Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

वैद्य–प्रचण्ड एउटै मञ्चमा उभिएर भने एकता अनिवार्य

\"baiddhya कपिलवस्तु । नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार खुबीराम आचार्यको श्रद्धाञ्जली सभामा उपस्थित एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्रान्तिकारी माओवादी अध्यक्ष वैद्यले एउटै मञ्चबाट पार्टी एकतामा जोड दिएका छन् । आचार्यको निधन भएको नवौं दिनमा नेकपा क्रान्तिकारी माओवादी अवध राज्य समितिले शनिबार कपिलवस्तुको भृकुटीनगर– ६ गेलबजार स्थित आचार्यकै निवासमा आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै दुवै माओवादी नेतृत्वले एकतामा जोड दिएका हुन् । लामो समयपछि एउटै मञ्चमा देखिएका दुई नेता प्रचण्ड र वैद्यले गम्भीर मुद्रामा थिए । श्रद्धाञ्जली सभाको प्रमुख अतिथि वैद्य थिए भने प्रचण्डलाई विशेष अतिथि बनाइएको थियो । खुबीरामको श्रद्धाञ्जलीले एकताको सन्देशः प्रचण्ड नेकपा क्रान्तिकारी माओवादी अध्यक्ष मोहन वैद्यको कपिलवस्तुस्थित ससुराली घरमै पुगेर प्रचण्डले खुबीरामको श्रद्धाञ्जलीले एकताको सन्देश दिएको उल्लेख गरे । ‘किरणजी यहिँ हुनुहुन्छ,’ प्रचण्डले भने, ‘हामी क्रान्तिकारी कम्युनिष्टहरु एक हुनैपर्छ ।’ आर्थिक क्रान्ति अहिलेको आवश्यकता भन्दै प्रचण्डले मुलुकको आर्थिक समृद्धिका लागि पनि क्रान्तिकारीहरु एकतावद्ध हुनुपर्ने बताए । कम्युनिष्टहरु एकतावद्ध हुँदा मात्रै आर्थिक समृद्धि सम्भव हुनेमा उनले जोड दिए । क्रान्तिकारी कम्युनिष्टहरु एक हुनुपर्छः वैद्य नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले पनि माओवादी एकतामा जोड दिए । उनले क्रान्तिकारी कम्युनिष्टहरुबीच एकता हुनु अहिलेको आवश्यकता भएको उल्लेख गरे । आफू एकताको विरोधी नभएको तर सिद्धान्तनिष्ट एकता गरिनुपर्ने वैद्यले औंल्याए । मोहन वैद्य पत्नी सुष्मा वैद्यका पितासमेत रहेको माओवादी केन्द्रीय सल्लाहकार खुबीराम आचार्यको गत शुक्रबार निधन भएको थियो । जयतु संस्कृतम आन्दोलनका अग्रणी आचार्यले सोही आन्दोलनका कारण झण्डै दुई वर्ष बंगलादेशमा निर्वासित जीवन विताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending