Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

वर्ष वित्यो, तर थामिएन भूकम्पपीडितको पीडा

  [caption id=\"attachment_71161\" align=\"alignleft\" width=\"169\"]\"गोपाल              गोपाल मानन्धर[/caption] काठमाडौं । मेरो छोरा मरेको छैन, परमात्मामा लिन गएको छ । ऊ यसै पूण्यभूमिमा बाँचिरहेको, बाँच्नेछ यसरी नै युगौं युग.....! माथिका उद्गार हातमा पुष्प गुच्छा लिएर एक ७१ बर्षीय बृद्ध गोपाल मानन्धरले आफ्नो छोराको स्मृतिसभामा भावुक मुद्रामा व्यक्त गरिएको भावना यस पंक्तिकारले लिएको हो । एक बर्षअघि आजकै दिन गएको ७.८ म्याग्निच्युटको विनासकारी भूकम्पले उनका जेठा छोरा प्रकाश मानन्धरको काष्ठमण्डपको भग्नावशेषमा मृत्यु भएको थियो । २०७२ साल बैशाख १२ गते शनिबार करिब ९ हजार जनाको ज्यान जाने गरी गएको विनासकारी भूकम्पले बसन्तपुरको काष्ठमण्डपमा नेपाल रेडक्रस सोसाइटीका ३ जना प्राविधिक टोलीसहित १० जना रक्तदाताहरुको ज्यान लियो । काहालिलाग्दो त्यस दिनको सम्झना गर्दै स्थानीय रैथाने बृद्ध बुवा मानन्धरले पंक्तिकारसँग भने–‘ठीक खाना खाने समय भएको थियो । रक्तदान गरेरमात्र म खाना खान्छु भन्दै जेठो छोरो ३–४ जना साथीहरु लिएर बसन्तपुर गयो । ऊ गएको १० मिनेट नबित्दै एक्कासी प्रलय भयो । हामी घरका जहान बाहिर निष्केर बल्लतल्ल ज्यान जोगायौं । उता छोरो स्वर्गे भएको खबर आयो । त्यसपछि म के भएँ, आफैलाई थाहा भएन, बाबु ।’ उनले भक्कानिदै भने–‘यो पीडा मलाई मात्र भएको होइन, नेपाल राज्यमा हजारौंलाई भएको छ । यस पुण्य तिथिमा मेरो छोरा लगायत हजारौं मृत आत्माको चिरशान्तिको कामना गर्दछु ।’ उनले आफ्नो छोरो समाजसेवी रहेको बताउँदै, छोराले गरेको काम, त्याग र तपस्याले उसको आत्माले सधैं शान्ति पाउने विश्वास व्यक्त गरे । मानन्धरले भक्कानिएको स्वरमा मनलाई सम्हाल्दै भने–‘मेरो छोरो मरेको छैन, ऊ परमात्मामा लिन भएको छ । नेपाल राज्यको पूण्य भूमिमा अमर रहनेछ ।’ [caption id=\"attachment_71160\" align=\"alignleft\" width=\"169\"]\"कविता                  कविता कपाली[/caption] काष्ठमण्डपमा १० जनाको शालिक बनाउने इच्छा उनले काष्ठमण्डपमा आफ्नो छोरासहित १० जनाको शालिक बनाउने इच्छा ब्यक्त गरे । त्यसका लागि मृतकका बुवा मानन्धरले सरकारसँग सहयोगको लागि आग्रह गरे ।   काष्ठमण्डपको भग्नाभषेशमा ज्यान गुमाउने मानन्धरका छोरा एक्ला भने होइनन् । कपाली मेमोरियल फाउण्डेसनले विनासकारी भूकम्पमा परि ज्यान गुमाएका सम्झनामा आइतबार बसन्तपुरको काष्ठमण्डपमा आयोजना गरिएको स्मृतिसभामा भेटिएकी अर्की भूकम्पपीडित कविता कपालीले आमा गुमाउनुको पीडा भक्कानिदै भनिन्–‘मलाई थाहा छ, आज मेरी ममी हामीबाट टाढा छिन् । यति बेला पीडामा व्यक्त गर्ने मसँग कुनै शब्द छैन ।’   आमालाई सम्झिदै उनले भनिन्–‘ममी हरेक शनिबार चर्चमा गइरहनुहुन्थ्यो । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक स्वयसेवी पनि भएकाले, त्यस दिन ममी चर्चमा नगइ रक्तदान कार्यक्रममा बसन्तपुर जानुभयो । १२ बजे कार्यक्रम सकिने भएकोले बुवा पनि सँगै हुनुहुन्थ्यो । तर, एक्कासी गएको भूकम्पले मेरो ममी लगायत १० जनाको ज्यान लियो ।’ [caption id=\"attachment_71162\" align=\"alignleft\" width=\"169\"]\"सम्झना             सम्झना खड्का[/caption] उनले दुःख मनाउ गर्दै भनिन्–‘दुई मिनेट मात्र ढिलो भूकम्प गएको भए ममी चर्चमा गइसक्नु हुन्थ्यो , सायद उहाँ बाच्नु हुन्थ्यो होला !’ ४५ जनाको सामुहिक ज्यान गएको बसन्तपुर क्षेत्रमा ऐतिहासिक धरोहरको नाममा राज्यले जिर्ण अवस्थामा पुग्दा समेत समयमै ध्यान दिननसक्दा धनजनको ठूलो क्षति भएको कपालीले गुनासो गरिन् ।   उनले भनिन् – ‘मैले सुनेकी छु, ऐतिहासिक धरोहरको नाममा सरकारले फेरि पुरानै संरचना खडा गर्दैछ । यस्तो गल्ति फेरि नदोहोेरियोस् ।’ यस्तै, विनासकारी भूकम्पले ६० जनाको ज्यान लिएको ऐतिहाँसिक धरोहरको भग्नावशेषमा भेटिएकी प्युठान कि सम्झना खड्काले मरिसकेको धरहरालाई सरकारले फेरि ब्युँझाएर सर्वसाधारण जनतालाई धराप थाप्ने काम गरेको तर्क गरिन् ।   सरकालाई सुझाव दिदै उनले भनिन्–‘सरकार पहिला धरहरा होइन, अत्यन्त कष्टकर अवस्थामा कटेजभित्र छटपटिरहेका सुत्केरी, बृद्धबृद्धा तथा बालबालिकाहरुको जीवन रक्षा गर्नुहोस् । धरहराको नाममा धराप, हामीलाई चाहिएको छैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending