Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

भग्नावशेषको खण्डहरमा रुँघिरहेका छन् भूकम्पपीडित

\"vukamp काठमाडौं । गत वर्ष बैशाख १२ गते गएको ७.८ रेक्टर स्केलको विनासकारी भूकम्पका कारण ज्यान गुमाएकाहरुको सम्झनामा सरकारले राष्ट्रिय शोक मनाइरहँदा वास्तविक भूकम्पपीडितहरु राज्यको उचित व्यवस्थापनको आशामा अझै भग्नावशेषको खडहरमा रुँघिरहेका छन् । सरकारले निकै तामझामको साथ राष्ट्रिय पुनर्निमाण अभियान शुरु गरेको छ । तर, भूृकम्प अति प्रभावित क्षेत्र सुनखानी–७, नुवाकोटका यी बृद्ध देवीबहादुर तामाङ भूकम्पले भत्किएको खण्डहरमा बसेर अझै पनि डोको–डालो बुन्ने पुख्र्यौली पेशाबाट आत्मनिर्भर बन्ने कोशिसमा छन् । बिनासकारी भूकम्प\"vukampले घरबासै उठिबास लागेपछि उनको २१ जना संयुक्त परिवार पुराना जस्ताले बारेको सानो कटेजभित्र कसरी जीवन निर्वाह गर्ने भन्ने चिन्ताले यतिबेला सताएको छ । राज्यले दिने भनिएको दुई लाख बराबरको अनुदान रकमबारे उनले असन्तुष्टी ब्यक्त गरे । ‘मेरो जीवनभरको कमाई यहि माटोमै मिल्यो बाबु, जुन तपाईंले देखिरहनु भएको छ । मैले यस्तो विपत्ति जीवनमा अहिलेसम्म भोगेको थिइन । मेरो आम्दानीको अर्को स्रोत केहि छैन । राज्यले दिने भनिएको रकमले मेरो २१ जनाको परिवारको जीविका चल्छ कि चल्दैन, मेरो तर्फबाट सरकारलाई प्रश्न सोध्नोस् ।’ उनको भनाइ थियो । सरकारले राहतस्वरुप दिएको रु २५ हजार पाएपनि घर बनाउन दिने भनिएको दुई लाख रुपैयाँ अनुदान रकम प्राप्त नहुँदा वर्षाअघि घर बनाउन नसकिने उनको तर्क छ । विहान–बेलुकाको गुजारा चलाउन मुस्किल भइरहेको अवस्थामा सरकारले घर बनाउन दिने रकम पनि समयमै निकासा नहुँदा यसपालीको वर्षा कसरी कटाउने भन्ने चिन्ता उनले व्यक्त गरे । यस्तै, सुनखानी गाविसकै अर्का भूकम्पपीडित रमेशप्रसाद पाण्डेले पनि सरकारको कार्यशैलीप्रति आक्रोस व्यक्त गरे । ‘सरकारले दिने भनिएको रकम हचुवाको भरमा घोषणा गरिएको जनता थमथमाउने चालमात्र हो’, उनले भने, ‘मैले जीवनभर मेहनत गरेर १० लाखमा बनाएको घर गत वर्षको भुईंचालोले तहसनहस बनायो । सरकारले दिएको रकमले मलाई भग्नावषेश पन्छाउन पुग्दैन घर कसरी बनाउने ?’ सरकारले बनाएको पुनर्निमाण कार्यविधि अस्पष्ट र झन्झटिलो भएको भन्दै सरकारले पुनर्निमाण कार्यक्रम लागू गर्न नसक्ने पाण्डेले ठोकुवा गरे । सरकारले जथाभावी रकम निकासा गर्नु भन्दापनि स्थानीय जनतासँग सहकार्य गरेर स्थानीय पुँजी र प्रविधि प्रयोग गरेको भए राम्रो हुने पाण्डेको तर्क छ । ९० प्रतिशत जनजाति समुदाय रहेको यस गाविसमा मुस्किलले दैनिक गुजारा चलाउँदै आएकामा विनासकारी भूकम्पले यहाँका दलित तथा जनजाति समुदायलाई उठ्नै नसक्ने गरी थिलोथिलो बनाएको छ । विनासकारी भूकम्पमा परी नुवाकोटमा १ हजार एक सय ९ जनाले ज्यान गुमाएका थिए । २ हजार २ सय ८२ जना घाइते भएका छन् । २६ जना अझै बेपत्ता छन् । जिल्लाका ९५ प्रतिशत घर पुरै ध्वस्त भएको छ । विनासकारी भूकम्पले जिल्लाको सुनखानी, काउले, मनकामना, घ्याङफेदी, भाल्चे, गेर्खु लगायत विकट गाविसमा धेरै धनजनको क्षति पुर्याएको थियो । राष्ट्रिय पुनर्निमाण प्राधिकरणले नुवाकोटको खरानिटारबाट पुनर्निमाण अभियान शुरु गरेपनि यसले अझै मुर्तरुप पाउन सकेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending