Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

मधेस पुगेर बाबुरामले दिए चेतावनी – ‘सबै नेपाली अखण्ड नेपालको पक्षमा छन् , पृथकताबादी हर्कत कसैले नगरोस ’

\"Baburamरौतहट । नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले हिमाल, पहाड र मधेसलाई नयाँ शक्तिले मात्र जोड्न सक्ने बताएका छन् । हिमाल, पहाड र मधेसलाई अब केवल नयाँ शक्तिले मात्र जोड्न सक्छ,’ मधेस जागरण अभियानको क्रममा रौतहटको तेजा पाखर पुगेका संयोजक भट्टराईले भने , ‘राज्य संरचनामा तीन वटै क्लस्टरहरुको सन्तुलित सहभागितामा मात्रै राष्ट्रियता बलियो बनाउन सकिन्छ ।’ एक फरक प्रसंगमा उनले सहिद र बेपत्ता परिवारको जिम्मा नयाँ शक्तिले लिने बताए । सहिद र बेपत्ताको योगदानले मुलुकमा अहिलेको परिवर्तन भएको भन्दै उहाँहरुको योगदानलाई सम्मान गर्दै सहिद र बेपत्ता परिवारको जिम्मा नयाँ शक्तिले लिने बताएका हुन । यहाँ अहिले सहिदहरुको पोस्टर देखाएर राजनीति गर्ने काम भइरहेको छ,’ सहिदहरु सबैको साझा भएको भन्दै उनले भने, ‘हामी सहिद र बेपत्ताहरुको सपनाको बाटोमा छौं, त्यो भनेको मुलुकमा समृद्धि र सबै जनताले महसुस गर्न सक्ने गरी परिवर्तन हो ।’ उनले इतिहासको ब्याज खाएर राजनीति गर्ने दिन गएको भन्दै अबको राजनीति मुलुक र जनताको सुखी र खुसीको लागि हुनुपर्नेमा जोड दिए । संयोजक भट्टराईले पहिचान र अधिकारले मात्र पेट नभरिने भएकोले आर्थिक समृद्धिमा लाग्न मधेसी जनतासँग आग्रह गरे । ‘सीमामा नाका बन्द गर्दा जनताले दुःख पाए र मुलुक धेरै पछाडि धकेलियो,’ उनले मधेसी दलहरुलाई आग्रह गर्दै भने, ‘आन्दोलन मात्र गरेर केही हुनेवाला छैन, अब मुलुकको समृद्धिको लागि हातेमालो गर्न आवश्यक छ ।’ आफू प्रत्यक्ष मधेस भ्रमणमा रहेको र जनताको भावना बुझेको भन्दै संयोजक भट्टराईले अखण्ड नेपाल जनताको चाहना भएको बताए । ‘म सबै नेपालीसँग प्रत्यक्ष भेटघाट र सम्पर्कमा छु, सबैको कुरा सुनेको छु,’ सिके राउतप्रति संकेत गर्दै उनले भने , ‘सबै नेपाली अखण्ड नेपालको पक्षमा छन्, पृथकतावादी हर्कत नगर्न म चेतावनी दिन चाहन्छु ।’ कार्यक्रममा एमाले, कांग्रेस, माओवादी, मधेसवादी र स्वतन्त्रबाट १०० भन्दा धेरै कार्यकर्ता नयाँ शक्तिमा प्रवेश गरेका थिए । यसैबीच मंगलबार साँझ सर्लाहीको हरिवन १० टाइवन पुगेका भट्टराईले १ सय ५७ जना विभिन्न पार्टीका नेता कार्यकर्तालाई नयाँ शक्तिमा प्रवेश गराएका थिए । उनले मधेस नयाँ शक्तिमय बनिरहेको भन्दै समृद्धि र विकासको नयाँ अध्यायको नेतृत्व नयाँ शक्तिले गर्ने बताए । संयोजक भट्टराई रौतहटको आजै रौतहटको गौरमा भेटघाट र अन्तरक्रिया कार्यक्रम रहेको छ । रौतहटपछि उहाँ बारा, पर्सालगायतका जिल्लामा सञ्चालित जागरण सभामा सहभागी हुन जाने कार्यक्रम रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: