Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

तत्काल संसद बैठक बोलाउन कांग्रेसको माग

\"congressकाठमाडाैं ।  नेपाली काँग्रेसले व्यवस्थापिका–संसद्को बैठक शीघ्र आह्वान गर्न सरकारसित आग्रह गरेको छ। नयाँ संविधानअनुसार संसद्को नियमावली जारी गर्न पार्टीको तर्फबाट पूर्ण सहयोग हुने संसद्का प्रमुख प्रतिपक्षी दलसमेत रहेको नेकाले जनाएको छ। उपत्यकामा उपलब्ध कांग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलको संयुक्त रुपमा सोमबार बसको व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले संसद् बैठक आह्वानमा सरकार उदासीन देखिएको आरोपसमेत लगाएको छ। संविधान कार्यान्वयनका लागि मार्ग प्रशस्त गर्ने आवश्यक ऐन तथा कानुन संसद्मा पेस गर्नुपर्ने र छलफल चलाउनुपर्नेमा सरकार उदासीन बनेको भन्दै सो बैठकले छिटो संसद् बैठक बोलाउन पहल गर्न सरकारसित माग गरेको केन्द्रीय सदस्य दिलेन्द्र बडूले जानकारी दिए। सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा पनि अत्यधिक मतले विजयी भएपछि सो बैठक पहिलो पटक बसेको थियो। सभापति देउवा आजै भारत भ्रमणमा प्रस्थान गर्ने भएकाले दलको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको थियो। बैठकको सुरुमा वरिष्ठ नेता पौडेलले मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्था र संविधान कार्यान्वयनमा दलले निर्वाह गरेको भूमिकाका बारेमा प्रकाश पारेका थिए। बडूले कालोबजारी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाउँदै गणन्त्रवादी र राजतन्त्रवादी मिलेर बनेको सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताए। भूकम्पपीडितलाई आवास निर्माण गर्ने आश्वासनमात्र बाड्ने काम सरकार र भूकम्प पुनःनिर्माण प्राविधिकरणले गरिराखेको उनले आरोप लगाए। यही वैशाख १० गते हुने आधिकारिक ट्रेड युनियनको निर्वाचनमा प्रजातन्त्रवादी समूहलाई विजय गराउन पहल गर्न बैठकमा छलफल भएको नेकाँका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले जानकारी दिए। उनले निष्पक्ष निर्वाचन सम्पन्न गर्न सरकारसित आग्रहसमेत गरे। अर्का केन्द्रीय सदस्य रामकृष्ण यादवले आगामी वर्षको बजेट तथा योजना तर्जुमा सुरु भएकाले संसद्मा छलफल हुनुपर्ने बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: