Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

माओवादी शक्तिलाई एकताबद्ध तुल्याउनुपर्ने ऐतिहासिक कार्यभार ः वैद्य

\"Kiran\"काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले माओवादी शक्तिहरुलाई एकतावद्ध तुल्याउनु ऐतिहासिक कार्यभार भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस र लेनिन दिवसका अवसरमा शुक्रबार शुभकामना वक्तव्य जारी गर्दै माओवादी शक्तिलाई एकताबद्ध तुल्याउनुपर्ने ऐतिहासिक कार्यभार आफूहरु सामु रहेको बताएका छन् । दक्षिणपन्थी संशोधनवादका विरुद्ध भीषण वैचारिक सङ्घर्ष चलाउँदै सच्चा क्रान्तिकारी कम्युनिस्टसहित माओवादी शक्तिलाई एकताबद्ध तुल्याउनुपर्ने ऐतिहासिक कार्यभार समुपस्थित रहेको उनले बताएका छन् । माओवादी विभाजनले माओवादी आन्दोलन कमजोर भएको भन्दै विभिन्न माओवादीहरुबीच एकताको पहल भइरहेका कम्युनिष्ट स्थापना दिवसका अवसरमा सबैजसो कम्युनिष्ट पार्टीहरुले कम्युनिष्ट एकतामा नै जोड दिएका छन् । एकीकृत माओवादीसँग एकताका लागि वैद्य माओवादीबीच छलफल चलिरहे पनि एकताको बारेमा आन्तारिक रुपमै विवाद कायमै छ । क्रान्तिकारी माओवादी अध्यक्ष वैद्यले नै एकता नचाहेको आरोप लागिरहेका बेला शुक्रबार विज्ञप्ति जारी गर्दै वैद्यले माओवादी शक्तिलाई एकताबद्ध तुल्याउनुपर्ने ऐतिहासिक कार्यभार समुपस्थित रहेको बताएका हुन् । ‘एकातिर देशमा बढ्दै गएको साम्राज्यवादी विस्तारवादी हस्तक्षेप तथा दलाल नोकरशाही पुँजीपति एवम् सामन्तवर्गीय उत्पीडनका विरुद्ध नयाँ जनवादी क्रान्तिको नयाँ तयारी र अर्कोतिर दक्षिणपन्थी संशोधनवादका विरुद्ध भीषण वैचारिक सङ्घर्ष चलाउँदै सच्चा क्रान्तिकारी कम्युनिस्टसहित माओवादी शक्तिलाई एकताबद्ध तुल्याउनुपर्ने ऐतिहासिक कार्यभार समुपस्थित रहेका छन् ।’ वैद्यको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा देशलाई अर्धसामन्ती र अर्धरनवऔपनिवेशिक अवस्थाबाट मुक्त तुल्याई नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद हुँदै साम्यवादको उद्देश्य हासिल गर्नका लागि अनेकौँ जनआन्दोलन, सशस्त्र सङ्घर्ष र १० वर्षको महान् जनयुद्धका शृङ्खला पार गर्दै आएको उल्लेख छ । अध्यक्ष वैद्यले नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ६६ वर्ष पुगेको यस ऐतिहासिक अवसरमा क्रान्तिको बाँकी कार्यभार सम्पन्न गर्ने पुनः प्रतिबद्धता जाहेर गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: