Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

वैद्य–प्रचण्ड एउटै मञ्चमा उभिएर भने एकता अनिवार्य

\"baiddhya कपिलवस्तु । नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार खुबीराम आचार्यको श्रद्धाञ्जली सभामा उपस्थित एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्रान्तिकारी माओवादी अध्यक्ष वैद्यले एउटै मञ्चबाट पार्टी एकतामा जोड दिएका छन् । आचार्यको निधन भएको नवौं दिनमा नेकपा क्रान्तिकारी माओवादी अवध राज्य समितिले शनिबार कपिलवस्तुको भृकुटीनगर– ६ गेलबजार स्थित आचार्यकै निवासमा आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै दुवै माओवादी नेतृत्वले एकतामा जोड दिएका हुन् । लामो समयपछि एउटै मञ्चमा देखिएका दुई नेता प्रचण्ड र वैद्यले गम्भीर मुद्रामा थिए । श्रद्धाञ्जली सभाको प्रमुख अतिथि वैद्य थिए भने प्रचण्डलाई विशेष अतिथि बनाइएको थियो । खुबीरामको श्रद्धाञ्जलीले एकताको सन्देशः प्रचण्ड नेकपा क्रान्तिकारी माओवादी अध्यक्ष मोहन वैद्यको कपिलवस्तुस्थित ससुराली घरमै पुगेर प्रचण्डले खुबीरामको श्रद्धाञ्जलीले एकताको सन्देश दिएको उल्लेख गरे । ‘किरणजी यहिँ हुनुहुन्छ,’ प्रचण्डले भने, ‘हामी क्रान्तिकारी कम्युनिष्टहरु एक हुनैपर्छ ।’ आर्थिक क्रान्ति अहिलेको आवश्यकता भन्दै प्रचण्डले मुलुकको आर्थिक समृद्धिका लागि पनि क्रान्तिकारीहरु एकतावद्ध हुनुपर्ने बताए । कम्युनिष्टहरु एकतावद्ध हुँदा मात्रै आर्थिक समृद्धि सम्भव हुनेमा उनले जोड दिए । क्रान्तिकारी कम्युनिष्टहरु एक हुनुपर्छः वैद्य नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले पनि माओवादी एकतामा जोड दिए । उनले क्रान्तिकारी कम्युनिष्टहरुबीच एकता हुनु अहिलेको आवश्यकता भएको उल्लेख गरे । आफू एकताको विरोधी नभएको तर सिद्धान्तनिष्ट एकता गरिनुपर्ने वैद्यले औंल्याए । मोहन वैद्य पत्नी सुष्मा वैद्यका पितासमेत रहेको माओवादी केन्द्रीय सल्लाहकार खुबीराम आचार्यको गत शुक्रबार निधन भएको थियो । जयतु संस्कृतम आन्दोलनका अग्रणी आचार्यले सोही आन्दोलनका कारण झण्डै दुई वर्ष बंगलादेशमा निर्वासित जीवन विताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: