Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

सिन्धुपाल्चोक पुगरे प्रधानमन्त्रीले भने , ‘पुनःनिर्माण कार्यलाई तीव्रता दिइन्छ ’

\"KP-oli-talking-750\"चौतारा । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माण कार्यलाई तीव्रता दिइने बताउनुभएको छ । ‘गोरखा भूकम्प’ गएको एक वर्ष पुगेको अवसरमा ११ः५६ बजेको समयमा चौतारा नगरपालिका–३ स्थित व्यक्तिगत आवासको शिलान्यास गरी पुनःनिर्माण कार्यको आज शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन । भूकम्पले क्षति पु¥याएका करिब आठ लाख घर निर्माण गर्नुपर्ने चुनौती रहेको चर्चा गर्दै प्रधानमन्त्रीले आगामी पाँच वर्षभित्र निर्माण कार्य सकिने गरी कार्य प्रारम्भ भएकाले सबैलाई धैर्य गर्न आग्रह गरे । उनले पुनःनिर्माण गर्दा वृद्घवृद्घा, बालबालिका, गर्भवती, एकल महिला र अशक्त बसोबास गर्ने घर निर्माणलाई प्राथमिकता दिइनुपर्ने बताए । संयम र दृढताका साथ अगाडि बढेमा आर्थिक उन्नति हुने बताउँदै नेकपा ९एमाले०का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले देशमा विद्युत्, शिक्षा, सडकलगायत हरेक क्षेत्रलाई अगाडि बढाउने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको उल्लेख गरे । उनले आगामी बजेटमा कृषिको आधुनिकीकरण, सिँचाइ, मलखाद तथा बीउबिजन किसानलाई सहजरुपमा उपलब्ध गराउने व्यवस्था गरिने बताए । प्राकृतिक विपद्मा कसरी अगाडि बढ्ने भन्ने कानुन नभएको र वर्तमान खरिद ऐन पनि जटिल भएकाले काममा तीव्रता दिन संशोधन गरी सहज तुल्याएकाले आगामी दिनमा पुनःनिर्माण कार्यले तीव्रता आउने प्रधानमन्त्री ओलीले उल्लेख गरे । एक अर्को प्रसङ्गमा उनले अहिले मधेस आन्दोलन र नाकाबन्दी नभएको र भारतसँगको सम्बन्धमा पनि सुधार आएको चर्चा गर्दै आन्तरिक मामलामा कसैको निर्देशन नमान्ने दृढता व्यक्त गरे । भूकम्पपछि बन्द रहेको तातोपानी नाकालाई व्यापारिक नाकाको रुपमा सुचारु गर्न पहल भइरहेको पनि प्रधानमन्त्रीले खुलासा गरे । प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले जिल्लाका ९० हजार भूकम्पपीडित परिचयपत्र प्राप्त गरेकामध्ये ८७ हजार ६४९ ले मात्र रु १५ हजार तत्कालीन राहत प्राप्त गरेको र ८५ हजार १७२ ले मात्र न्यानो कपडाको रु १० हजार रकम पाएको जानकारी गराए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending