Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

माओवादी एक हुन नदिन कसकसको हात ? वैद्यलाई दिए विप्लवले साथ

\"Maoist_unity काठमाडौं । विभाजित भइ कमजोर अवस्थामा रहेका माओवादी पार्टीहरुलाई एकता हुन नदिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समूह लागिपरेको छ । ऐतिहासिक संविधानसभाको पहिलो निर्वाचनबाट मुलुककै सबैभन्दा ठूलो पार्टी भएको माओवादी त्यसयता विभाजित भइ आधा दर्जन बढी पुगेका छन् । माओवादी पार्टीहरु विभाजित हुँदा माओवादी आन्दोलन नै कमजोर भएको भन्दै एकताको पहल भइरहँदा माओवादीलाई एक हुन नदिन माओवादीभित्रकै केही शक्ति तथा गैरमाओवादी शक्तिहरु लागि परेका छन् । माओवादी आन्दोलन कमजोर भएकै कारण एमाओवादीसहितको सरकारमा रहेका बेला जनयुद्धकालिन मुद्दाहरु ब्युँताएर माओवादीलाई ठेगान लगाउने प्रपञ्च भइरहेको छ भने माओवादी शक्तिहरुलाई एक हुन नदिन विदेशी शक्तिहरुले मोटो रकमसमेत खर्चिरहेको सम्बद्ध सुत्र बताउँछ । माओवादीबाट विभाजित भएर अस्तित्वबाटै हराउँदै गएका मात्रिका यादव र मणि थापाहरुले विगतको आन्दोलनको समीक्षा गर्दै माओवादीहरु एक हुनुपर्ने पक्षमा उभिएका छन् भने मोहन वैद्य तथा विप्लवहरु माओवादी शक्तिहरु एक हुनुपर्ने पक्षमा छन् । तर एकताको तयारी अन्तिम अवस्थामा आइपुग्दा भने फेरि पनि समस्याहरु बल्झिदै गएको छ । तत्काल एमाओवादीसँग एकता गर्ने तयारी गरिरहेको नेकपा क्रान्तिकारी माओवादीमा अलग अलग धार देखापरेका छन् । वैद्य माओवादीमा वैद्य र बादलको अलग अलग धार देखापरेपछि वैद्यलाई विप्लव साथ दिएका छन् । वैद्यलाई विप्लवको साथ अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको प्रभावमा परेर विप्लवले वैद्यलाई साथ दिन थालेको स्रोतको भनाइ छ । वैद्य माओवादीबाट विभाजित भएको चार महिना नपुग्दै विप्लवले वैद्यसँग गइ पुनः पार्टी एकताको प्रस्ताव गरेका थिए । तर उक्त प्रस्तावले सार्थकता पाउन नसकेपछि विप्लवले अहिले वैद्यलाई एमाओवादीसँगको एकतामा जान रोकेका छन् । विप्लवले क्रान्तिकारी माओवादीहरुबीच ध्रुविकरण आवश्यक भएको भन्दै त्यसका लागि छलफलसमेत तीब्र पारेका छन् । एमाओवादीबाट अलग भई नयाँ शक्ति अभियानमा लागेको डा.बाबुराम भट्टराई पनि एकतामा जानबाट वैद्यलाई रोक्ने प्रयासमा छन् । विभिन्न पक्षमार्फत भट्टराईले यस्तो पहल गरिरहेको स्रोतको भनाइ छ । विप्लवका एक समूहले थाले एकताको पहल उता, विप्लव माओवादीकै केही नेताहरु भने माओवादीहरुबीचको एकतामा जोड दिएका छन् । एकीकृत माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरी ईश्वरी दाहाल ‘असारे काका’ लगायतका नेताहरुले एकताका लागि लविङ गरिरहेका छन् । असारे काकाको पहललाई धर्मेन्द्र बास्तोला लगायतले साथ दिएको स्रोतको भनाइ छ । वैद्यमा अर्को हंगामा एकीकृत माओवादीसँगको एकताको पहल तीब्र भइरहँदा एकता नगर्ने भनी वैद्य पक्षका केही नेताहरुले गरेको गोप्य छलफल बादलले थाहा पाएपछि वैद्य माओवादीमा अर्को हंगामा मच्चिएको छ । वैद्य पक्षधर नेताहरुले अध्यक्षलाई खुइल्याउन बादलले गरेको गम्भीर षड्यन्त्र भएको आरोप लगाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: