Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

माओवादी एक हुन नदिन कसकसको हात ? वैद्यलाई दिए विप्लवले साथ

\"Maoist_unity काठमाडौं । विभाजित भइ कमजोर अवस्थामा रहेका माओवादी पार्टीहरुलाई एकता हुन नदिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समूह लागिपरेको छ । ऐतिहासिक संविधानसभाको पहिलो निर्वाचनबाट मुलुककै सबैभन्दा ठूलो पार्टी भएको माओवादी त्यसयता विभाजित भइ आधा दर्जन बढी पुगेका छन् । माओवादी पार्टीहरु विभाजित हुँदा माओवादी आन्दोलन नै कमजोर भएको भन्दै एकताको पहल भइरहँदा माओवादीलाई एक हुन नदिन माओवादीभित्रकै केही शक्ति तथा गैरमाओवादी शक्तिहरु लागि परेका छन् । माओवादी आन्दोलन कमजोर भएकै कारण एमाओवादीसहितको सरकारमा रहेका बेला जनयुद्धकालिन मुद्दाहरु ब्युँताएर माओवादीलाई ठेगान लगाउने प्रपञ्च भइरहेको छ भने माओवादी शक्तिहरुलाई एक हुन नदिन विदेशी शक्तिहरुले मोटो रकमसमेत खर्चिरहेको सम्बद्ध सुत्र बताउँछ । माओवादीबाट विभाजित भएर अस्तित्वबाटै हराउँदै गएका मात्रिका यादव र मणि थापाहरुले विगतको आन्दोलनको समीक्षा गर्दै माओवादीहरु एक हुनुपर्ने पक्षमा उभिएका छन् भने मोहन वैद्य तथा विप्लवहरु माओवादी शक्तिहरु एक हुनुपर्ने पक्षमा छन् । तर एकताको तयारी अन्तिम अवस्थामा आइपुग्दा भने फेरि पनि समस्याहरु बल्झिदै गएको छ । तत्काल एमाओवादीसँग एकता गर्ने तयारी गरिरहेको नेकपा क्रान्तिकारी माओवादीमा अलग अलग धार देखापरेका छन् । वैद्य माओवादीमा वैद्य र बादलको अलग अलग धार देखापरेपछि वैद्यलाई विप्लव साथ दिएका छन् । वैद्यलाई विप्लवको साथ अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको प्रभावमा परेर विप्लवले वैद्यलाई साथ दिन थालेको स्रोतको भनाइ छ । वैद्य माओवादीबाट विभाजित भएको चार महिना नपुग्दै विप्लवले वैद्यसँग गइ पुनः पार्टी एकताको प्रस्ताव गरेका थिए । तर उक्त प्रस्तावले सार्थकता पाउन नसकेपछि विप्लवले अहिले वैद्यलाई एमाओवादीसँगको एकतामा जान रोकेका छन् । विप्लवले क्रान्तिकारी माओवादीहरुबीच ध्रुविकरण आवश्यक भएको भन्दै त्यसका लागि छलफलसमेत तीब्र पारेका छन् । एमाओवादीबाट अलग भई नयाँ शक्ति अभियानमा लागेको डा.बाबुराम भट्टराई पनि एकतामा जानबाट वैद्यलाई रोक्ने प्रयासमा छन् । विभिन्न पक्षमार्फत भट्टराईले यस्तो पहल गरिरहेको स्रोतको भनाइ छ । विप्लवका एक समूहले थाले एकताको पहल उता, विप्लव माओवादीकै केही नेताहरु भने माओवादीहरुबीचको एकतामा जोड दिएका छन् । एकीकृत माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरी ईश्वरी दाहाल ‘असारे काका’ लगायतका नेताहरुले एकताका लागि लविङ गरिरहेका छन् । असारे काकाको पहललाई धर्मेन्द्र बास्तोला लगायतले साथ दिएको स्रोतको भनाइ छ । वैद्यमा अर्को हंगामा एकीकृत माओवादीसँगको एकताको पहल तीब्र भइरहँदा एकता नगर्ने भनी वैद्य पक्षका केही नेताहरुले गरेको गोप्य छलफल बादलले थाहा पाएपछि वैद्य माओवादीमा अर्को हंगामा मच्चिएको छ । वैद्य पक्षधर नेताहरुले अध्यक्षलाई खुइल्याउन बादलले गरेको गम्भीर षड्यन्त्र भएको आरोप लगाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending