Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

विदामा सरकारी सवारी चलाइएको भन्दै वाईसीएलले नियन्त्रणमा लियो

\"ycl सुर्खेत । एकीकृत नेकपा (माओवादी) को युवा संगठन योङ्ग कम्युनिष्ट लीग (वार्इसीएल) सुर्खेतले विदाका दिन सरकारी सवारी चलाएर दुरुपयोग गरेको भन्दै नियन्त्रणमा लिएका छन् । शनिबार विदाका दिन पनि सरकारी सवारीसाधन चलाएर दुरुपयोग गरेको भन्दै वाईसीएलका केन्द्रीय सदस्य सुरज डिसीको नेतृत्वमा गएको वाईसीएलको टोलीले वीरेन्द्रनगरको देउती बज्यै मन्दिरबाट तीन सरकारी सवारी नियन्त्रणमा लिएको वाईसीएल सुर्खेतले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय सुर्खेत, क्षेत्रीय सिंचाई कार्यालय सुर्खेत र जिल्ला शिक्षा कार्यालय कालिकोटको तीन मोटरसाइकल नियन्त्रणमा लिएको वाईसीएल सुर्खेतका संयोजक अम्मरबहादुर चन्दले जानकारी दिए । उनीहरुले नियन्त्रणमा लिएका भे १ ब ५८७ नम्बरको मोटरसाइकल, बा १ ब ८३६७ नम्बरको मोटरसाईकल र भे १ ब ४३२ नम्बरको मोटरसाइकल जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई बुझाएका छन् । वाईसीएलले जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक कलकबहादुर शाही र प्रहरी हवल्दार प्रविण थापाको रोहबरमा बुझाएका छन् । वाईसीएलले भोलिदेखि ग्याँस डिलर तथा पेट्रोल पम्पहरुमा छापा मार्ने भएको छ । ग्याँस डिलर तथा पेट्रोल पम्पहरुमा कालोबजारी भएको भन्दै वाइसीएलले प्रहरीको समन्वयमा छामा मार्ने तयारी गरेको जनाएको छ । यसअघि वाईसीएल सुर्खेतले विज्ञप्ति निकाली सरकारी सवारीसाधनको दुरुपयोग गर्नेलाई नियन्त्रणमा लिने चेतावनी दिएको थियो । लामो समयको निश्क्रियतापछि वाईसीएलले आफ्नो सक्रियता बढाउँदै लगेको थियो । विगतमा वाईसीएलले कानून हातमा लिने काम गरेको भन्दै चर्को आलोचना समेत हुने गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending