Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

पानामा पेपर्स विवादपछि स्पेनी उद्योगमन्त्रीद्धारा राजिनामा

\"jose\"स्पेन । अप्रिलको सुरुवातसँगै विश्वलाई तरङ्गित पारेको पानामा पेपर्स विवादका बीच स्पेनमा उद्योगमन्त्रीले आफ्नो पदबाट शुक्रबार राजीनामा दिएका छन् । दुई लाख १४ हजार अपतटीय कम्पनीहरूको बारेमा मोजाक फोन्सेका नामक पानामेली सेवा प्रदायक संस्थाद्वारा चुहाइएका सूचनाहरू रहेका पानामा पेपर्स एक करोड १५ लाख भन्दा बढी दस्तावेजको समष्टि रूप हो र यसले विभिन्न कम्पनीका निर्देशक एवम् लगानीकर्ताहरूको बारेमा सूचना सम्मिलित गरेको छ । पानामा पेपर्स गोप्य सूत्रबाट सार्वजनिक गरिएको समयमा विभिन्न पाँच राष्ट्र अर्जेन्टिना, आइसल्यान्ड, साउदी अरब, यूक्रेन र संयुक्त अरब इमिरेट्सका तत्कालिन सरकार प्रमुख वा राष्ट्र प्रमुखहरू लगायत अन्य देशका उच्च पदस्थ सरकारी अधिकारीहरूसँग सम्लग्न अफसोर कम्पनीमा रहेको लगानी वा अन्य सम्पत्ती विवरणसँग सम्वद्ध विवरणहरू समावेश गरिएको थियो । स्पेनी उद्योगमन्त्री जोस म्यानुएल सोरियामाथि अपतटीय कम्पनीहरुमा उहाँको सम्बन्ध रहेको आरोप आइरहेका बेला उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन । मैले मेरो व्यवसायिक गतिविधिबारे दिएका विगत केही दिनका अभिव्यक्तिप्रति क्षमा याचना गर्दै र मेरो कारणले स्पेनको सरकारप्रति परेको असरलाई मनन गर्दै राजीनामाको घोषणा गरेको छु, उद्योगमन्त्री सोरियाले भने , सोरिया पानामा पेपर्समा उल्लेखित मोज्याक फोनसेकाको प्रशासक रहेर सन् १९९२ मा काम गरेको स्पेनी अनलाइन दैनिक ‘इ आई कन्फिडेन्सियल’ ले सोमबार समाचार प्रकाशन गरेपछि उनीबारे विभिन्न कोणबाट टिकाटिप्पणी आएका थिए । इ आई कन्फिडेन्सियल मोज्याक फोनसेकाबाट पमानमा पेपर्स नामक दस्तावेजमा अध्ययन गर्ने विश्वका सीमित केही सञ्चारमाध्यममध्ये एक रहेको विश्वास छ । सोरियाले शुक्रबार एक पत्रकार सम्मेलन गरी आफ्नो अपतटीय कम्पनीमा कुनै सहभागिता नरहेको बताए भए पनि देशका विभिन्न पत्रपत्रिकामा सरकार र उनको नाम जोडिएर आउन थालेपछि तथाकथित विवादका कारण सरकारलाई अप्ठयारो नपरोस् भनी राजीनामा दिएको बताएका छन् । आफूको मोज्याक फोनसेका नामक अपतटीय कम्पनीमा कुनै संलग्नता नरहेको दाबी गर्दै स्पेनी कानुन अधिकारीलाई आफ्नो नाम उक्त कम्पनीबाट हटाउन पानामेली अधिकारीसँग पहल गर्न आग्रह गरेका छन् । तर केही स्पेनी सञ्चारमाध्यमले सोरियाको जर्सीस्थित एक कम्पनीमा सन् २००२ सम्म संलग्नता रहेको बताउँदै आएका छन् । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending