Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

थोराङपासमा सेल्टर बनेपछि पर्यटकलाई सुविधा

\"theranglapas\"मुस्ताङ। राउण्ड अन्नपूर्ण पदमार्ग अन्तर्गत थोराङपासमा अस्थायी सेल्टर ९आवास गृह० निर्माण भएपछि पर्यटकलाई सहज भएको छ । जिल्ला विकास समिति मुस्ताङ र पर्यटन बोर्डको रु ४० लाखको लगानीमा सेल्टर निर्माण गरिएको हो । एक्काइस दिन लाग्ने पदमार्गको पदयात्रामा आउने अधिकाँश पदयात्री समुद्री सतहदेखि ५४ सय मिटर उचाइमा रहेको थोराङपासमा पुग्न चाहान्छन् । जिल्ला विकास समितिका कार्यक्रम अधिकृत केदारसिंह थापाले मनाङ र मुस्ताङको सिमानामा पर्ने थोराङ क्षेत्रमा आवश्यकताको आधारमा दुईवटा सेल्टर निर्माण गरिएपछि यो सिजनमा आउने पदयात्रीलाई सहज भएको जानकारी दिए । पर्यटकलाई विश्राम, आवश्यक लत्ताकपडा र खाद्यान्न राख्न तथा प्रतिकूल मौसमको समयमा बासबस्न मिल्ने भएपछि पर्यटकहरु उत्साहित भएको बताइएको छ । दुई वर्षअघि हुँदहँुद आँधीका कारण परेको बेमौसमी हिमपातले थोराङ क्षेत्रमा मात्रै विदेशी पर्यटक र नेपाली गाइड तथा भरिया गरी २५ भन्दा बढीले ज्यान गुमाएका थिए । आँधीको प्रभावका कारण दुई दिनसम्म लगातार हिउँ परेपछि मनाङ हुँदै आएका पर्यटकको अत्यधिक चिसोले कठ्याङग्रिएरै मृत्यु भएको थियो । लामो समयदेखि सेल्टर निर्माण गर्नुपर्ने बहस चले पनि प्रक्रिया अघि नबढ्दा उक्त समयमा ठूलो मानवीय क्षति भएको थियो । अहिले सेल्टर बनेपछि हिमपातकै कारणले यस्तो मानवीय क्षति नहुने ९एक्याप० का पर्यटन सहायक बेलबहादुर पुनले जानकारी दिए । ‘पर्यटकले पनि ठिक ठाउँमा सेल्टर बनेको छ भनेर प्रतिक्रिया दिएका छन्, अझै त्यसलाई व्यवस्थित बनाउनुपर्नेछ,’ सहायक पुनले भने । बोर्ड तथा मन्त्रालयले पक्की घर नै बनाउन भनेर बजेट दिएको भए पनि तत्काल सम्भव नभएका कारण टिन र फलामको सहायताले अस्थायी आवासगृह निर्माण गरिएको जिविसले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: