्रचण्ड गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । तापक्रम बढ्नुको साथै चल्ने तातो हावा, हुरी, धुलो सँगैसँगै ग्रामीण बस्तीमा आगलागीको जोखिम बढेको छ । तातो हावा हुरीकै कारण आँप, हरियो तरकारी खेती प्रभावित भएको छ । कामदारको दैनिकी कष्टकर बनेको छ । तातो हावाकै कारण दिउँसो बाहिर हिँडडुल गर्न गाह्रो भएको छ । एक्कासि मौसम परिवर्तन भई तापक्रम बढ्दा बालबालिका बिरामी हुन थालेका छन् । हावा हुरी उडाएको धुलोका कारण आँखा दुख्ने समस्या बढेको छ । तातो हावा, हुरीकै कारण बजार सुनसान देखिन थालेको छ । लगातारको तातो हावाले किसानको खेतमा रहेको लहरे तरकारी लौका, काक्रो र करेला सुक्न थालेको जिल्ला कृषि विकास कार्यालय धनुषाले जनाएको छ । पश्चिमबाट आउने तातो हावाले जमिन सुक्खा भएर लहरे तरकारी बाली उत्पादनमा ह्रास आउनुका साथै सुक्न थालेको हो । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय जनकपुरका अनुसार शुक्रबारको तापक्रम ४०।८ डिग्री मापन गरिएको छ । लामो समयदेखि पानी नपरेका कारण गर्मी बढ्दै गएको मौसम विभागको भनाइ छ । वैशाख महिनाको दोस्रो सातामै गर्मीको पारो ४० डिग्रीभन्दा माथि गइसकेकाले आगामी दिनमा तापक्रम अभैm बढी हुनसक्ने सम्भावना बढेको छ । वर्षा हुने सम्भावना थोरै रहेकाले आगामी दिनमा पनि गर्मीबाट राहत मिल्ने अवस्था नदेखिएको फिल्ड कार्यालयका प्राविधिक राजेन्द्र राउतले बताए । शैक्षिक सत्र सुरु भएको दुई साता नबित्दै प्रचण्ड गर्मी कारण विद्यालय जाने साना बालबालिकालाई निकै कठिनाइ भएको छ । कक्षा कोठामा झ्याल नभएको र विद्युत् भार कटौतीको कारण पङ्खासमेत नचल्ने भएकाले झनै समस्या बढेको छ । यता गर्मी बढेसँगै महिना दिनदेखि ग्रामीण क्षेत्रमा ठेउलाको प्रकोप देखा परेको छ । प्राथमिक स्वास्थ्य केन्द्र महेन्द्रनगरका सिनियर अहेव अशोक साहका अनुसार अस्पतालमा मात्र दैनिक पाँचदेखि सातजनासम्म यस्ता बिरामी आउने गरेका छन् । सुरुमा जीउ र टाउको दुख्ने, ज्वरो आउने, शरीरभरि रातो फोका आउने र पछि पाकेर दुख्ने लक्षण देखिएको छ । ठेउलाबाट सबैभन्दा बढी पाँच वर्षमुनिका बालबालिका सङ्क्रमित भएको अस्पतालले जनाएको छ । सङ्क्रमण भएपछि बिरामीले खाना नरुचाउने, पानीसमेत निल्न गाह्रो हुने, फोका पाकेपछि चिलाउने पोल्ने लक्षणका कारण बिरामीले सास्ती पाउने गरेका छन् । डा वसन्त साहका अनुसार ठेउलाको सङ्क्रमण भेरिसेला जोस्टर नामक भाइरसको कारण देखा परेको हो । श्वासप्रश्वासको माध्यमदेखि रोगीसँगको संसर्गबाट समेत रोग फैलने हुँदा यसले प्रकोपको रुप लिएको डा साहले बताए । अहिले बाहिर निस्किँदा छाता प्रयोग गर्नुपर्ने, चिसो पानी प्रसस्त पिउनु पर्ने र चिसो फलफूल मेवा, उखु, तरभुजा, काँक्रा आदिको सेवन अत्यधिक गर्नुपर्ने डा साहले सल्लाह दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: