Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

माओवादी र नयाँ शक्तिले भने– वृहत्त शान्ति सम्झौता न्यायालयबाटै उलंघन

\"6-mao-meet\" काठमाडौं । राज्यपक्षबाट भएको वृहत्त शान्ति सम्झौता न्यायालयबाटै उलंघन भएको एकीकृत नेकपा माओवादीसहित चार माओवादी र नयाँ शक्तिले आरोप लगाएका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य, नयाँ शक्ति नेपालका संयोजक डा. बावुराम भट्टराई, नेकपा (माओवादी)का संयोजक मात्रिका यादव र क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले विहीबार संयुक्त विज्ञप्ति जारी गर्दै न्यायालयले नै शान्ति सम्झौताको उलंघन गरेको आरोप लगाएका हुन् । ‘द्वन्द्वकालीन मुद्दाहरु तत्कालै फिर्ता भइसक्नुपर्नेमा न्यायालयबाटै ब्युँताउने काम गरिनुले बृहत शान्तिसम्झौताको गम्भीर उलंघन भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्यको तर्फबाट गरिएको वृहत शान्तिसम्झौतालाई राज्यकै अर्को अङ्गले उल्लङ्घन गर्दै जाने र त्यसप्रति राज्य मूकदर्शक भएर रहनु बिडम्वनाको विषय हो ।’ बृहत शान्तिसम्झौताअनुसार जनयुद्धकालीन मुद्दाहरु तत्कालै राज्यको तर्फबाट फिर्ता भइसक्नुपर्नेमा उल्टाउँदै लगिएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । झन्डै दशवर्ष बितिसक्दा ती मुद्दाहरु फिर्ता नगरी न्यायालयले नै उल्ट्याउँदै लगिरहेको उनीहरुको आरोप छ । उनीहरुले द्वन्द्वकालीन मुद्दाहरु अविलम्व खारेजीको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् । द्वन्द्वकालिन मुद्दा खारेजी र बाँकी रहेका मुद्दाहरुलाई आयोगमार्फत् मेलमिलाप गर्ने व्यबस्था गर्न उनीहरुले आग्रह गरेका छन् । द्वन्द्वकालीन मुद्दाका सम्बन्धमा एक ठाउँमा उभिएका चार माओवादीलाई माओवादी नै त्यागेका भट्टराईले पनि साथ दिँदा माओवादीकै अर्को समूह विप्लव माओवादीले भने विज्ञप्तिमा हस्ताक्षर गरेका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending