Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

इक्वेडर भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४१३ पुग्यो

\"earthquake1\"क्वेटोे। इक्वेडरको सरकारले शनिबार आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ४१३ पुगेको बताएको छ । भूकम्पमा मृत्यु हुने नागरिकको सङ्ख्या मंगलबार सम्म ४१३ पुगेको दुःखद खबर हामी जानकारी गराउछौं, इक्वेडरका गृहमन्त्री सेजर नाभसले स्थानीय टेलिभिजनसँग भने। इक्वेडरको तटिय क्षेत्रमा शनिबार गएको शक्तिशाली भूकम्पमा यसअघि २७२ जनाको मृत्युभएको सरकारले यसअघि बताएको थियो । स्थानीय समयअनुसार शनिबार साँझ १८ः५८ मा गएको सो ७।८ रेक्टर स्केलको भूकम्प मुलुकको उत्तरपश्चिम तटिय क्षेत्रको आसपास इलाकामा १९ किलोमिटर गहिराइबाट गएको युएसजिएसले जनाएको थियो ।\"earthquake2\" इक्वेडर सरकारले राष्ट्रव्यापी सङ्कटकालको घोषणा गर्दै पूर्वगठित सङ्कटकालीन उद्धार समितिलाई तत्काल क्रियाशील बनाएको छ । राजधानी क्विटो भूकम्पको केन्द्रविन्दुबाट १७० किलोमिटर मात्र टाढा रहेको र ४० सेकेन्डसम्म ठूला कम्पन महसुस गरिएको थियो । भूकम्पले विद्युत तथा टेलिफोन आपूर्ति ठप्प पारेको, सबैभन्दा ठूलो तटियनगर ग्वायाकिलमा एउटा फलाईओभर सडक भत्किएर गुडिरहेको एउटा कारमाथि बज्रिएको र एउटा सुपर मार्केटको छानो खसेको जनाइएको छ । त्यस्तै तटियनगर मान्टाको विमानस्थलको कन्ट्रोल टावरमा व्यापक क्षति हुँदा विमानस्थल नै बन्द गर्नुपरेको थियो । भूकम्प गएको घन्टौसम्म ५।६ रिक्टर स्केलसम्मका सयौँ साना ठूला झड्का आइरहेका थिए । ज्वालामुखी विस्फोटमा र भूकम्पीय सम्भावना अधिक रहेको इक्वेडरमा शक्तिशाली भूकम्पपछि ठाउँठाउँबाट सुनामी छाल उठ्ने सम्भावना रहेको समेत बताइएको छ । रासस÷एएफ्पी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending