Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

एमालेकै सांसदबाट न्यायाधीस कुटिए, पूर्व सभासद् प्यासीलार्इ दश वर्ष जेल

\"coart-case-problem\"वीरगन्ज । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेकी सांसद नेजमा खातुनले जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मामाथि हातपात गरेकी छन् । उनले आफूले चाहेको जस्तो फैसला नआएपछि न्यायाधीश भोजराज शर्मालार्इ गालीगलौज गर्दै दुब्र्यहार गर्नुका साथै अदालत परिसरमै हातपात गरेकी हुन् । सांसद खातुनका पति एवम् एमाले नेता स्वर्गीय महमुद आलमको हत्याको मुद्धामा बुधबार न्यायाधीश शर्माले रामचन्द्र प्याशी कुशवाहालाई १० वर्ष मात्र सजायको फैसला सुनाएका छन् । फैसला चित्तबुझ्दाे नभएकाे भन्दै उनले गालीगलौज गर्दै न्यायाधीसमाथि अभद्र व्यवहार गरेकी हुन् । आलमको हत्यामा संलग्न भारतीय नागरिकहरु विपिन यादव भन्ने महम्मद फहीद, अतिक खान र राजु श्रीवास्तवलाई पनि जिल्ला अदालत बाराले १० वर्ष कैदको सजाय सुनाएको छ । हत्यामै संलग्न अर्का भारतीय नागरिक रवि पाण्डे भन्ने राजेश मिश्रलाई मुख्य दोषी ठहर गरी २१ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्माले बुधबार फैसला सुनाएलगत्तै एमालेकी सासंद खातुन न्यायाधीसमाथि नै आक्रमणमा उत्रिएकी हुन् । न्यायाधीश शर्माले मुद्धाको फैसला गरेलगत्तै सांसद खातुन र उनका समर्थक न्यायधीश शर्मालाई गालीगलौज गर्दै होहल्ला गरेका थिए । खातुनका समर्थक र आफन्तले न्यायधिश शर्माको चेम्बरको झ्यालमा तोडफोड गरेका छन् । न्यायाधीस माथि दुब्र्यहार गरेकी सांसद खातुनले न्यायाधीश शर्माविरुद्ध न्यायालयको माथिल्लो निकायमा उजुरी गर्ने प्रतिक्रिया दिएकी छन् । सांसद खातुनका पति एवम् दोश्रो संविधानसभा चुनावका एमाले उम्मेदवार आलमको २०७० साल असोज १८ गते बाराको लिपनीमाल गाविसमा गोली हानी हत्या भएको थियो । प्रहरीले सांसद खातुनको जाहेरीको आधारमा हत्याको मुख्य योजनकार बनाइ एमालेकै नेता प्याशीलाई २०७० साल मंसिर ६ गते पक्राउ गरेर मुद्धा दायर गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: