Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

आफुलाई भारत परस्त भन्नेहरुलाई भट्टराईले दिए यस्तो चुनौती

\"baburam-bhattarai\"काठमाडाैं । नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक बाबुराम भट्टराईले आफुलाई भारत परस्त भन्नेहरुलाई राष्ट्र र जनतको अहित हुने काम गरेको भए त्यसको पुष्टि गर्न चुनौती दिएका छन् । मधेश जागरण अभियान अन्तर्गत शुक्रबार भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले भने , ‘मैले राष्ट्र र जनताको अहित हुने के काम गरेँ त्यो पुष्टी गर्न चुनौति दिन्छु । भट्टराईले आफू सधैं राष्ट्रियता र जनताको हितमा काम गर्ने व्यक्ति भएकाले अरुले लगाउने आरोपको खण्डन गर्दै हिंड्न आवश्यक नभएको बताए । मुलुकको आर्थिक सम्बृद्धिको स्पष्ट योजना र खाकासहित नयाँ शक्ति उदाएको दावी गर्दै भट्राईले आर्थिक रुपले समृद्ध बनाउन नसके राष्ट्रवादका चर्का कुरा गरेर मात्र केही नहुने बताए । उनले नयाँ शक्तिले मुलुकको आर्थिक सम्वृद्धिको स्पष्ट खाका तय गरेको पनि बताए। अन्तरक्रियामा बोल्दै भट्राईले भने , ‘दलहरुको भीडमा हामी नयाँ दलको संख्या थप्न आएका होइनौं, देश र जनतालाई केहि वर्षमै आर्थिक रुपमा समृद्ध बनाउने कार्यभार पूरा गर्ने नयाँ सोंच, शैली र योजना सहित आएका छौं । आर्थिक अनियमितता र भ्रष्टाचारमा डुबेका दल र नेताहरुबाट जनता वाक्क भईसकेको हुँदा नयाँ शक्तिले भ्रष्टाचार विरुद्ध कठोर नीति लिएर जनताको भावना अनुसार काम गर्ने उनको दावी थियो । नयाँ शक्तिका नेताविरुद्ध भ्रष्टाचारको उजुरी परेमा पदबाट निलम्बन र आरोप पुष्टी भए निस्कासन गर्ने भन्दै भट्टराईले आर्थिक समृद्धि हासिल गर्न विज्ञहरुको टोलीले गृहकार्य गरिरहेको जानकारी दिए । राजनीतिक स्थिरता र सुशासनका लागि संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गरिनुपर्ने नयाँ शक्तिको अडान रहेको भट्टराईको भनाई थियो। मधेशी जनता देशभक्त र राष्ट्रवादी भएको तर्क गर्दै भट्टराईले छालाको रंग र भाषालाई हेरेर अरुलाई भारत परस्त र आफूलाई मात्र राष्ट्रवादी देख्नेहरुको मण्डले राष्ट्रवादले मुलुकलाई निकास नदिने प्रष्ट पारे। एमाले र एमाओवादीले कम्युनिष्ट पार्टीको साइनबोर्ड झुण्डाएर जनतालाई ठगिरहेको आरोप लगाउँदै एमाओवादी र एमालेले आफूलाई कम्युनिष्ट भन्दै हिँडे पनि ब्यवहार, आचरण र संस्कार कम्युनिष्टको नभएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: