Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

दुर्जकुमार राई निर्दोष छन् !

दोस्रो जनआन्दोलन दबाउन भूमिका खेल्ने दुर्जकुमार राई सशस्त्र प्रहरीको महानिरीक्षक पदमा बढुवा भएका छन् । उनको पद पढुवा भएसँगै फेरि एक पटक नेपाली जनमानस तातिएको छ । पटक पटक जनविरोधी व्यक्तिहरु पुरस्कृत हुँदै जाने त्यही बेला साउनको भेल झैं मानिसहरु एक पटक जाग्ने, फेरि निधाउने यो रोग अब नेपालमा दिर्ध रोग जस्तै भएको छ । मानिसलाई गहिरो गरि लागेको छ की, एउटा हत्यारालाई किन बढुवा गरियो ? सिधा अर्थमा हेर्दा कुरा सही हो । \"durjakumar, दुर्ज कुमार राईलाई नियुक्ति गरिएको होइन । उनलाई बढुवा गरिएको हो । नियुक्ति भनेको नयाँ भर्ना हो र बढुवा भनेको पहिला नै काम गरिरहेको व्यक्तिको पदोन्नति मात्रै हो । यस अर्थमा राई दोषी भएको भए त्यतिबेलै (जतिबेला देशमा शाही सत्ता ढल्यो) जनहत्यारा भनि निलम्बन गर्नु पथ्र्यो । एउटा व्यक्ति अपराध गरिसकेपछि यथास्थानमा रहँदासम्म निर्दोष, बढुवा हुने वित्तिकै दोषी, यस्तो दुनियाँमा कतै हुँदैन । त्यसबेला बादशाहलाई गद्दिबाट खसाले लगत्तै उनका भरौटेहरुलाई लखेट्नु पर्ने थियो । आज आएर उनको बारेमा अनावश्यक टिका टिप्पणी गर्नु समयको बर्बादी मात्रै हो । राज्यले कस्तो नीति अख्तियार गरेको छ भन्ने प्रवृतिबाट यस्ता व्यक्तिहरु बाहिर आउने गर्छन् । जनताको छातिमा बन्दुक दाग्न आदेश दिनेहरु देशको सम्मानित पदमा आसिन भइरहेको अवस्थामा एक जना निमित्त पात्रलाई गाली गर्नु बचपना मात्रै हुन्छ । दुर्जकुमार राई एक निमित्त पात्र मात्रै हुन् । उनको पछाडि आजको सिङ्गो राज्य व्यवस्था छ । यो कोणबाट सोँच्न थाल्दा मात्र समस्याको चुरो कुरा भेटिन्छ । अब प्रश्न उठ्छ त्यसो भए दोषी को हो त ? दोषी खोज्दै जाँदा सबैभन्दा पहिला आजको राज्य व्यवस्थाको संचालक प्रधानमन्त्रीको बारेमा सोच्नु पर्ने हुन्छ ।
आदेश दिने चाँही राष्ट्रिय झन्डा फहराउँदै हिड्न मिल्ने, आदेशपालक चाँही बढुवा हुन नहुने ? आदेश पालक दोषी हो भने आदेश दिने कसरी निर्दोष हुनसक्छ ?
जनआन्दोलन ताका जनताका छोराछोरीहरु नाङ्गो छाति बोकेर सडकमा उर्लिरहेको बेला ठेलागाडा चढेर अमेरिका पुगिन्न भन्ने को हो ? अहिलेको प्रधानमन्त्री होइन ? गृहमन्त्रीको आसनबाट जनताको हत्या गर्न आदेश दिने को हो ? तिनै आजका उप्रधानमन्त्री होइन ? आदेश दिने चाँही राष्ट्रिय झन्डा फहराउँदै हिड्न मिल्ने, आदेशपालक चाँही बढुवा हुन नहुने ? आदेश पालक दोषी हो भने आदेश दिने कसरी निर्दोष हुनसक्छ ? जनआन्दोलनको खुङ्खार विरोधी प्रधानमन्त्री र हत्या गर्न आदेश दिने उपप्रधानमन्त्री बन्न हुने देशमा एउटा सिपाही बढुवा हुन किन नहुने ? आज भइरहेको परिदृष्य जुन विरुवा रोपिएको हो त्यही फलेको हो । चिलाउनेको रुखमा चिलाउनेकै गेडा फल्छ । त्यहाँ सुन्तला फल्दैन । यस अर्थमा आज दुर्जकुमार राईको बिरुद्ध खनिएका विरोधका स्वरहरु उनलाई संरक्षण गर्ने राज्य व्यवस्थाका सञ्चालकहरुतिर सोझिन आवश्यक छ । सारतः आजको सिङ्गो परिपाटी नै बेठिक छ । एउटा व्यक्ति विशेषको बारेमा चियापसलमा बसि टिकाटिप्पणी गर्ने भन्दा सिङ्गो राज्यव्यवस्थाको चरित्रको बारेमा प्रश्न उठाउने सचेत पुस्ता आजको आवश्यकता हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: