Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

भग्नावशेषको खण्डहरमा रुँघिरहेका छन् भूकम्पपीडित

\"vukamp काठमाडौं । गत वर्ष बैशाख १२ गते गएको ७.८ रेक्टर स्केलको विनासकारी भूकम्पका कारण ज्यान गुमाएकाहरुको सम्झनामा सरकारले राष्ट्रिय शोक मनाइरहँदा वास्तविक भूकम्पपीडितहरु राज्यको उचित व्यवस्थापनको आशामा अझै भग्नावशेषको खडहरमा रुँघिरहेका छन् । सरकारले निकै तामझामको साथ राष्ट्रिय पुनर्निमाण अभियान शुरु गरेको छ । तर, भूृकम्प अति प्रभावित क्षेत्र सुनखानी–७, नुवाकोटका यी बृद्ध देवीबहादुर तामाङ भूकम्पले भत्किएको खण्डहरमा बसेर अझै पनि डोको–डालो बुन्ने पुख्र्यौली पेशाबाट आत्मनिर्भर बन्ने कोशिसमा छन् । बिनासकारी भूकम्प\"vukampले घरबासै उठिबास लागेपछि उनको २१ जना संयुक्त परिवार पुराना जस्ताले बारेको सानो कटेजभित्र कसरी जीवन निर्वाह गर्ने भन्ने चिन्ताले यतिबेला सताएको छ । राज्यले दिने भनिएको दुई लाख बराबरको अनुदान रकमबारे उनले असन्तुष्टी ब्यक्त गरे । ‘मेरो जीवनभरको कमाई यहि माटोमै मिल्यो बाबु, जुन तपाईंले देखिरहनु भएको छ । मैले यस्तो विपत्ति जीवनमा अहिलेसम्म भोगेको थिइन । मेरो आम्दानीको अर्को स्रोत केहि छैन । राज्यले दिने भनिएको रकमले मेरो २१ जनाको परिवारको जीविका चल्छ कि चल्दैन, मेरो तर्फबाट सरकारलाई प्रश्न सोध्नोस् ।’ उनको भनाइ थियो । सरकारले राहतस्वरुप दिएको रु २५ हजार पाएपनि घर बनाउन दिने भनिएको दुई लाख रुपैयाँ अनुदान रकम प्राप्त नहुँदा वर्षाअघि घर बनाउन नसकिने उनको तर्क छ । विहान–बेलुकाको गुजारा चलाउन मुस्किल भइरहेको अवस्थामा सरकारले घर बनाउन दिने रकम पनि समयमै निकासा नहुँदा यसपालीको वर्षा कसरी कटाउने भन्ने चिन्ता उनले व्यक्त गरे । यस्तै, सुनखानी गाविसकै अर्का भूकम्पपीडित रमेशप्रसाद पाण्डेले पनि सरकारको कार्यशैलीप्रति आक्रोस व्यक्त गरे । ‘सरकारले दिने भनिएको रकम हचुवाको भरमा घोषणा गरिएको जनता थमथमाउने चालमात्र हो’, उनले भने, ‘मैले जीवनभर मेहनत गरेर १० लाखमा बनाएको घर गत वर्षको भुईंचालोले तहसनहस बनायो । सरकारले दिएको रकमले मलाई भग्नावषेश पन्छाउन पुग्दैन घर कसरी बनाउने ?’ सरकारले बनाएको पुनर्निमाण कार्यविधि अस्पष्ट र झन्झटिलो भएको भन्दै सरकारले पुनर्निमाण कार्यक्रम लागू गर्न नसक्ने पाण्डेले ठोकुवा गरे । सरकारले जथाभावी रकम निकासा गर्नु भन्दापनि स्थानीय जनतासँग सहकार्य गरेर स्थानीय पुँजी र प्रविधि प्रयोग गरेको भए राम्रो हुने पाण्डेको तर्क छ । ९० प्रतिशत जनजाति समुदाय रहेको यस गाविसमा मुस्किलले दैनिक गुजारा चलाउँदै आएकामा विनासकारी भूकम्पले यहाँका दलित तथा जनजाति समुदायलाई उठ्नै नसक्ने गरी थिलोथिलो बनाएको छ । विनासकारी भूकम्पमा परी नुवाकोटमा १ हजार एक सय ९ जनाले ज्यान गुमाएका थिए । २ हजार २ सय ८२ जना घाइते भएका छन् । २६ जना अझै बेपत्ता छन् । जिल्लाका ९५ प्रतिशत घर पुरै ध्वस्त भएको छ । विनासकारी भूकम्पले जिल्लाको सुनखानी, काउले, मनकामना, घ्याङफेदी, भाल्चे, गेर्खु लगायत विकट गाविसमा धेरै धनजनको क्षति पुर्याएको थियो । राष्ट्रिय पुनर्निमाण प्राधिकरणले नुवाकोटको खरानिटारबाट पुनर्निमाण अभियान शुरु गरेपनि यसले अझै मुर्तरुप पाउन सकेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: