Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

किन जंगिए कांग्रेस नेता पौडेल ?

\"ram_chandra_poudel\" काठमाडौं । सरकारले प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई बेवास्ता गर्दै राजदूत सिफारिस गरेको भन्दै कांग्रेस रुष्ट बनेको छ । मंगलबारको मन्त्रिपरिषदको बैठकले २१ देशको एकैपटक राजदूत सिफारिस गरेपछि कांग्रेस वर्तमान एमाले नेतृत्वको सरकारसँग झनै चिढिएको छ । प्रधानमन्त्री केपी ओलीले विपक्षी दललाई बेवास्ता गर्दै एकपछि अर्को राजनीतिक नियुक्ति गर्न थालेपछि कांग्रेस रुष्ट चिढिएको हो । उसले संसदीय सुनुवाई समेत हुन नदिने संकेत गरेको छ । प्रधानमन्त्री ओलीले आफूले गरेको निर्णयको आत्मालोचनासहित माफी नमागेसम्म संसदीय हुन नदिने भन्दै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार रिपोटर्स क्लवमा जंगिएका थिए । प्रधानमन्त्री ओलीले यसअघि संसदीय सुनवाई समिति नभएको भन्दै न्यायपरिषदको सदस्यमा सिफारिस रामप्रसाद सिटौलाको नाम फिर्ता लिएको स्मरण गराउँदै पौडेल ओलीप्रति जंगिएका थिए । अहिले पनि सुनुवाई समिति नभएको अवस्थामा सिफारिस गरेका कारण प्रधानमन्त्रीले सिटौलाको नाम फिर्ता लिने निर्णय सच्चाउनुपर्ने उनले बताए । संसदीय समिति कायमै रहेको भनी प्रधानमन्त्रीले आत्मालोचनासहित माफी माग्नुपर्नेमा पौडेलले जोड दिए । रामप्रसाद सिटौलाको नाम ल्याएपछि मात्रै सुनवाई हुने उनले बताए । अन्यथा संविधान अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन भएर समिति नबनुन्जलेसम्म नियुक्तिकोलागि सिफारिस गरिएका न्यायाधीस र राजदुतहरु पर्खिएर बस्नुपर्ने पौडेलले बताए । पुरानै सुनवाई समितिले सुनवाई गर्नुपर्ने अन्यथा नयाँ बनेपछि मात्रै सुनुवाई हुने उनको भनाइ छ । कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्ने प्रमुख विपक्षी दललाई बेवास्ता गरी महत्वपूर्ण राजनीतिक नियुक्त नगर्न आग्रह गरे पनि सरकारले वेवास्ता गरेको भन्दै कांग्रेस संसदमा कडारुपमा प्रस्तुत हुने भएको छ । कानून संशोधनहरु बाँकी नै रहेको सन्दर्भमा संसद बैठक बोलाउन ढिलाइ भएको भन्दै तत्काल संसद बैठक बोलाउन उनले सरकारलाई आग्रह गरिसकेको छ । मधेसको समस्या समाधानतर्फ लाग्न सुझाव कांग्रेस नेता पौडेलले मधेसको समस्या समाधानतर्फ पनि सरकारले वास्ता नगरेको आरोप लगाए । वार्ताका माध्यामबाट मधेसको समस्या समाधानतर्फ लाग्नुपर्नेमा पौडेलले जोड दिए । नयाँ संविधान अनुसार अबको एक वर्ष आठ महिनाभित्र करिब ३ सय वटा ऐन संसोधन गरी स्थानीय तहको पुनर्संरचना गरेर गाउँ, जिल्ला, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेर राष्ट्रिय सभा गठन गरिसक्नु पर्ने अवस्था रहेको उनले बताए । उनले मुलुक खतरनाक मोडमा पुगिसकेकोले अब मधेससँग वास्तवमै बार्ता गर्नुपर्ने भन्दै यसकोलागि सरकारले अग्रसरता लिनुपर्ने सुझाव दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: