Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

किताब साटेर मनाइयो पुस्तक दिवस

\"random\"पोखरा । ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालले शनिबार पोखरामा पुस्तक आदान प्रदान गरी विश्व पुस्तक दिवस मनाएको छ । सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यव्रmममा प्रमुख वक्ता प्रा. डा. पशुपतिनाथ तिमल्सेनाले उपहारका रुपमा पुस्तक आदान प्रदान गर्ने संस्कारको विकास हुनु राम्रो कुरा भएको बताए । अध्ययन संस्कृति समाजमा विस्तारै मौलाउँदै गएको बताउँदै उनले विश्व पुस्तक दिवसले पुस्तकप्रति मानिसहरुको ध्यानाकर्षण गराउन भूमिका खेल्ने विश्वास व्यक्त गरे । सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेलले सोसाइटीले अध्ययन संस्कृतिको विकासका लागि विभिन्न कार्यव्रmम गर्दै आएको बताउँदै पुस्तक दिवसलाई पनि नियमित रुपमा मनाउने बताए । प्रा. डा. पशुपतिनाथ तिमल्सेनाले गोला थुतेर सुरु गर्नुभएको कार्यव्रmममा गजलकार डा. घनश्याम न्यौपाने ‘परिश्रमी’, ज्ञानुवाकर पौडेल, ललिजन रावल, गनेस पौडेल, सरस्वती प्रतीक्षालगायत ६२ जनाले एकआपसमा पुस्तक आदान प्रदान गरेका थिए । सोसइटीका सचिव रुपिन्द्र प्रभावीको सञ्चालन र पुस्तक छनोट समितिका संयोजक सरस्वती प्रतीक्षाको स्वागतमा भएको कार्यव्रmममा नियमित पाठकका रुपमा अजय अनमोल र मोती भुजेललाई विशेष उपहारका रुपमा पुस्तक प्रदान गरिएको थियो । युनेस्कोेले सन् १९९५ देखि हरेक वर्ष अप्रिल २३ तारिखमा विश्व पुस्तक तथा प्रतिलिपि अधिकारी दिवस मनाउने घोषणा गरे पनि नेपालमा भने केही वर्ष पहिलेदेखि मात्र यो दिवस मनाउन थालिएको हो । सोसाइटीले विगत ३ वर्षदेखि हरेक वर्ष पुस्तक दिवस मनाउँदै आएको सोसाइटीका सदस्य सुरज उपाध्यायले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: