Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

अायाेगले स्थानीय निकायको संख्या र सीमा निर्धारण थाल्याे

\"nepal-7-pardesh-map\"काठमाडौं । करिब डेढ महिनाअघि गठित स्थानीय निकायको पुनःसंरचना गर्न गठित आयोगले स्थानीय निकायको संख्या र सीमा निर्धारणको प्रारम्भिक अवधारणा तयार गर्ने काम थालेको छ । आयोगले आगामी साउन मसान्त भित्रै प्रारम्भिक अवधारणा ल्याउने गरी काम थालेको आयोगले जनाएको छ । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले आगामी साउन मसान्तभित्र स्थानीय तहको संख्या र सीमाना निर्धारणको प्रारम्भिक अवधारणा तयार गर्ने भएको हो । स्थानीय निकाय तथा सीमा निर्धारण आयोगले विहीबार पत्रकार सम्मेलन गरी साउन मसान्तभित्रै प्रारम्भिक अवधारणा तयार गरिने जानकारी दिएको हो । सो अवधारणालाई जिल्ला र इलाका तह हुँदै सरोकार भएकाहरुसँग छलफल र परामर्श गर्दै प्राप्त अध्ययन, सुझाव र विश्लेषणका आधारमा फागुन महिनाभित्र आयोगले आफ्नो प्रतिवेदन तयार गर्ने आयोगले जनाएको छ । नेपालको संविधानमा व्यवस्था भएबमोजिम स्थानीय तहको पुनःसंरचना गर्न भन्दै सरकारले गत वर्ष चैत १ गते गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोग गठन गरेको थियो । पौडेलको अध्यक्षतामा गठित आयागमा डोरमणि पौडेल, नीरज शाह, डा.श्यामकृष्ण भुर्तेल, माधव अधिकारी, सुनिलरञ्जन सिंह लगायत नौ सदस्य छन् । एक सदस्य भने अझै रिक्त रहेको छ । आयोगले एक वर्षभित्र सरकारलाई प्रतिवेदन बुझाउनु पर्नेछ । आयोगले हाल कायम गरिएका सात प्रदेश र जिल्लाको विद्यमान संरचनालाई फेरबदल गर्न नपाउने जनाइएको छ । आयोगले नगरपालिका र गाउँपालिकाको संख्या निर्धारण, सीमा, नामकरण, वडा विभाजनका साथै सेवाको ढाँचा, वित्तीय, प्रशासनिक र व्यवस्थापन निर्धारण गर्ने आयोग अध्यक्ष बालानन्द पौडेलले जानकारी दिए । स्थानीय तहका पुनःसंरचनाका आधार विस्तृत रुपमा अध्ययन गर्न विभिन्न पाँच समूह गठन गरिएको पनि उनले जानकारी दिए । आयोगका सदस्यहरुको संयोजकत्वमा गठित ती समूहले काठमाडौँ उपत्यका तथा सहरी विकास एवम् नगरपालिका, वित्तीय सङ्घीयता रणनीति तथा कार्यक्रम, स्थानीय तह पुनःसंरचना अवधारणा एवम् नीति तथा रणनीति, तथ्याङ्क तथा सूचना विश्लेषण एवम् अभिलेखीकरण र स्थानीय तह सङ्गठनात्मक तथा प्रशासकीय स्वरुप लगायतका बारेमा आयोगलाई सहयोग गर्नेछ । आयोगको काममा सहजता ल्याउन सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीको अध्यक्षतामा सहजीकरण समिति र सबै जिल्लामा स्थानीय विकास अधिकारीको अध्यक्षतामा प्राविधिक समिति गठन गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: