Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

वैशाख १२ बाटै सिन्धुपाल्चोक पुनःनिर्माण

\"Sindhupalchok\"काठमाडौं । विनाशकारी भूकम्प आएको एक वर्षपछि वैशाख १२ गतेकै दिन पारेर भूकम्पले सबैभन्दा बढी क्षति पुर्याएको सिन्धुपाल्चोकको पुनःनिर्माण अभियान शुरु गरिने भएको छ । सिन्धुपाल्चोकको पुनर्निर्माण अभियानको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोक सदरमुकाम चौताराबाट अभियानको थालनी गर्नेछन् । अभियान प्रारम्भको संयोजन गर्ने जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चौतारा नगरपालिकालाई दिएको छ । प्रधानमन्त्रीले असहाय व्यक्तिको घर सिलान्यास गरेर जिल्ला पुनर्निर्माण अभियान प्रारम्भ गरिने भएको छ । चौतारा नगरपालिकाका कार्यकारी अधिकृत भुवनेश्वर लामिछानेका अनुसार प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि आइतबारदेखि नै जिल्लाको तीन गाविसबाट आवास निर्माण अनुदान वितरण थालिने छ । चार सम्पदाको पुनःनिर्माण सोमवारदेखि भूकम्पले क्षतिग्रस्त बनेका पुरातात्विक, सांस्कृतिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण चार सम्पदाको सोमवारदेखि एकैसाथ पुनःनिर्माण सुरु गरिने भएको छ । पुरातत्व विभागले वैशाख १३ गते सोमबार प्रमुख चार दलका शीर्ष नेताले चार सम्पदाको पुनःनिर्माण शुरु गर्न लागिएको महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए । स्वयम्भूको अनन्तपुर मन्दिर, वसन्तपुरस्थित वंशगोपाल मन्दिर, पाटन दरबार क्षेत्रस्थित मणिमण्डप र भक्तपुरस्थित फसीवेग एवम् लायकू दरबारको पुनःनिर्माण सोमवारदेखि शुरु गर्न लागिएको हो । \"restructure प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वयम्भूको अनन्तपुर मन्दिर, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वसन्तपुरस्थित वंशगोपाल मन्दिर, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाटन दरबार क्षेत्रस्थित मणिमण्डप, नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले भक्तपुरस्थित फसीवेग एवम् लायकू दरबारको ढोका पुनःनिर्माणको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ । चारवटै पुनःनिर्माणको शुभारम्भ बिहान ९ बजे एकै समयमा गरिने पुरातत्व विभागले जनाएको छ । १०४ पुरातात्विक सम्पदा पुनःनिर्माण गर्नुपर्ने भूकम्पपछि १०४ पुरातात्विक सम्पदा पुनःनिर्माण गर्नुपर्नेमा ४९ सम्पदाको ठेक्का गरिसकिएको छ । एक हप्ताभित्र ठेक्का गरिएका सबै सम्पदा पुनःनिर्माण सुरु गरिने छ । भूकम्पबाट क्षति भएका १०४ वटै सम्पदा पुनःनिर्माणका लागि दुई अर्ब १० लाख ३४ हजार रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान विभागको छ । यसमध्ये २८ करोड राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट निकासा भइसकेको छ । सम्पदा पुनःनिर्माणका लागि विदेशी सहयोगसमेत आउन थालेको छ । स्वयम्भूको आनन्दकुटी विहार श्रीलङ्का सरकारको अनुमानित रु २० करोड लागतमा निर्माण हुनेछ ।  श्रीलङ्काकै रु पाँच करोड आर्थिक सहयोगमा ललितपुरको बुङ्मतीस्थित रातो मच्छेन्द्रनाथ मन्दिर पनि पुनःनिर्माण सुरु गरिएको छ । यसअघि गत माघ २ गते पुनर्निर्माण महाअभियानको काठमाडौंको रानीपोखरी र ललितपुरको बुङमतिबाट उद्घाटन गरिएको थियो । भब्य तामझामका साथ राष्ट्रपति विद्या भण्डारीले रानीपोखरीबाट र प्रधानमन्त्री ओलीले बुङमतीबाट पुनर्निर्माण महाअभियानको उद्घाटन गरेका थिए । तर उद्घाटन भएको झण्डै चार महिना पुग्न लाग्दा ती दुई ठाउँमा समेत पुनर्निर्माणको काम शुरु भएको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: