Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

सिरहाको आधा दर्जन गाविसमा खानेपानीको अभाव

\"gulmi-khabar-1-750\"लहान । बढ्दो गर्मीसँगै खानेपानीका मुहान सुक्न थालेपछि सिरहाको आधा दर्जन गाविसमा खानेपानीको चरम अभाव भएको छ । लामो समयदेखि वर्षा नभएकाले खानेपानीका मुहान सुक्न थालेपछि सिरहाको गोविन्दपुर, बस्तीपुर, धनगढी गाविस–३ स्थित नैनपुरलगायतका स्थानमा खानेपानीको चरम अभाव भएको छ । बस्तीमा रहेका खानेपानीको स्रोत रहेका ट्युबेल, धारा सुकेपछि खानेपानीका लागि अर्को बस्तीमा धाउनुपर्ने बाध्यता भएको स्थानीय जनताको भनाइ छ । नैनपुरमा रहेका अधिकांश खानेपानीको मुहान सुकेपछि खानेपानीको हाहाकार भएको स्थानीय जनताले बताएका छन् । “गाउँमा खानेपानीका लागि ट्युबेल जडान हुँदैन, गाउँमा रहेको चार वटा इनारमध्ये दुई वटा सुकिसकेको छ,” स्थानीय सञ्जित महतोले भने – “खानेपानीको समस्या भएपछि खानेपानीका लागि दुई किलोमिटरको अर्को बस्तीमा पुग्नुपर्ने बाध्यता छ ।” ट्युबेल जडानका लागि पटकपटक प्रयास गरिए पनि पानीको मुहान नभेटिएपछि इनारकै पानी खाँदै आएको उहाँको कथन थियो । क्षेत्री, बाहुन, महतो, साह, मुसहर र डोम जातिको करिब दुई सय घर बसोबास रहेको उक्त बस्तीमा पानीको स्रोतको रुपमा चार वटा इनार मात्र छन् । एउटा सार्वजनिक र तीन वटा निजी गरी चार वटा इनार रहे पनि पछिल्लो एक वर्षदेखि सार्वजनिक र दुई वटा निजी गरी तीन वटा इनार सुकेका छन् । बाँकी रहेको एउटा निजी इनारमा समेत पानी करिब सुक्न लागेपछि स्थानीय जनता चिन्तित बनेको स्थानीय योगीलाल साहले बताए । रामअवतार महतोको इनारमा करिब २०० परिवारले पालैपालो पानी थाप्ने गरेका छन् । त्यो इनारमा समेत पचास साठी फिटमुनि अलिअलि पानी आउने गरेको छ । साह भन्छन् – “त्यो इनारको पानी पनि धमिलो आउने गरेको छ । त्यै पनि पानी लिन स्थानीयवासीको भीड लाग्ने गरेको छ ।” नैनपुर बस्तीमा खानेपानीको चरम अभाव भएपछि केही महिनाअघि तत्कालीन सिरहाका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकसहितको सरकारी टोलीले स्थलगत अवलोकन समेत गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: