Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

सरकार ! श्रद्धाञ्जली लेख्न आउँदैन ?

\"pm काठमाडौं । कहालीलाग्दो भूकम्पको एक वर्ष पुगेको अवसरमा राजधानी लगायत भूकम्प प्रभावित क्षेत्रहरुमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्यो । भूकम्प गएको एक वर्षसम्म पनि पीडितको ब्यवस्थापन र पुनर्निर्माणको काम गर्न नसकेको आलोचना खेपेको सरकारले वैशाख १२ लाई भने एउटा उत्सवकै रुपमा मनायो । सरकारका तर्फबाट आइतबार विहानै भूकम्पले ढालेको धरहरा नजिक श्रद्धाञ्जली कार्यक्रम आयोजना गरियो । श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका साथ लागेर सबै उपप्रधानमन्त्री सुनधारा पुगे । उनका साथमा उपप्रधानमन्त्री विजयकुमार गच्छदार, टोपबहादुर रायमाझी, चित्रबहादुर केसी, सीपी मैनालीसहित मन्त्रालयका अधिकारीहरु पनि धरहरा पुगे । वैशाख १२ लाई भूकम्प स्मृति दिवसका रुपमा मनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विहान विहान सुनधारामा पहिलो श्रद्धाञ्जली कार्यक्रममा भाग लिए । त्यसपछि उनी काठमाडौंका विभिन्न ठाउँ तथा पाटन र भक्तपुर हँुदै सिन्धुपाल्चोक पुगे । मानौं, आज नै पुनर्निर्माणको काम शुरु भइसक्यो जस्तो गरी प्रधानमन्त्री दौडिए । तर वैशाख १२ को पहिलो श्रद्धाञ्जली कार्यक्रममा राखिएको ब्यानरमा समेत श्रद्धाञ्जली शब्द समेत शुद्ध लेखिएको छैन । ब्यानरमा भूकम्प स्मृति दिवस २०७३ ‘श्रद्धानजली’ लेखिएको थियो । त्यसप्रति प्रधानमन्त्रीदेखि मन्त्री तथा अधिकारीहरु कसैको ध्यान नै पुगेन । सरकारको कुनै हतारो हो वा लापर्बाही भन्ने विगत एक वर्षमा पनि हुन नसकेको पुनर्निर्माणको कामबाट नै पुष्टी भइसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending