Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

अखिल नेपाल लेखक सङ्घमा नयाँ नेतृत्व, अध्यक्षमा भण्डारी निर्वाचित

\"DSC01600\"काठमाडौं । प्रगतिवादी लेखकहरूको संगठन अखिल नेपाल लेखक सङ्घको नेतृत्वमा कवि तथा उपन्यासकार विष्णु भण्डारी निर्वाचित भएका छन् । शनिबार पेरिसडाँडा, कोटेश्वरमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले ६९ सदस्यीय केन्द्रीय कार्यसमितिसहित भण्डारीलाई अध्यक्ष चुनेको हो । भण्डारी ४० को दशकबाट प्रगतिवादी साहित्य लेखनमा सक्रिय छन् । उनको उत्सर्ग महाकाव्य, घाइते ह्विलचेयर कविता संग्रह, पहेँलो घाम उपन्यासलगायत आठ कृति प्रकाशित छन् । सम्मेलनले यज्ञबहादुर डाँगीलाई प्रथम उपाध्यक्ष निर्वाचित गरेको छ भने अन्य उपाध्यक्षमा डा. धनप्रसाद सुवेदी, भानु भण्डारी, डा. मधुसुदन गिरी, सीता शर्मा र सुशीला प्रधानाङ्ग उपाध्यक्ष निर्वाचित गरेको छ । महासचिवमा तेजविलास अधिकारी चुनिएका छन् । सचिवमा इन्द्र कुमार श्रेष्ठ ‘सरित’, कला अनुरागी, चेतनाथ धमला, छवि सुवेदी, जनक रसिक, प्रमोद धिताल, मदन भण्डारी, माधव घिमिरे ‘अटल’ र वैद्यनाथ ठाकुर निर्वाचित भएका छन् । कोषाध्यक्षमा केवल बिनाबी चुनिएका छन् । त्यसैगरी केन्द्रीय सदस्यमा अगिब बनेपाली, आस्था केसी, पञ्चकुमारी परियार, पुस्कर बिक, बाबा बस्नेत, इन्द्रराज लामा, इन्द्रसुर बेलटारे राई, ऋतु कुवँर, ऋद्धिरमण घिमिरे, कल्याण ओझा, किशोर मनस्वी, कृष्णकिशु न्यौपाने, केशरी अम्गाईं, केशवलोचन शर्मा, खेमराज खनाल, गुरुदत्त ज्ञवाली, चन्द्रमणि महतो, तिलक सिंह, दुर्गानारायण ढकाल, नदीराम केसी, नारायण मरासिनी, निमानन्द रिजाल, पारस ढकाल, पूर्ण समीर महतारा, प्रकाश गुरागाईं, प्रथा, बम बानियाँ, भिम रानाभाट, मणि अर्याल, मोहमद मुस्ताक आलम, युवराज पन्त, युद्धविक्रम शाही, रविन तिम्सिना, रणेन्द्र बराली, राजेन्द्र पौडेल, रामविक्रम थापा, लोक लामा, वन्दना ढकाल, वन्दना पोखरेल, विनोदविक्रम विष्ट, विष्णु ज्ञवाली, वेदीकुमार राई, सङ्गीत श्रोता, सुदर्शनराज पाण्डे, सुमित्रा वाङ्देल चेली, स्वप्निल स्मृति र हरिशरण परियार चुनिएका छन् । समितिमा दुई सदस्य दुई नम्बर प्रदेशबाट र दुई सदस्य महिला पछि थप्ने सम्मेलनले निर्णय गरेको छ । सम्मेलनको उद्घाटन एकीकृत माओवादी पोलिटब्यूरो सदस्य तथा सांस्कृतिक विभाग इन्चार्ज आहुतिले गरेका थिए । सम्मेलनको उद्घाटन सत्रमा साहित्यकार मणि थापा, बलराम तिमिल्सिना, गणेश भण्डारी, राम विनय, हरिगोविन्द लुइँटेल, युवराज लामा, केपी पाठक, पुण्य गौतम विश्वासलगायतको उपस्थिति रहेको थियो । सम्मेलनले निम्नबमोजिमको समसामयिक प्रस्ताव पारित गरेको छ १. उत्तरआधुनिकतावाद, उपभोक्तावादलगायत सांस्कृतिक साम्राज्यवादी चिन्तन र लेखनविरुद्ध समाजवादी चिन्तन र लेखनलाई तीव्रता दिन आह्वान गर्दछ । २. आन्तरिक राष्ट्रियता मजबुत पार्न सिर्जनात्मक लेखन र अभियान घनिभूत बनाउँदै वैदेशिक हस्तक्षेपविरुद्ध दृढतापूर्वक उभिने प्रतिवद्धता व्यक्त गर्दछ । ३. उत्पीडित तथा सीमान्तकृत वर्ग, जाति, लिंग, भाषा, क्षेत्र र संस्कृतिलाई मूल प्रवाहीकरण गर्ने लेखनमा जोड दिन अपिल गर्दछ । ४. लेखकीय स्वतन्त्रता कुण्ठित गर्न विभिन्न मुलुकमा विभिन्न पक्षबाट भइरहेको दमन, धरपकड, हत्या आदिको जोडदार भत्र्सना गर्दछ । ५. न्यायपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आन्दोलनको समर्थन गर्दै त्यसलाई उदात्तीकरण गर्ने रचना सिर्जनामा जोड दिने प्रतिबद्धता जाहेर गर्दछ । ६. जनयुद्ध तथा विभिन्न जनआन्दोलनमा राज्यसत्ताद्वारा हत्या गरिएका कृष्ण सेन ‘इच्छुक’लगायत सम्पूर्ण सहिदलाई राज्यले सहिद घोषणा गर्न र बेपत्ता पारिएका सम्पूर्ण नागरिकलाई सार्वजनिक गर्न जोडदार माग गर्दछ । ७. संविधानमा सम्बोधन हुन बाँकी रहेका मधेस, जनजाति, दलित, महिलाका साथै सम्पूर्ण सीमान्तकृत वर्गका जायज मागलाई यथाशीघ्र सम्बोधन गर्दै संविधान कार्यान्वयन गर्न जोडदार माग गर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending