Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

प्रधानमन्त्री ओलीको उद्घोषः म प्रधानमन्त्री रहुन्जेल कोही नेपाली भोकै मर्दैनन्

\"KP-oli-talking-750\" इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेपालको प्रधानमन्त्री रहुन्जेल कोही पनि नेपाली भोकै नमर्ने उदघोष गरेका छन् । नेकपा ९एमाले०का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आज धरान नगरको सातौँ नगर अधिवेशन उद्घाटन गर्दै कोही नेपालीले त्यस्तो समस्या भोग्नुपरेको छ भने तत्काल सरकारलाई सूचना दिन आग्रहसमेत गरे । प्रधानमन्त्री ओलीले भूकम्पमा नेपालका विभिन्न जिल्लामा आठ लाख घर तथा नौ हजार सरकारी कार्यालय तथा विद्यालय र ऐतिहासिक धरोहर लगायतको भौतिक संरचना ध्वस्त भएको स्मरण गराउँदै गरिब अशक्त र विपन्न समुदायका लागि सामूहिक घर बनाउने योजना रहेको र ती चाँडै निर्माण गरी आगामी असारभित्र त्यस्ता परिवारलाई ओतमुनि ल्याइसकिने जानकारी गराए । उनले एमालेले पनि भूकम्प प्रभावितका घर बनाउन विशेष तालिमप्राप्त स्वयम्सेवक परिचालन गर्ने जानकारी दिए । उनले मधेसकेन्द्रित दलमध्ये तमलोपाका अध्यक्ष महन्थ ठाकुरसँग पनि भूकम्प प्रभावित क्षेत्रमा तराईका युवालाई स्वयम्सेवकका रुपमा खटाउन अनुरोध गरिएको जानकारी दिए । उनले सरकारले यस वर्ष ल्याउने बजेटमा गरिबी निवारणका लागि आउने कार्यक्रमको खाका देखेर विपक्षीहरु अहिले नै तिलमिलाइसकेको विचार व्यक्त गरे । प्रधानमन्त्री ओलीले कोसी राजमार्गको जोगबनी–किमाथाङ्का जोड्ने सडक दुई लेनको हुने र त्यो दुई वर्षभित्र निर्माण गरिसक्ने सरकारको योजना रहेको जानकारी दिँदै धरानको पूर्वपट्टि सेउती खोलाका किनारबाट ‘बाइपास’ भएर त्यो सडक जाने पनि बताए । उनले सोही अवसरमा धरान–चतरा–उदयपुर भएर हेटौँडा जोड्ने सडक पनि निर्माण हुने तथा हेटौँडा–काठमाडौँ जोड्ने सडकसँगै मेचीदेखि पश्चिम कञ्चनपुरसम्मको रेलमार्ग बनाइने जानकारी दिए । प्रधानमन्त्री ओलीले धरानको बहुजातीय सङ्ग्रहालय निर्माण गर्न सरकार प्रतिबद्ध छ भन्दै जमिन कमी रहेकाले त्यसको व्यवस्थापन गरेर धरानवासीले चाहेअनुरुपको बनाउन सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गरे । उनले हरेक सहरमा खेल मैदान लगायत भौतिक पूर्वाधार निर्माण गर्न पनि सरकार प्रतिबद्ध रहेको स्मरण गरे । अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले भने –“नेपाली जनताले आफ्नो भविष्य सुन्दर बनाउनका लागि नयाँ संविधान निर्माण गरेका हुन्, यो संसारकै उत्कृष्ट छ र परिवर्तनीय छ । ” संविधानमा केही छैन भनेर चित्त नबुझाउने सबैलाई सरकारका तर्फबाट सहमति र छलफलबाट समस्याको समाधान निकाल्न आह्वान भइसकेको बताउँदै प्रधानमन्त्री ओलीले शनिबार त्यही विषयमा छलफल हुने भएकाले सबै असन्तुष्ट दललाई बैठकमा भाग लिन आह्वान गरे । एमाले धरान नगर कमिटीका अध्यक्ष तारा सुब्बाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा धरान जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाउन सफल खेलाडी राजेशकाजी शाक्य, कवि लक्ष्मी राई, सङ्गीतकार सुरेश गन्धर्व, साहित्यकार पूर्णबहादुर गुरुङ, रङ्गमञ्चकर्मी प्रेम सुब्बा, टेकबहादुर राई र राधा गुरुङलाई सम्मान गरिएको थियो । अधिवेशन उद्घाटन समारोहमा एमाले सचिव भीम आचार्य, कोसी अञ्चल इन्चार्ज जीवन घिमिरे, क्षेत्रीय अध्यक्ष इन्द्र राई, जिल्ला अध्यक्ष द्वारिकलाल चौधरी र नारायण सुवेदी लगायतले बोलेका थिए । बन्द सत्रमा ३९३ प्रतिनिधिले भाग लिने बताइएको छ । शनिबार नयाँ कार्यसमितिको चयन हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending