Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

चीन र कोरियाको शैलीमा नेपालको विकास अघि बढाउने प्रधानमन्त्री ओलीको उद्घोष

\"KP-oli-talking-750\"काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन र कोरियाको शैलीमा नेपालको विकाश प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पुनःनिर्माणका लागि खटिएका इञ्जिनियरलाई बिदाइ गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बुधबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘‘कुनै पनि मुलुक त्यहाँका जनता आफैँले बनाउँछु भनेपछि मात्र बन्छ, अर्काले आएर बनाउँदैन, चीन, कोरिया, भारत त्यही बाटोमा छन् । हामी पनि विश्वलाई देखाउने गरी मुलुक निर्माणमा लाग्नुपर्छ ।” पुनःनिर्माण र नवनिर्माण हुन्छ भन्ने विश्वासका साथ नेपाली साँच्चिकै मेहनती र बहादुर छन् भन्ने प्रमाणित गर्न आवश्यक भएको उनको भनाई थियो । प्रधानमन्त्री ओलीले भने , ‘कुरा काट्न र कुरा पिट्न जान्ने सबैलाई एक महिना गाउँगाउँमा गएर पुनःनिर्माणमा लाग्न आह्वान गर्छु । सबै दलले कहिलेदेखि कति कार्यकर्ता खटाउने त्यसका हामी प्रतिस्पर्धा गरौँ, नेपाल जुरुक्कै उठ्न सक्छ ।” नयाँ जिम्मेवारीसहित खटिने इञ्जिनियरलाई पीडितसमक्ष गएर ‘देवदूत’ को रपमा काम गर्न आग्रह गर्दै उनले पुनःनिर्माण र नवनिर्माणको यस अभियानले मुलुकबाहिर रहेका युवालाई पनि स्वदेशमा फर्काएर काम दिन सरकार लागि परेको बताए गत वर्ष नेकपा ९एमाले० ले एक महिनासम्म दैनिक ३० हजारका दरले स्वयम्सेवक परिचालन गरेको उल्लेख गर्दै उनले अब एक इञ्जिनियरका साथ कम्तीमा १० स्वयम्सेवक खटाउनुपर्नेमा जोड दिए । भूकम्प प्रभावित क्षेत्रका जनतामा भोकमरी भएमा पनि खबर र सहयोग गर्न आग्रह गर्दै उनले भने, “कोही पनि नेपाली खान नपाएर मर्नु हुँदैन । सरकार साथमा छ ।” पुननिर्माण्मा तेह्र सय इञ्जिनियर खटिए प्राधिकरणले सहरी विकास मन्त्रालयअन्तर्गत पुनःनिर्माणका लागि एक हजार ३४७ इञ्जिनियर खटाएको छ । प्राप्त तीन हजार आवेदकमध्येबाट सो सङ्ख्यामा छनोट गरिएको र त्यत्तिकै सङ्ख्यामा सवइञ्जिनियर खटाइएको मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले जानकारी दिए । ती प्राविधिकले प्रभावितले पाउने घर निर्माणको अनुदान रकम वितरणमा प्राविधिक सहयोग गर्नुका साथै घर निर्माणका डिजाइनमा सल्लाहकारीय भूमिका निर्वाह गर्नेछन् । ती प्राविधिक कम्तीमा एक गाविस एकका दरले जानेछन् । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाही र सहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरीले विपद् न्यूनीकरणको जिम्मेवारीसहित पुनःनिर्माणको अभियानमा खटिने प्राविधिकलाई सफलताको शुभकामना दिए । प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले भूकम्पपीडित प्राविधिकलाई बाटो पर्खिएर हेरिरहेकाले पीडितको घरमा पुगेर परिवारको सदस्यसरह काम गर्न सक्षम हुने अपेक्षा गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending