Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

विप्लवका नेता भन्छन्– यो सरकारले देश र जनताको रक्षा गर्न सक्दैन

\"dharmendra-bastola\"काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीका नेता धर्मेन्द्र बास्तोलाले अहिलेको सरकारले सार्वभौम देश र जनताको रक्षा गर्न नसक्ने बताएका छन् । उनले अहिलेको सरकार अर्धमरो अवस्थामा पुगेको बताए । पार्टीनिकट रामेछाप–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चले शनिबार राजधानीमा गरेको नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रममा नेता वास्तोलाले अहिलेको सरकारले देश र जनताको रक्षा गर्न नसक्ने बताए । उनले यो सरकार पाखण्डहरुको चलाएको र त्यसबाट जनताले केही पाउन नसक्ने टिप्पणी गरे । नागरिक महंगी र विदेशी हस्तक्षेपबाट आक्रन्त भइरहँदा समेत सरकार नतमस्तक बनेर तामासा हेरिरहेको उनको भनाइ थियो । कमिशनको लोभमा दलाललाई ठूला आयोजना नेपालीकै हित र पैसाबाट हजारौं मेगावाट बिजुली उत्पादन गर्न सकिने सुनिश्चितता हुँदाहुँदै कमिशनको लोभमा ठूला विद्युत परियोजनाहरु दलाललाई सुम्पिने काम गरेको उनले आरोप लगाए । माथिल्लो कर्णाली, अरुण–३, मस्र्याङ्दी र पश्चिम सेतीलगायत ठूला बिद्युत आयोजना र सप्तकोशी उच्च बाँध निर्माण कार्य विदेशी दलाल पुँजीपतिलाई सुम्पन अहिलेको सरकार तयार भएकोले आफूहरुले त्यसको खुलेर विरोध गरेको बताए । विशेषगरी देशमा मारवाडी समूदायमार्फत विस्तारवादी भारतीय कम्पनीहरुले यहाँका प्राकृतिक स्रोतसाधन र बजारमाथि उपभोग्य वस्तुको एकाधिकार भाऊ लादेर नेपालीको पैसा आफ्नो देशमा लगिरहेको उनको भनाइ छ । कांग्रेस, एमाले तथा एमाओवादी पनि पेट्रोलियम पदार्थ बिक्रीवितरणका लागि नीजि कम्पनी दर्ता गर्न लागिपरेको उनले बताए । ‘एकता’ दलालबाट चलाइएको हल्ला नेता बास्तोलाले आन्तरिक–बाह्य दलालहरुले माओवादीबीच एकताको हल्ला चलाएको आरोप लगाए । हल्लाले आफूहरुलाई नछुने उनको भनाइ छ । नेता बास्तोलासहित ईश्वरी दाहाल ‘असारे काका’ लगायतका नेताहरुले नै माओवादीहरुबीच एकता हुनुपर्ने पार्टी भित्रै लबिङ गरिरहेको स्रोतको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: