Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

यसरी भइरहेकाे छ सरकार बदल्ने कसरत

\"Kp-oli1\"काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने कसरत हुन थालेको छ । एमालेभित्रकै असन्तुष्ट समूहले नै ओली नेतृत्वको सरकार ढाल्ने कसरत थालेको छ । ओली नेतृत्वको सरकार परिवर्तनको चर्चा भने नेपाली कांग्रेसको १३ औं महाधिवेशनअघिदेखि नै शुरु भएको थियो । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महाधिवेशनपछि राष्ट्रिय सरकार गठन गर्ने अभिब्यक्ति सार्वजनिक गरेपछि एमालेकै केही नेताहरुले पनि होमा हो मिलाएका थिए । मधेसी माेर्चा अाेली सरकार ढाल्ने पक्षमा सत्तारुढ दलहरुले नै कांग्रेस महाधिवेशनपछि सरकार राष्ट्रिय सरकारको चर्चा चलाएपछि मधेसमा आन्दोलनरत मधेसवादी दलहरुको आन्दोलन पनि मत्थर हुँदै गएको थियो । ‘कांग्रेस महाधिवेशनपछि नयाँ सरकार बनाउनेबारेमा छलफल भएकै हो,’ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासम्बद्ध संघीय समाजवादी फोरमका एक नेताले भने, ‘तर कांग्रेस महाधिवेशनपछि नयाँ सरकारको कोर्ष अघि बढ्न सकेन ।’ स्रोतका अनुसार अहिले पनि मोर्चाका नेताहरुले ओली सरकार ढाल्नेबारेमा कांग्रेस नेताहरुसँग छलफल तीब्र पारेका छन् । यसअघि प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनको निश्चित नभएको कारण पनि कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले बलियो प्रतिपक्ष आवश्यक हुने बताउँदै आएका थिए । अहिले पनि कांग्रेसले सत्ता ढाल्ने खेलमा लागेको छनक भने दिएको छैन । तर नेताहरु ओली सरकार ढाल्न भित्रभित्रै लागिरहेका छन् । कांग्रेस सभापति देउवा सांसद समेत रहेकी आफ्नी श्रीमती आरजु राणाको उपचारका लागि भन्दै सोमबार मात्रै भारत जाँदैछन् । उपचारका बाहनामा नेपालका नेताहरु भारतमा राजनीतिक भेटघाटका लागि जाने नौलो कुरा पनि होइन । यसअघिका नेताहरु पनि सधैं यस्तै उपचारकै बाहना बनाएर दिल्ली दौडाहामा निस्कने गरेका छन् । सत्तारूढ दलहरूमा चिसाे पस्याे सरकार ढाल्ने खेल भइरहेको कुरा कांग्रेस नेताहरुले सार्वजनिक नगरे पनि सत्तारुढ दलहरुलाई भने चिसो पसिसकेको छ । सरकारको नेतृत्व गरेको एमालेका नेताहरु नै अहिले सरकार ढल्ने र नढल्ने चर्चा आफै चलाउँदै हिँडेका छन् । सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष ओलीले पार्टीमा गुटबन्दी कायमै राखेको भन्दै असन्तुष्ट बनेका एमाले नेताहरु नै राष्ट्रिय सरकारको पक्षमा छन् । एमाले बरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सरकार आवश्यक रहेको मात्र बताएनन् ओलीको विकल्प पनि खोजन सकिने आइतबार खुलासा गरेका थिए । एमालेका ओली पक्ष र सत्तारुढ घटकहरु एकीकृत माओवादी, राप्रपा नेपाल पनि ओली सरकारकै पक्षमा उभिएको छ । कांग्रेस र मधेसवादी दलहरुलाई पनि यहि सरकारमा ल्याएर राष्ट्रिय सरकारको स्वरुप दिने उनीहरुको योजना छ । तर मधेसवादी दलहरु भने ओली सरकारमा सहभागी हुने पक्षमै छैनन् । त्यसैले उनीहरु ओली सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार गठनको पहल तीब्र बनाएका छन् । सरकारको कोर्ष अघि नबढे आन्दोलनबाटै दबाब दिएर ओली सरकार ढाल्ने मधेसी दलहरुको योजना छ । त्यसैको पहल स्वरुप सोमवार मोर्चाले राजधानीमा वृहत्त अन्तरक्रियाकोसमेत आयोजना गरेको छ । १६ बुँदे सहमतिअनुसार अघि बढ्न अाेली तयार सरकार ढाल्ने खेल तीब्र भइरहेकाबेला प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली पनि १६ बुँदे सहमतिअनुसार अघि बढ्न आफू तयार रहेको बताएका छन् । तर उनले आफ्नै नेतृत्वमा कांग्रेससहितको राष्ट्रिय सरकार बनाउनुपर्नेमा जोड दिँदै आएका छन् । १६ बुँदे सहमतिअघि प्रमुख चार दलबीच संविधान जारी भएको ६ महिनापछि सरकार बदल्ने अनौपचारिक सहमति बनेको थियो । यसअघि राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने र कांग्रेसकै नेतृत्वमा पनि हुन सक्ने बताएमा एकीकृत माओवादी अध्यक्ष प्रचण्ड भने पछिल्लो समय कांग्रेस नेतृत्वमा सरकार बन्न नदिन लबिङ गरिरहेको स्रोतको भनाइ छ । उनले अहिले कांग्रेसलाई पनि वर्तमान सरकारमै सहभागी गराउन पहल भइरहेको बताउँदै आएका छन् । देउवा फर्किएपछि नयाँ काेर्ष सरकारले जनताको अपेक्षाअनुसार न्यूनतम काम पनि गर्न नसकेको भन्दै चौतर्फी विरोध हुँदै आएको छ भने आम नगरिकमा पनि सरकारप्रति निराशा बढ्दै गएको छ । मधेस आन्दोलन र भारतीय नाकाबन्दीले संकटमा परेका बेला कुनै बिकल्प दिन नसकेको र नाकाबन्दी खुल्ला भएको दुई महिना भइसक्दा पनि पूर्ण रुपमा इन्धन सहज भएको छैन भने खाना पकाउने एलपी ग्यासको अभाव उस्तै छ । नाकाबन्दीको बाहनामा मौलाएको तस्करी र कालोबजारी अझै कायमै रहँदा पनि सरकार मुकदर्शक बनेको भन्दै सत्तारुढ घटकले नै ओलीप्रति असन्तुष्टी जनाउदै आएका छन् । कांग्रेस सभापति देउवा भारतबाट फर्किएपछि सरकारको नयाँ कोर्ष शुरु हुने स्रोतको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending